नेपालगञ्ज, वैशाख १५ गते । देशकै सबैभन्दा बढी गर्मी हुने सहरको रुपमा परिचित बाँकेमा अहिले तातो हावा ‘लु’ र प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त छ । यस्तो प्रचण्ड गर्मीको बेला बाल बिजाइँमा संलग्न बालबालिकालाई सुधार्नका लागि सञ्चालनमा ल्याइएको बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृह यातनागृहमा परिणत भएको छ । अत्यधिक गर्मीमा क्षमता भन्दा करिब तेब्बर बालकहरु सो बालसुधार गृहमा कोचाकोच गरेर राखिएकाले उनीहरुको दैनिकी निकै कष्टकर बन्दै गएको छ । सो बालसुधार गृहमा प्रचण्ड गर्मीको समयमा पनि एकै कोठामा ७३ देखि ८३ जनासम्म बालकलाई कोचाकोच राखिएको छ । बाँकी रहेका बालकहरु साना कोठामा र केही शौचालय अगाडिको भागमा सुत्ने गरेको बालसुधार गृहकी इन्चार्ज विमला काउचा मगरले बताउनुभयो । उहाँले ७० जनाको क्षमता भएको सो बालसुधार गृहमा अहिले १८३ जना बालक रहेको बताउनुभयो । ‘ठूलो समस्या भनेकै क्षमताभन्दा बढी बालक हुनु हो,’ काउचा मगरले भन्नुभयो, ‘सीमित कोठामा धेरै बालक राख्नुपर्दा व्यवस्थापन गर्न निकै समस्या छ ।’अत्यधिक गर्मीको बेला पनि बालसुधार गृहमा क्षमताभन्दा तेब्बरजति बालक राख्दा बसाइ साह्रै कष्टकर देखिएको एड्भोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले बताउनुभयो । ‘एउटै कोठामा धेरैजना बस्दा बालसुधार गृहमा छालासम्बन्धी रोगको संक्रमण फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘सुधारगृहका ५० भन्दा बढी बालकमा यस्तो सङ्क्रमण पुष्टि भएको छ ।’ सुधारगृहमा रहेका १८३ बालकका लागि चार वटा मात्र शौचालय छन् । बिहानमा पालो पर्खेर शौच जानुपर्ने बाध्यताले धेरै कष्ट उठाउनुपरेको छ । त्यहाँ ढलको व्यवस्थापन हुन नसक्दा भान्सापछाडि ढलको पानी गन्हाउने, अत्यधिक लामखुट्टे लाग्ने गर्दा सुधारगृह यातना गृह बनेको बालकहरुले नै बताएका छन् ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो । बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा जाँचबुझ गरिरहेको छ ।
प्रतीक शर्मासल्यान, वैशाख १५ गते । यही वैशाख ३० गते हुने निर्वाचनका लागि सल्यानमा एक लाख ७४ हजार थान मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन कार्यलय सल्यानका अनुसार जिल्लामा आवश्यक पर्ने एक लाख ७४ हजार थान मतपत्र आइपुगेको हो । मतपत्र जिल्लामा पुगिसकेकाले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको नियुक्ति गरेर तालिम दिएपछि मतदान सामग्रीसहित सबै स्थानीय तहमा पठाइनेछ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले अबको केही दिनमा मतदान केन्द्रमा जाने कर्मचारीहरु खटाउने, निर्वाचन आयोगबाट आएका मतपत्रको रुजु गरेर छुट्टाछुटै प्याकेज बनाएर सबै मतदानस्थल र मतदान केन्द्रमा पठाइने बताउनुभयो । उहाँका अनुसार जिल्लामा ११४ मतदान स्थल र २०१ मतदान केन्द्र निर्धारण गरिएको छ ।