नेपाली सेनाले एक हजार ४१२ किलो मिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ।
शुक्रबार दिउँसो मुलुकभर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुरु भएको वर्षा आइतबारसम्म चल्नेछ।
तानसेन–रानीमहल जोड्ने सडकखण्ड एक साताका लागि बन्द भएको छ । बिहीबारबाट तानसेन–रानीमहल जोड्ने सडक एक साताका लागि पूर्णरुपमा बन्द भएको हो ।
स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै व्यास गाउँपालिका-१ छाङरुमा स्काई फोन सेवा सञ्चालनमा ल्याउन लागिएको छ
नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरीत राखेका प्रचारप्रसारका सामग्री हटाउन सुरु गरेको छ ।
काठमाडौं, वैशाख १६ गते । आजबाट नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शनमा आएको छ । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्मले ट्रेलरबाट नै राम्रो प्रतिक्रिया पाएको थियो । 'मन्त्र'सँगै बलिउड फिल्म 'हिरोपन्ती २' र 'रनवे ३४' पनि आजबाट प्रदर्शनमा आएको हो ।खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको यो फिल्म मनास्लु हिमालको फेदमा खिचिएको छ । सुरेश कार्की, रवि राज कार्की र सुभा श्रेष्ठले निर्माण गर्नुभएको फिल्ममा बुद्धि तामाङ, नमिता तामाङ, वीरबहादुर लामा र पासाङ छिरिङ शेर्पाको यसमा अभिनय छ ।यस्तै, फिल्ममा परिछेद सेनको कथा, सञ्जय लामाको छायाङ्कन र मित्र डी गुरुङकाे सम्पादन छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ७७८ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको हो ।
भूमिसुधार तथा मालपोत कार्यालय, जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र २० वटा प्रतिबद्धता उल्लेख छ ।
सिन्धुलीस्थि नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अमृतप्रसाद पौडेलबेनी, वैशाख १६ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाभित्र सञ्चालित कोभिड–१९ विरुद्धको भ्याक्सीनेसन शिविरमा एकै दिन ३५ सयभन्दा बढीले खोप लगाएका छन् ।बेनी नगरपालिकाले बैशाख १३–१५ सम्म सञ्चालन गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिनेसन शिविरको अन्तिम दिन मात्रै ३ हजार पाँचसय ५ जनाले भ्याक्सिन लगाएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज शर्माले बताउनुभयो । तेस्रो तथा अन्तिम दिन तीन हजार पाँचसय पाँच जनाले भ्याक्सिन लगाएको भएपनि ३ दिन सम्ममा कुल ७ हजार ५९ जनाले भ्याक्सीन लगाएका थिए । म्याग्दीमा यस पटक बेनी नगरपालिकाले मात्रै कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएको शर्माले बताउनुभयो । शिविरका क्रममा अहिलेसम्म एक डोज पनि नलगाएका २५ जना, पहिलो डोज लगाएर दोस्रो डोज नलगाएका २ सय ९६ ले पनि भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगको कल सेन्टरमा एक महिनामा ५२५१ वटा जिज्ञासा रजिष्टर्ड भएका छन् । सो मध्ये करिब सबैजसो जिज्ञासा सम्बोधन भएको आयोगले जनाएको छ । कुल जिज्ञासाको ४५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।