• ८ वैशाख २०८१, शनिबार

ललितपुर-३ मा मतगणना जारी (फोटो फिचर)

blog

ललितपुर क्षेत्र नम्बर ३ मा मत गन्दै कर्मचारी । तस्बिर : केशब गुरुङ

ललितपुर, मङ्सिर ५ गते । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको मतगणना जारी छ । जसअन्तर्गत ललितपुरको तीन वटै क्षेत्रमा मतगणना भइरहेको छ ।

ललितपुरको क्षेत्र नम्बर ३ को मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको हलमा भइरहेको छ । क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता लिनुभएको छ ।

चार हजार सात सय मत गन्दा तोसिमाले एक हजार ६०८, नेकपा (एमाले) का अमृत खड्काले एक हजार ५१९ र नेकपा (माओवादी केन्द्र) का पम्फा भुसालले एक हजार १० मत पाउनुभएको छ । यसैगरी, क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारहरू नवराज सिलवाल र प्रेमबहादुर महर्जनले अग्रता लिइरहनुभएको छ ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।