• ७ वैशाख २०८१, शुक्रबार

भर्ना अभियानमा सकृय विद्यालयकै बालवालिका

blog

भर्ना अभियान र्याली तथा सडक नाटकमा सहभागि बालबालिकाहरु । तस्बिर. सहदेव बस्नेत

सहदेव बस्नेत 

जाजरकोट ,वैशाख १६ गते । जिल्लामा विद्यालय भर्ना अभियान २०७९ को लागि बालवालिकाहरुले सचेतनामुलक र्याली तथा सडक नाटक को आयोजना गरि शुरुवात गरेका छन् । विद्यालय उमेर पुगेका सवै बालवालिकाहरु लाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्दै विद्यालयका बालवालिकाहरुले सचेतना अभियान सञ्चालन गरेका छन् । 

जिल्लाका विभिन्न क्षेत्रमा नाराका साथ र्याली प्रदर्शन गर्दै अभियानलाई तिव्रता दिइएको हो । कारितास अष्ट्रृेलियाको आर्थिक सहयोग तथा  कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल  जाजरकोटको शाझेदारिमा सन्चालित  नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम  एनएलआरपी – सीवाइइपी अन्तरगत  शिव माध्यमिक विद्यालय कालेगाउँमा रहेको नवश्रीजनशील शान्ति बाल क्लवका बालवालिकाहरुले भर्ना अभियान शुरुवात गरेका हुन ।

शिव माध्यमिक विद्यालय कालेगाउँदेखि विद्यार्थी, सुरक्षाकर्मि, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधकारी, जनप्रतिनिधि र्याली सहित करिव दुई सय जनाको सहभागितामा रावतगाउँ सम्म पुगेर कार्यक्रम समापन भएको थियो । विद्यालय भर्ना अभियान सफल पारौं, गुणस्तरिय शिक्षा हाम्रो अधिकार,बालश्रम अन्त्य गरौं, असल अभिभावकको पहिचान दिऔं भन्ने जस्ता नारा सहित सवै अभिभावकहरु लाई आआफ्ना छोराछोरी विद्यालय पठाउना आहन गरिएको थियो ।

र्यालीको समापनको क्रममा शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलक वहादुर खत्रिले बालबालिकाहरुको शिक्षा पाउनु नैशर्गिक अधिकार रहेकाले विद्यालय भर्ना अभियान सन्चालन गरि सवै बालबालिकाहरु लाई विद्यालय पठाउन यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

त्यस्तै दिपेन्द्र प्रावि रावतगाउँका शिक्षक बलराम शाह ले आ–आफ्ना  छोराछोरीलाई विद्यालय पठाउन को लागि अभिभावकहरुलाई जागरण गराउन भर्ना अभियानलाई सफल पार्न र्यालीले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

साथै बालबालिकाहरुले सडकनाटकको समेत प्रस्तुति गरि बालवालिकाहरु लाई श्रममा हैन विद्यालय पठाऔं भन्ने सन्देस प्रवाह गरेका छन । बालवालिकाहरुले सडक नाटकको माध्यमद्धारा आफ्ना छोराछोरि लाई पढाईमा भन्दा घरमा वालश्रममा लगाउने अभिभावकहरुलाई घरमै गएर सम्झाई वुझाई विद्यालयमा भर्ना गराएर असल अभिभावक बन्न विद्यार्थीहरुलेनै आग्रह समेत गरेका थिए ।