• १४ वैशाख २०८१, शुक्रबार

भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी (फोटो फिचर)

blog

प्रदर्शनीमा छाला जुत्ता किनमेल तथा अवलोकान गर्दै उपभोक्ता । तस्बिर: केशब गुरुङ

काठमाडौं, फागुन ३ गते। बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ। ‘कला र कौशल हाम्रो,  नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ सुरु भएको छ। नेपाल छाला जुत्ता उत्पादक सङ्घको आयोजनामा काठमाडौंको भृकुटी मण्डममा मेला सुरुभएको हो। 

नेपालमा रहेका साना घरेलु लघु उद्यमीले उत्पादन गर्नुभएको उत्पादनलाई बजारी करण गर्न, उद्यमीलाई प्रोत्साहित गर्न र कोरोना महामारीका कारणले उत्पादकले चाहे जस्तो उत्पादन र बजारी करण गर्न सकेको थिएन।  जुन कारणले गर्दा उत्पादन भएका वस्तु उपभोक्ता माझ पुग्न नसकेकोले प्रदर्शनीमार्फत आफ्नो उत्पादनको परिचय दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको नेपाल छाला जुत्ता उत्पादक सङ्घका अध्यक्ष हरिराम बोगटीले बताउनुभयो। 

यस प्रदर्शनीमा जम्मा ३० वटा स्टल रहेको र आजदेखि छ दिनसम्म प्रदर्शनी चल्ने छ।  प्रदर्शनीमा ७० देखि ८० हजार सम्मले अवलोकन गर्ने अपेक्षा राखेको अध्यक्ष बोगटीले बताउनुभयो। प्रदर्शनीमा एचबिआई अर्थोपेडिक फुटवोरले उत्पादन गरेको असक्त भएका असक्त लगाउने सामग्री पनि राखिएको छ।

 



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।