• १२ साउन २०८१, शनिबार

सबै शक्तिलाई जोड्ने नेतृत्व आवश्यक छ : महामन्त्री थापा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिर: केशब गुरुङ

काठमाडौं, मंसिर १४ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै शक्तिलाई जोड्नसक्ने नेतृत्व आवश्यक भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “नेतृत्वले चाहेमा दश वर्षमा विकासको क्षेत्रमा कायापलट गर्न सक्छ। विकासमा चमत्कार गर्न सक्ने र सबैको चाहना  बुझ्ने नेतृत्व चाहिएको छ।”

उर्वरा फाउण्डेशन नेपालले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौं ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित थापाले दश वर्षमा देशमा परिवर्तन गर्न सकिने दाबी गर्नुभएको हो।

दलभित्र सन्तुलन आवश्यक रहेको जोड्नुहुँदै उहाँले अहिले आत्मनिन्दा नभएर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो। “नेपालसँगै शान्ति प्रक्रियामा गएका अन्य देशलाई हेर्ने हो भने, अवस्था सम्हाल्न नसक्दा पहिलाभन्दा ठूलो हिंसामा फसिसकेका छन्। मैले मेरो दलभित्र गरेको सन्तुलन पनि त्यही हो। चित्त बुझाउने ठाउँमा चित्त बुझाऔँ, सन्तुलन मिलाउनुपर्छ”, उहाँले भन्नुभयो।

नयाँ नेतृत्वले देश नयाँ गन्तव्यमा पुर्‍ याउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो। उक्त कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान गरिएको थियो।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।