• १६ चैत २०८०, शुक्रबार

तस्बिरमा २६० औं सेना दिवस

blog

टुँडिखेलमा परेड खेल्दै नेपाली सेना । पृष्ठभूमिमा तोप पड्काएको धुवाँ । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन ६ गते। नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा सेना दिवस मनाएको छ। विगतका वर्षमा जस्तै नेपाली सेनाले महाशिवरात्रिको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर २६० औं सेना दिवस मनाएको हो। यस समारोहको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी रहनुभएको थियो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायधीश हरिकृष्ण कार्कीलगायत उपस्थित थिए।  

समारोहमा नेपाली सेनाले विभिन्न नृत्य प्रस्तुत गुर्नका साथै नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि, महाशिवरात्रि र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन, कराते, ५५५ मादल बादन तथा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।

\


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।