जिल्लामा एक लाख ५७ हजार ७०१ मतदाता छन् । जसमा पुरुष मतदाता ७९ हजार ९०४ छन् भने महिला मतदाता ७७ हजार ८११ रहेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।बिहीबार वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे ।
गोकर्ण पौडेलतुलसीपुर , बैशाख १५ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले नागरिकमा उत्साह थपेको बताउनु भएको छ । महासचिव पोखरेलले ७५३ स्थानीय तहमा उम्मेदवारीको संख्यामा वृद्घिले यसको पृष्टि गरेको बताउनुभयो । प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै उहाँले उम्मेदवारहरुको मनोनयनका क्रममा नेता, कार्यकर्ता, नागरिकहरुको उत्साहप्रद सहभागिताले निर्वाचनको वातावरण तयार भएको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्नु हुँदै महासचिव पोखरेलले जनता नै लोकतन्त्रको आधार भएकाले नेकपा एमालेले जनमतबाट नै राज्य सञ्चालनको दायित्व पूरा गर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा नागरिकबाट सामाजिक र राजनीतिकरुपमा अग्रसर व्यक्तित्व नेतृत्व तहमा आउन नसकेको गुनासो आइरहेको अवस्थामा जिल्लाका दुवै उपमहानगरमा त्यस्ता नेतृत्वलाई पार्टीले अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो – तुलसीपुरको नेतृत्वमा उम्मेदवारी दिने टीकाराम खडकाजस्ता सादगी,राजनीतिक चरित्रको नेता जिल्लामै हुनुहुँदैन,उपप्रमुखकी उम्मेदवारी स्यानी चौधरी सामाजिक अगुवा एउटा उदाहरणीय पात्रकारुपमा हुनुहुन्छ । महासचिव पोखरेलले एमालेकै नेतृत्वको सरकारले देशमा रहेको विमानस्थलमा रात्रीकालीन उडान, अन्तर्राष्ट्रिय विमानस्थल थप, नेपाललाई सुरुङ युगमा प्रवेश गराएको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा अब वामपन्थी आन्दोलनलाई नेता जोड्ने नभई कार्यकर्ता र विचार जोड्ने आन्दोलनसँग जोड्नुपर्ने बताउनुभयो । महासचिव पोखरेल जिल्लामा पालिकास्तरमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न गृह जिल्ला दाङ आउनुभएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिनुभयो ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैैसाख १५ गते । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेलमा सहमति भएको छ । दुबै पार्टीको प्रदेश र जिल्ला कमिटीको परिपत्र अनुसार तालमेल भएको हो । दुई दलका नेताहरुको बैठकले माथिल्लो कमिटीबाट प्राप्त सर्कुलर कार्यान्वयन गर्ने सहमति अनुसार गठबन्धन गरेर जाने सहमति भएको काँग्रेस नगर सभापति रहनुभएका प्रमुम पदका उम्मेदवार हीराबहादुर खत्रीले बताउनुभयो । यस अघि दुवै दलका