• ६ वैशाख २०८१, बिहिबार

भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु (फोटो फिचर)

blog

भृकुटीमण्डपको प्रदर्शनीमा राखिएको फूल अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : केशब गुरुङ

काठमाडौं, चैत १७ गते । आजबाट काठमाडौंको भृकुटीमण्डपमा फूलको प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ४२औं राष्ट्रिय 'फ्लोरा एक्स्पो'को आयोजना गरिएको हो। 

२०५१ सालदेखि  निरन्तर फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष प्रदर्शनीको आयोजना गर्दै आएको छ । पुष्प व्यावसायको प्रर्वधन गर्ने, व्यावसायी बीचको जमघट गराउने र हरेक वर्ष नयाँ प्रजातिका पुष्प उत्पादन तथा विकास भएका फूलको प्रदर्शन गर्ने मुख्य उदेश्य रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रदर्शनीमा ४६ ओटा व्यावसायिक स्टल, १० ओटा सूचना मुलक स्टल, प्रतिस्पर्थाका ३ स्टल र ल्यान्ड स्केपको एक स्टल गरी जम्मा ६० स्टल रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । प्रदर्शनी करिब ४७ हजार जनाले अवलोकन गर्ने र करिब ७५ लाख माथिको बिक्री वितरण हुने अनुमान गरिएको छ। प्रदर्शनीको आयोजनाले पुष्प व्यावसायीलाई अहिलेको अवस्थासम्म ल्याउन मदत गरेको तामाङले बताउनुभयो ।

आजबाट सुरु भएको २४ औं प्रदर्शनी उपप्रधानमन्त्री नारणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको हो । शुक्रबारबाट सुरु भएको २४ औं प्रदर्शनी  सोमबारसम्म चल्ने छ । 





Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।