काठमाडौं, वैशाख १५ गते। स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारका सम्बन्धीमा परेका उजुरीलाई निरुपण गर्न निर्वाचन आयोगले ११ बुँदे निर्देशन जारी गरेको छ। उम्मेदवारको मनोनयन-पत्र दर्ता सम्बन्धमा विभिन्न स्थानीय तहमा रहेका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले सो निर्देशन पठाएको हो।निर्देशन अनुसार अब दलको केन्द्रीय कार्यकारिणी समितिको प्रमुख पदाधिकारीले उम्मेदवार एकिन गर्न निर्वाचन अधिकृतलाई दिएको पत्रलाई आधार मान्नुपर्ने भएको छ।आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठका अनुसार, कुनै दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको भए दुवै उम्मेदवारी खारेज हुने छ। कुनै एक पद महिला हुनैपर्ने कानुनी व्यवस्था छ।यसैगरी, मनोनयन पत्र दर्ता गर्ने उम्मेदवारको नाममा बेरुजु रहेको सम्बन्धमा आयोगले दिएको निर्देशनमा भनिएको छ, ‘‘उम्मेदवारको नाममा किटानीसाथ असूल उपर गर्नुपर्ने भनी महालेखा परीक्षकको कार्यालयबाट बेरुजु औँल्याइएको अवस्थामा बाहेक अन्यमा कानुनबमोजिम मनोनयन पत्र सदर गर्ने।’’यस्तै, असुल उपर गर्न किटानीसाथ औंल्याइएको बेरुजुको हकमा मनोनयन पत्र जाँचबुझ गर्ने अन्तिम समयसम्म फस्र्यौट वा दाखिला गरेको प्रमाण पेस गरेमा र निर्वाचन अधिकृतलाई मनासिब लागेमा त्यस्तो मनोनयन पत्र सदर गर्न सक्ने निर्देशन पनि आयोगले दिएको छ।आयोगले दिएको ११ बुँदे निर्देशन :
काठमाडौं, वैशाख १५ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट निवेदनमा बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण आजका लागि तय भएको थियो। आज पनि नभ्याइएकाले भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो। गभर्नर अधिकारीले बिनाजानकारी र बिनास्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दैै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ।मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा पर्नुभएको थियो।रासस
काठमाडौं, वैशाख १५ गते। एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ।कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो। सो आयोजनाले हालसम्म झण्डै पाँच अर्ब बराबरको बिजुली बिक्री गरेको छ। अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुली बराबर १०० बराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन्। यही आधारमा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोसीले महत्वपूर्ण योगदान पुर्याएको पाइएको छ।राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कूल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भरसमेत बनाएको छ। विभागले भनेको छ, “खासगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु, अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षत्रेको कूल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ।”केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको आव २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कानुसार आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने देखिएको छ। विश्व बैंक, एसियाली विकास र आइएफएफजस्ता संस्थाले नेपालको कूल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको बेला सरकारको एक निकायले भने आशातित तस्वीर सार्वजनिक गरेको हो।आव २०७७/७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने आव २०७६/७७ मा माइनस २.४ प्रतिशत बराबरको आर्थिक वृद्धि भएको थियो। सरकारले चालु आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ। त्यसमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत रहनेछ। यस्तै आधारभूत मूल्यमा ५.४९ प्रतिशत र कूल उत्पादन आधारभूत मूल्यमा भने रु ७३ खर्ब ५६ अर्ब ६१ करोड बराबर रहेको छ। यस्तै कूल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा रु ३२ खर्ब ५१ अर्ब ६ करोड बराबर छ। चालु मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन आधार मूल्यमा रु ४१ खर्ब पाँच अर्ब ५४ करोड बराबर रहँदा चालु मूल्यअनुसार कूल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु ४८ खर्ब ५१ अर्ब ६३ करोड बराबर पुगेको छ। विभागका अनुसार चालु मूल्यमा कूल स्थिर पूँजी निर्माण रु १४ खर्ब २५ अर्ब आठ करोड बराबर छ। चालु मूल्यमा अन्तिम उपभोग खर्च रु ४४ खर्ब एक अर्ब ६७ करोड बराबर छ। चालु मूल्यमा वस्तु तथा सेवा निर्यात रु तीन अर्ब २० अर्ब ७१ करोड बराबर छ।यस्तै वस्तु तथा सेवा आयात रु १८ खर्ब २० अर्ब ८२ करोड, चालु मूल्यमा कूल राष्ट्रिय बचत कूल गार्हस्थ्य उतपादनको ३१.९५ प्रतिशत बराबर छ। कूल ग्रर्हस्थ्य उत्पादनको १९.