उम्मेदवारहरुले छुट्टाछुट्टै मनोनयन दर्ता गरेर अघि बढेका थिए । ताजा सहमति अनुसार माओवादी केन्द्रले नेपाली काँग्रेसलाई नगरप्रमुखमा खत्रीलाई सहयोग गर्नेछ भने, काँग्रेसले माओवादी केन्द्रलाई उप–प्रमुखमा सुन्दरी गिरीलाई सहयोग गर्नेछ । हामीले गठबन्धनबीच सहमतिको वातावरण बनाएका थियौं, केन्द्रबाट आएको सर्कुलरले पनि यसमा सहयोग नै ग¥यो’ –उहाँले भन्नुभयो ।प्रमुख र उपप्रमुख दुई मुख्य पदमा सहमति गरेसँगै देवदहमा गठबन्धन कायम भएपछि देवदह नगरमा दुवै दलका उम्मेदवार नेता कार्यकर्ताहरुमा उत्साह बढेको छ । सहमति अनुसार माओवादी केन्द्रका नगर अध्यक्ष समेत रहेका नगरप्रमुखका उम्मेदवार गोविन्द ठडराईले नगरप्रमुखबाट उम्मेदवारी फिर्ता लिने र काँग्रेसका महासमिति सदस्य रहनुभएकी उपप्रमुखका उम्मेदवार सरिता चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुनेछ ।नगरमा रहेका १२ वटा वडामा भने गठबन्धन दलबीचमै मैत्रीपूर्ण प्रतिस्पर्धा हुने केसीले बताउनुभयो ।
कलाकार एरिना ताम्राकारको अनुभवमा महिला शक्तिको खानी हो, आफ्नो शक्तिलाई चिनेर जुनसुकै क्षेत्रमा प्रतिबद्धतासहित अगाडि बढे हरेक चुनौतीको सामना गर्न महिला सक्षम छन् । विगत तीन दशकदेखि चित्रकलामै समर्पित कलाकार ताम्राकारलाई देश–विदेशमा यही विधाले चिनाएको छ । कलाको अध्ययन गर्दा नै उहाँ यही क्षेत्रमा सिङ्गै जीवन अर्पित गर्ने प्रणले अगाडि बढ्नुभयो ।
आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले विसं. २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्धघोष गरेको बाल बिवाह रोकथाम अभियान लाई ललितपुरबाट सुरुवात गरेको छ ।
चैतदेखि नै विद्युत् आपूर्ति व्यवस्थापनमा दबाब झेलिरहेको नेपाल विद्युत् प्राधिकरण अहिले झन् समस्यामा परेको छ । मागको तुलनामा आन्तरिक उत्पादन कम भएको यो अवस्थामा प्राधिकरणले भारतबाट विद्युत् आयात गरी आपूर्ति गर्दै आएको थियो तर तीन दिनयता आयात गर्न पनि सक्ने स्थिति छैन ।
नयाँ वर्षको पहिलो बिहान । रातिदेखि नै शुभकामनाहरू आउनुपर्ने । म्यासेजको टिङ टिङले निन्द्रा बिथोलिनुपर्ने तर एक्कासि मिश्र सरको फोनले बिउँझिन्छु । ढिलो भइसकेछ । हतार हतार तयार भएर निस्कन्छु । बिहानी सूर्यसँगै उज्यालिएको छ समुद्र र यहाँको परिवेश । समुद्रको यो उज्यालोसँगै म उज्यालो अनुहार सम्झिन्छु, जो अक्सर समुद्र किनारमा मेरो पाखुरा समाएर हिँड्ने रहरमा उज्यालिन्थ्यो । आज यहाँ यतिखेर उनी छैनन् । उनी यहाँ भएकी भए कति खुसी हुन्थिन् होला । कति उत्साहित हुन्थिन् होला । मलाई उनीभन्दा पनि उनी खुसी हुँदाको क्षणले सताउँछ । उनको अनुहारको खुसी देख्न सधँै लालायित हुन्छु म । त्यसो त उनको अनुहारको उज्यालो सम्झिएँ भने अहिले नै अँध्यारो हुनेछ यो