• ८ वैशाख २०८१, शनिबार

धमाधम बन्दै सेतो मच्छिन्द्रनाथको रथ (फोटो फिचर)

blog

सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलमा रथ बनाइदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत ११ गते । सेतो मच्छिन्द्रनाथको रथ यात्राका लागि जमलमा रथ बनाउने कार्य भइरहेको छ । वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन थालिएको हो । 

चैत १५ गतेबाट सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि जमलमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु भएर सहरको भित्री भाग असन, वसन्तपुर, जैसीदेवल हुँदै रथयात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।