• १६ चैत २०८०, शुक्रबार

सैनिकमञ्च टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

blog

राष्ट्रिय प्रजातन्त्र दिवसको समारोहमा मार्चपासका लागि तयार हुँदै नेपाली सेना, नेपाल प्रहरी तथा नेपाल सशस्त्र प्रहरी । तस्बिर : केशब गुरुङ

काठमाडौँ, फागुन ७ गते । आज ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। सोही अनुसार  काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मनाइएको छ ।

आइतबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति मन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेकाे थियो। कार्यक्रममा हेलिकप्टरबाट ब्यानर प्रदर्शनी, मार्चपास, शान्तिका लागी परेवा उडाउनेलगायतका कार्यक्रम गरिएको थियो । 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।