समुद्री किनार, भर्खरै उदाएको घाम र यहाँको परिवेश । उनको अनुहार र मनमा रहेको उज्यालोले मेरो जीवनको गोरेटोभरि प्रकाश छरिदिएको छ । मेरो जीवनमा उनको उपस्थितिले मेरो जिउने सिलसिला नै बदलिएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार परीक्षण उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अगनसिंह थापा स्वार्थ र सङ्कीर्णताको सतहभन्दा धेरै माथि उठेको हुन्छ– मितेरी साइनो । सतही र औपचारिक हँुदैन । आदर्श मित्रताको प्रतीक ‘मीत’ शब्द आफैँले पवित्रता, सौहाद्रता र हार्दिकताको विशेषता बोकेको छ । मीत नै हित भन्ने प्रचलित भनाइले नै मीतको खास सांस्कृतिक विम्ब बोकेको छ । नेपाली समाजमा मीतको सम्बन्धले केवल मित्रताको घनिष्टता मात्र प्रतिविम्बित गर्दैन । हाम्रो मौलिक तथा वैभवशाली संस्कृति र परम्पराको पनि पहिचान गराउँछ । मीत साथीहरूमध्ये सर्वाधिक घनिष्ट र निकटको साथी हो । मितेरी साइनो आलग अलग दुई आत्मा जोड्ने एक सुन्दर साँघु हो । जसले माया र विश्वासको मितेरी भावनाबाट निर्मित स्वास्थ सम्बन्धलाई आजीवन आवागमन गराइरहन्छ ।मितेरी साइनोको चोखो मैत्रीपूर्ण गाँठो जीवन रहेसम्म मात्र बाँधिँदैन । मीतको मृत्युुपश्चात सन्ततिहरूलाई समेत पवित्र अनि घनिष्ट हाडनाताको मर्यादामा कसेर राख्छ । मितेरी साइनो हाडनाता रगतको नाताजत्तिकै बलियो र कसिलो हुन्छ । मीतका परिवार आफ्नै परिवारका सदस्यसरह आफूभन्दा ठूलालाई सम्मानस्वरूप ढोगभेट गरिन्छ भने सानालाई माया बाँडिन्छ । तर आफ्नै छोराभन्दा मीत छोराको स्थान र हैसियत माथिल्लो स्तरको हुन्छ । मीतको घरमा पुग्दा विशेष सम्मान पाइन्छ । हजुरकै घर हो जेजति मन लाग्छ आफैँ झिकेर भोगचलन गर्नुस् भनेर सम्पूर्ण अधिकार मीतलाई ससम्मान छोडिन्छ । मीत मात्र होइन, मीतको नाम लिएर अर्को मीत कहाँ पुग्ने जोकोही सम्मानका पात्र बन्छन् । परिस्थितिले बिछोडिन बाध्य सहृदयी मीतहरू पुनर्मिलन हुन उत्साहित हुन्छन् । आपसमा साटिदाको आस्वाद अविस्मरणीय हुन्छन् । एकले अर्कालाई लत्ताकपडा, फलफूललगायत खानेकुरा कोसेलीका रूपमा दिन्छन् । मीतको घनिष्टता कतिसम्म छ भने मीतसँगको झगडा कल्पनासम्म गरिँदैन । मीतको नाम काढेर बोलाइँदैन । बरु मितज्यूू भनेर सम्मानपूर्वक सम्बोधन गरिन्छ । सँगै सुत्दा भरसक आपसमा खुट्टा पनि ठोक्किनु र छोइनु हँुदैन भन्ने मान्यता छ । मीतको मन दुख्यो भने अशुभ हुन्छ भन्ने अवधारणा छ । नेपालको माटेभोट क्षेत्रमा त मीतको आगमनमा सबैभन्दा ठूलो सम्मान भनेको आफ्नी श्रीमतीलाई सेवामा पठाइदिने संस्कार हो । नेपाली उखान नै छ, सात गोत्र एक मित्र । अर्थात् सात पुस्ताको गोत्रीय नाताभन्दा एक पुस्ताको मितेरी नाता साइनो ठूलो हो भन्ने यसको आशय भएको कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् जगमान गुरुङ बताउनुहुन्छ । मीत लगाउने प्रचलन कहिलेबाट सुरु भयो भन्ने ठ्याक्कै मिति थाहा नभए पनि यजुर्वेदमा मित्रताको भावनाको कुरा उल्लेख गरिएको हुँदा मीतको प्रचलन वैदिक कालदेखि नै भएको ठम्याइ छ गुरुङको । मीत दुई प्रकारका छन् । आपसमा दुवैको हात एकपटक माथि एकपटक तल पर्ने गरी अँगालो मारेर लगाइने बाहाजोरी मीत र टीकाटालो नगरी केवल बोलीको भरमा लगाइने मौखिक मीत । बाहाजोरी मितेरी साइनोमा जुठोपिण्ड लाग्छ भने मुखको मीतमा लाग्दैन तर दुवै प्रकारका मितेरी साइनोमा हाम्रो सभ्यताको संस्कार र संस्कृति सजिएका छन् ।मीत लगाउनका लागि धनीगरीब, शिक्षित अशिक्षित, कालोगोरो, सानोठूलो, जातपातको असमानताको तगारोले रोक्दैन । कहिल्यै छेक्दैन, नजिकटाढाको पर्खालले पनि । जोकोही जहाँकासँग मीत लगाए पनि आखिर मीत नै हुन्छ । विशुद्ध र सहृदयी सम्बन्ध मात्रको साइनोलाई नै आन्दोलित गर्छ । अन्तर्जातीय मीत लगाउनु मीतको अर्को विशेषता हो । यथार्थमा मीत लगाउनु भनेको सामाजिक सांस्कृतिक समन्वय बढाउनु हो । जहाँ एकले अर्काको सांस्कृतिक त हुँदै हो । यसबाहेक समाज र सामाजिक मनोविज्ञान पनि बुझ्नु पनि हो । अर्को जातिको मौलिक पहिचानको पहिचान लिनु पनि हो । नेपालका प्रत्येक जातजातिले आ–आफ्नै जातीय मौलिकता र विशेषता बोकेका छन् । मीत दुई प्रकारका छन् । आपसमा दुवैको हात एकपटक माथि एकपटक तल पर्ने गरी अँगालो मारेर लगाइने बाहाजोरी मीत र टीकाटालो नगरी केवल बोलीको भरमा लगाइने मौखिक मीत । बाहाजोरी मितेरी साइनोमा जुठोपिण्ड लाग्छ भने मुखको मीतमा लाग्दैन तर दुवै प्रकारका मितेरी साइनोमा हाम्रो सभ्यताको संस्कार र संस्कृति सजिएका छन् ।मीत लगाउने तरिका ठाउँ र परिवेशअनुसार फरक फरक पद्धति पाइएका छन् । समाजका केही मान्छेहरू वा अविभावकको उपस्थितिमा मीत लगाउँदा रहेछन् भने कोही मीतहरू मात्र मिलेर । कोही मठमन्दिरका देवीदेवतालाई साक्षी राखेर पूजाआजा गरेपछि मीत लगाउँदा रहेछन् । कोही घरमै बत्ती बालेर धूप, अक्षता फूलले पूजा गरेपछि आपसमा पैसा तथा ल्याइएका चिनोरूपी रुमाल, घडी, लुगाफाटोलगायतका सरसमान साटफेर गरेर । मीतको लगाउँदाको अन्तिम प्रक्रियामा टाउको एकआपसमा ठोक्काउने प्रचलन पनि छ केही ठाउँहरूमा । कसैले ज्योतिषीले दिएको निर्देशनानुसार मीत लगाउँथे । मीत लगाइयो भने व्यक्तिको अर्थ आर्जन, सन्तान यश वृद्धि, शत्रु नाश, दुर्घटनाबाट जोगिनेजस्ता सकारात्मकतामा विश्वासका साथ तोकिएको जाति वा व्यक्तिसँग परम्परागत विधि विधानानुसार मीत लगाउँथे । पुरानादिनहरूमा प्रायः समान रुचि, परिवेश, हैसियत र उमेरका आपसमा मिल्ने दौँतरीहरू बीच मीत लगाइन्थ्यो । कतिपय ठाउँमा आँखा जुधेकै भरमा मीत लगाइन्थ्यो । कुनै ठाउँमा