८१ प्रतिशत बराबरको विप्रेषण आय भएको विभागको ठहर छ। रु नौ खर्ब ६१ अर्ब सात करोड बराबरको विप्रेषण चालु आवको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ। प्रतिव्यक्ति कूल गार्हस्थ्य उतपादन रु एक लाख ६४ हजार ५९८ बराबर पुगेको छ। त्यो भनेको अमेरिकी डलरमा एक हजार ३७२ बराबर हो। त्यस्तै प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन रु एक लाख ६५ हजार ६४९ बराबर पुगेको छ। त्यो भनेको अमेरिकी डलरमा एक हजार ३८१ बराबर हो। विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ। हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालु आवको छदेखि नौ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो। बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ। बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जानसक्ने विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो।राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वास्तविकताका आधारित तथ्य तथ्याङ्कको विश्लेषण गरेर विवरण प्रकाशित गरिएकाले अन्तर्राष्ट्रिय निकायहरूको भन्दा विभागको तथ्याङ्क विश्वसनीय र भरपर्दो रहेको बताउनुभयो। आयोगका सदस्य डा रामकुमार फुँयालले रुस-युक्रेन सङ्घर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको बताउनुभयो। कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः लयमा फर्किएको समेत उहाँको भनाइ छ।यस्तै विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले चालु आवमा कूल आयात कूल २० खर्ब बराबर पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो। यस्तै निर्यात भने तीन खर्ब २० अर्ब बराबर पुग्ने देखिएको छ। रासस
भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गर्नुभएको छ।
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।
काठमाडौं, वैशाख १५ गते । हलिउडको चर्चित फिल्म 'अवतार'को दोस्रो भागको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता जेम्स क्यामरुनले सिनेमा कन्भेन्सनको मञ्चमा उक्त घोषणा गर्नुभएको हो ।योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । 'अवतार'को दोस्रो भाग अर्थात् सिक्वेलको आधिकारिक शीर्षक 'अवतारः द वे अफ वाटर' राखिएको छ । फिल्म १६ डिसेम्बरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको हाे ।फिल्ममा केट विन्सलेट, साम वर्थिंगटन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र थप कलाकारहरूको अभिनय रहेको छ । 'अवतार २' को बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपियाँ) रहेको छ । यस्तै, फिल्म विश्वका १६० भाषामा रिलिज हुने बताइएको छ ।
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याप छाडेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुदार ब्यवहार भएको बताएका छन् ।
काठमाडौं, वैशाख १५ गते। वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई उडान स्थगन गर्ने जनाएको छ। संघका सदस्य वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुर्ण एयरलाइन्सले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडान स्थगन गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका हुन्। प्राधिकारणले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडानको तालिका राखेको छ। वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या हुने बताउनुभएको छ। रातिको ८ बजेपछि नियमित उडान गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। प्रवक्ता कँडेलद्वारा जारी विज्ञप्तिमा कम्पनीले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगन गर्ने उल्लेख छ। साथै यात्रुमा पर्न जाने असुविधा प्रति पनि संघले क्षमायाचना गरेको छ।
नेपाल ब्याडमिन्टन संघले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरी बिहीबार देखि ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ। पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बरका पदाधिकारीले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन्।
बुढापेस्टमा आगामी जुनमा आयोजना हुने १९औँ विश्व च्याम्पियनसिप र एसिायली खेलकुद (एसियाड) लाई समेत लक्षित गरी नेपाल पौडी संघले वैशाख २२ र २३ गते खुला तथा उमेर समूहको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौं, वैशाख १५ गते। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य छ। अहिले देशभर २४९ जना सक्रिय सङ्क्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख २५ हजार ४३ जनाले खोप लगाएका छन्।
काठमाडौं, वैशाख १५ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पत्राउ गरेको छ। बर्दिया बारर्दिया नगरपालिका १ जमुनिया घर भएर काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय दिनेशभक्त वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसनधान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बिहीबार उनलाई ग्वार्कोबाट पक्राउ गरिएको हो। खातामा पैसा छ भनेर चेक दिएका थिए। चेक भुक्तान हुन नसकेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले वलीविरुद्ध २०७७ फागुन १६ गते १२ दिन कैद र २३ लाख ६५ हजार पाँच सय जरिवाना ठहर गरेको थियो। फैसला कार्यान्वयनका क्रममा वली बिहीबार ग्वार्कोबाट पक्राउ परेका हुन्।