नाम, अनुहार, जिउडाल, रूपरङ्ग उस्तै वा आंशिक मिलेका बालक तथा तन्नेरीहरूलाई कुनै स्थानीय बासिन्दाले ‘ल आजदेखि तिमीहरू मीत भयौ है’ भनेकै भरमा आपसी सम्बन्ध मौलाएर साँच्चिकै मीतमा रूपान्तरित पनि भइहाल्थ्यो । चाहे तिनीहरू अपरिचित नै किन नहुन् । मनाङको स्याफुङ मेलामा रुमाल, टोपी, गलबन्दीजस्ता लागाइएका लुगा फ्याँक्छन्; जसलाई स्थानीय लामाले एक अर्काको लुगा गाँसिदिन्छन् । सम्बन्धित व्यक्तिको पहिचानपछि दुवैलाई लामाले खाँदा लगाइदिएर मितेरी साइनो गाँसिन्छ ।जुन तरिका र पद्धतिबाट लगाइएको मीत भए पनि सबै मितेरी सम्बन्ध आजीवन सुमधुर कायम होस् भनी कामना गरिन्थ्यो । मन वचन दुवैले आगामी दिनहरूमा जस्तोसुकै विषम परिस्थितिमा पनि सहयोगी बन्दै जाने आपसी प्रतिबद्धता र वाचाबन्धन गरिन्थ्यो । मितेरी साइनो मान्छेमा मात्र सीमित छैन । दुई देशका ठाउँबीचमा पनि विस्तार भएको छ । जापानको टोगा र मुस्ताङको टुकुचे गाउँ र पोखरा कोमागाने, काठमाडौँ मात्चुमोतो सहरबीचको भगिनी सम्बन्ध मितेरी साइनोले नै गाँसिदिएका सम्बन्धका स्वरूप हुन् । यी र यस्ता नेपालका गाउँसहरसँग अन्य मुलुक पनि जोडिएका उदाहरण पाइन्छन् । भगिनी, मैत्री, मितेरी, मित्रताजस्ता निकट सम्बन्धका शब्दहरू मीतबाट नै आएका हुन् ।नेपाली सङ्गीत आकाशका दुई आइकन अथवा नक्षत्र नारायणगोपाल र गोपाल योन्जन हुन् मीतका उल्लेख्य उदाहरण । मितेरी साइनोको सौहाद्रतापूर्ण सम्बन्धपछि अनेकौँ उम्दा, मेलोडियस र सुमधुर कालजयी गीत सङ्गीत जन्मिएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । जसको उल्लेखबिना नेपाली आधुनिक गीतसङ्गीतको इतिहास अपूरा हुन्छ । जुन गीत सुनेर उनीहरूलाई नदेखेका नयाँ नयाँ पुस्ता पनि आनन्दित हुन्छन् । आज पनि ती सदाबहार गीतहरू कोठा र मनमा गुन्जिरहेकै हुन्छ ।स्वस्थ मीतबीचको घनिष्टता, पवित्रता र आत्मीयता कतिसम्मको उत्कृष्ट हुन्छ भन्ने कुरा द्वापर युगका भगवान् श्रीकृष्ण र सुदामाको आदर्श उदाहरणलाई हेरे पुग्छ । कहाँ द्वारिकाको भव्य राजसिंहासनमा ऐस आराममा जीवन बिताउनुभएको भगवान् श्रीकृष्ण । कहाँ कुटीको तन्नम गरिबीमा लपेटिएर जीवन गुजारेका झुत्रे ब्राह्मण । मितेरी साइनोमा सबै समान हुन्छन् । त्यसैले आकाश जमिनको यस्तो असमानतामा पनि दुवै एकअर्कामा निःस्वार्थ मित्रभावले समर्पित हुन सम्भव भयो । मितेरी साइनोकै आत्मीयताको डोरीले सुखदुःखमा अत्यधिक निकट बनायो ।मीतको महìव र प्राथमिकताको कुरा हिन्दु धार्मिक ग्रन्थमा पनि उल्लेख गरिएको छ । श्री स्वस्थानी व्रत कथानुसार, पार्वतीको आज्ञा पाएका अश्वस्थामा ऋषि पातालमा प्रवेश गर्छन् । श्री स्वस्थानी व्रत गराई दुःखीलाई उद्धार गर्ने उद्देश्यका साथ । श्री स्वस्थानी व्रत कथाको १८औँ अध्यायमा यस्तो उल्लेख गरिएको छ– श्री स्वस्थानी व्रत विधि (पौष शुक्ल पूर्णिमादेखि महिना दिनसम्म) पूरा गरिसकेपछि पीडित ब्रतालुले सगुनसमेतको प्रसाद पतिलाई दिनु । पति नभए छोरालाई दिनु । छोरा नभए मीत छोरालाई दिनु । मीत छोरा पनि नभए जुन कामना आफूले व्रत बसेको हो सोही कामना सिद्ध होस् भनी गङ्गामा बगाइदिनु ।पोखराको गणेश टोलस्थित गणेश मन्दिर पनि मितेरी साइनोको एक उल्लेख्य इतिहास हो । वि.सं. १८४९ मा नेवार जातिका जितारामले गणेश मन्दिर बनाए । मित्रताको साक्षीका रूपमा रहेको मन्दिरको गजुरमा सुनको जलप लगाउने कर्म भने उनैका मनकारी मीत जमदार खागे गुरुङले गरे । जसका लागि कास्की मौजा लामिडाडाका गुरुङले आफ्नी श्रीमतीले कानमा लगाइरहेकी चेप्टे सुनसमेत मासेका थिए । यसले मीतमा हुने मनकारी र सहयोगी भावनाकै स्वभावलाई चरितार्थ गर्छ ।बाइसे चौबीसे राज्य कालमा पनि राजाहरू मीत लगाएको इतिहास छ । कतिपय मितेरी साइनो आफ्नो फाइदामा बढी केन्द्रित किन नहोस् पृथ्वीनारायण शाहले उपत्यका एकीकरण गर्न मितेरी साइनोलाई प्रमुख रणनीतिक हतियार नै बनाएका थिए भन्दा अतियोशक्ति नहोला । भक्तपुरका राजा तथा मीत बुबा रणजीत मल्ल (नरभुपाल शाह र रणजित मल्ल) बीच मितेरी सम्बन्ध थियो । उपत्यकाका मल्ल राजाका हालचाल बुझ्ने हिसाबले । स्वयं पृथ्वीनारायण शाहले मीत बुबा रणजित मल्लको छोरा वीरनरसिंह मल्लसँग मीत लगाए । उनले कान्तिपुरका राजा जयप्रकाश मल्लसँग पनि मितेरी साइनो गाँसेर परिस्थिति गतिलो बनाए । उनले वि सं. १८२५ मा कान्तिपुरका राजा तथा मितज्यू जयप्रकाश मल्ल र पाटनका राजा रणजित मल्लका राज्य कब्जा गरे भने वि.सं. १८२६ मा भक्तपुरका राजा तथा मीत बुबाको राज्य । मितेरी सम्बन्धकै बलबाट एकीकरण गर्न सजिलो मात्र होइन । सम्भव भएको कुरामा इतिहासकारहरूको एक मत छ ।तीन दशकअगाडिसम्म पनि मेरो जन्म गाउँघर (भिमाद नगरपालिका) किहु, तनहुँतिर मीत लगाउने चलन निकै चल्तीमा थियो । यो फलनाको त्यो ढिस्कानको मीत भनेको सुन्न खुब पाइन्थ्यो । स्थानीयबीच मात्र कहाँ हो र ? मनाङमुस्ताङबाट हिउँदमा जिम्मु, बोझो, फिटकिरी, बिरेनुन, खयरलगायतका हिमाली खजना तथा जडीबुटी बोकेर झर्ने भोटेहरूसमेत मीतका पात्र बन्थे । मीत नलगाएका लागि पनि इष्ट भनेर सम्बोधन गर्थे गाउँबासीहरू ती बक्खु र दोचाधारी भोटेहरूलाई । धेरै पछि थाहा भयो, इष्ट भनेको इच्छा पूरा गरिदिने हितकारी मान्छेलाई भनिदो रहेछ । भिक्षा देऊ भनेर घरढोकामा जोगीले जस्तो माग्न आउनेलाई कोदोको पिठो र डमरु बजाएर चामल दिने प्रचलन थियो । मङ्सिर, पुस लागेपछि जाडो छल्न आउने र फागुन लागेपछि फर्कने गर्थे । स्कुल जाँदा बाटामुनिका बारीमा असरल्लै बसेर दाउराको आगोमा कोदोको ढिँडो ओडाली खाएको दृश्य उत्तिकै रमाइलो लाग्थ्यो । तर अहिले न ती भोटेहरू आउँछन् । न त गाउँघरमा मीत नै लगाउँछन् । लगाउनेहरूलाई चामलमा बियाँ खोजे जसरी खोज्नुपर्ने नाजुक अवस्था छ ।समयको अन्तरालपछि हाम्रा पुर्खाले स्थापित गराइदिएका यो मीत लगाउने मौलिक संस्कार समाजबाट तीव्र गतिमा टाढिएर गएको छ, नेपालभर । कतिपय ठाउँमा त लोप नै भइसक्यो । पहिले मीत लगाउने प्रचलन बढी मौलाएको पहाडी भेगमा समेत अवस्था नाजुक छ अहिले । सामाजिक परिवेशमा आएको परिवर्तन, सहयोगी भावनामा आएको ह्रास, बढ्दो व्यक्तिवादी दृष्टिकोण जस्ता मीत साइनोको दुरुपयोग जस्ता कारणले गर्दा यसरी टाढिनुरहराउनु भनेको राष्ट्रिय अस्मिताको मेरुदण्ड कमजोर बन्नु हो । अथवा राष्ट्र आफैँ आफ्नो प्रतिष्ठा र सौन्दर्य गुमाउनु हो । समाजका यस्ता मौलिक तथा मर्यादित प्रचलन अनन्तकालसम्म नेपाली माटोको मौलिक उपज बनेर बाँचिरहनुपर्छ ।
मेरो पछाडि आएर उभिरहेकी रहिछन् डेवी वार्नेर । आफ्नो काम सकेर फनक्क फर्किंदा डेवी मुसुमुसु हाँसेर मतिर हेरिरहेकी । “ओ डेवी यस्तो जाडोमा पनि तिमी आएकी ?” “उफ् ! सारा आज बाहिर अति नै जाडो छ, तिमीलाई थाहा छ आज कति चिसो छ ?” “सरी मसित अहिले मोबाइल छैन, तिमीले हेरिकी हौ कति चिसो रहेछ ?” “मैले घरबाट निस्किँदै हेरेको, माइनस १५ डिग्री छ ।”
नारद कोहारतौलिहवा, बैशाख १५ गते । कपिलबस्तुको मायादेवि गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवको उम्मेदवारी रद्द भएको छ । लुम्बिनी प्रदेशको प्रदेश सदस्यको समानुपातिक तर्फ बन्द सूचीमा नाम रहेकोले उनले उम्मेदवारी रद्द गरिएको हो ।मायादेवी गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्ष लड्नका लागि यादवले वैशाख १२ गते उम्मेदवारी दिनुभएको थियो । मायादेवीमा खडा गरिएको निर्वाचन अधिकृतको कार्यालयले बैशाख १३ गते सुचना जारी गर्दै वडाध्यक्ष यादवको उम्मेदवारीमा रित नपुगको उल्लेख गरिएको छ ।निर्वाचन अधिकृत रत्नप्रकाश गिरीले सूचना निकाल्दै रित पुगेको व्यहोरा नसच्चाई पेश गरिएको उम्मेदवारी दर्ता नभएको बताउनुभयो । निर्वाचन आयोगले आचरसंहितामा प्रतिनिधि सभा वा प्रदेश सभामा बन्द सूचीमा रहेकोले स्थानीय तहमा उम्मेदवार हुन बन्द सूचीबाट नाम हटाउनु पर्ने नियम बनाएका छ ।तर, यादवले बन्द सूचीमा नाम नै नहटाइ गत वैशाख १२ गते उम्मेदवारी दिएको र कम्प्युटरमा इन्ट्री गर्दा बन्द सूचीमा नाम नहटेको देखाएको अधिकृत गिरीले बताउनुभयो । स्थानीय निर्वाचन ऐन २०७३ को दफा १९ को उप दफा ३ बमोजिम वडाध्यक्षका उम्मेदवार शैलेन्द्र कुमार यादवको मनोनय पत्रमा रित नपुगको जनाइएको छ । उहाँको उम्मेदवारी रद्द भएपछि सो वडामा अब नेकपा एकीकृत समाजवादी पार्टीका निवर्तमान वडाध्यक्ष सुकदेव तिवारी र कांग्रेसका वशिष्ठ प्रसाद पाण्डेय बीच प्रतिस्पर्धा हुने भएको छ ।