गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता साझेदार पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाल तरुण दलले ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका’ विषयक अन्तरक्रिया तथा बृहत् तरुण भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले विधि र पद्धति स्थापित गर्नकै लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।
नेपाल टेलिकमले छिट्टै इम्बेडेड सीम (ई–सिम) कार्ड उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको हो ।
शान्ता अधिकारीचितवन, वैशाख १५ गते । भरतपुर महानगरपालिका ३ नारायणगढ कमलनगर चोकमा भीषण आगलागी भएको छ । आगलागीबाट करोडौं रुपियाँ बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे चार तले घरको भुइँतलामा रहेका रहेका सात वटा पसलसहित पहिलो र दोस्रो तलाका पसलमा समेत ठूलो क्षति पुगेको छ ।बुधबार राति अन्दाजी २ बजे विद्युत् सट भई भएको मानिएको उक्त आगलागी भरतपुर महानगरपालिकाका दुई, नेपाली सेनाको एक र पूर्वी चितवनको एक गरी चार वटा बारुणयन्त्रको कठिन प्रयासपछि बिहीबार बिहान ७ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा लिइएको हो ।आगलागीपछि त्यहाँ पुगेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको ठूलो प्रसासले केही पसलका केही सामानहरु भने झिक्न सफल भएका छन् ।आगलागीबाट भुइँतलामा रहेका दुई कपडा पसल, दुई वटा जुत्ता पसल, दुई मोबाइल पसल र एउटा फेन्सी पसल पूर्ण रुपमा क्षति भएका छन भने पहिलो तलामा रहेका पसलहरु मात्र होइन भवनको पहिलो दोस्रो तलासम्म क्षति पुगेको छ ।
विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो ।
स्थानीय तहको निर्वाचनमा सुर्खेतका विभिन्न स्थानीय तहमा १० जना महिलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये छवटा पालिका प्रमुखमा विभिन्न राजनीतिक दलबाट १० जना महिलाले उम्मेदवारी दिनुभएको हो ।
सहदेव बस्नेतजाजरकोट, वैशाख १५ गते । जाजरकोटमा दुई जना अनाथ बालवालिकालाई उद्धार गरिएको छ । भेरी नगरपालिका– ३ थाप्लेमा रहेको बालवालिका उद्धार केन्द्रले दुई जना बालबालिका उद्धार गरेको छ । भेरी नगरपालिका – १ रावतगाउँका ५ वर्षीय सन्तोष बिक र नलगाड नगरपालिकाकी वर्षीया १० की इश्वरी बिकलाई उद्धार गरिएको हो । बालवालिका उद्धार केन्द्रका अध्यक्ष लालबहादुर नेपालीले उद्धार गरिएका बालवालिकालाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने बताउनु भयो । उद्धार बालक सन्तोष बिकको आमा सुस्त मनस्थिति बिरामीका कारण सुर्खेत मानब आश्रममा रहेको र बुवा कमाईको शिलसिलामा भारत भएको तर सम्र्पकमा नभएको कारण समस्यामा रहनु भएको थियो । यस्तै,उद्धार बालिका इश्वरी विक की आमाको मृत्यु भैसकेको र बुवा पनि कमाउन नसक्ने हुदाँ पढाई विचैममा छोड्नु पर्ने बाध्यताका कारण उद्धार गरीएको हो ।कोही पनि अनाथ, बालवालिका शिक्षाबाट बन्चित नहँन भन्ने लक्ष्यले खोलिएको बालवालिका उद्धार केन्द्रमा अहिले अभिभावक गुमाएका अनाथ बालवालिका अथवा असक्त अभिभावक भएका न्युन परिवारका १८ जना बालवालिका रहेका छन् । यी बालवालिकाले कक्षा १२ सम्मको माध्यमिक शिक्षा पाउने संस्थाले जनाएको छ ।
हुम्लाका सातवटा वडामा वडाध्यक्षसहित चार जनाको मात्र मनोनयन दर्ता भएको छ । ती वडामा दलित समुदायको बसोवास नभएकाले पूरै पदमा मनोनयन दर्ता नभएको हो ।मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जिल्लाका दुई गाउँपालिकाका सातवटा वडामा वडाध्यक्षस
काठमाडौं, वैशाख १५ गते । नेकपा (एकीकृत समाजवादी) पार्टी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बीच आज दिउँसो एकता हुने भएको छ । नेकपा(एमाले) का पूर्व वरिष्ठनेता माधवकुमार नेपाल अध्यक्ष रहनुभएको समाजवादी पार्टीले रायमाझी नेतृत्वको पार्टीसँगै आज नै चुनावी घोषणासभा कार्यक्रमसमेत गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा दिउँसो १ः०० बजे हुने जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवाको विकासतर्फ रहेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य सेवालाई प्राथमिकताका राखेर नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोना खोपका कारण केही सहज भएको अर्थतन्त्रमा फेरि रुस–युक्रेन युद्धका कारण समस्या थपिएको बताउनुभएको छ । राष्ट्र बैङ्कको ६७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले खस्किँदै गएको शोधानान्तर स्थितिमा तत्काल सुधार नआउने भएकाले समस्या बढ्ने बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व यही १९ गते परिवर्तन हुने भएको छ । स्थानीय तह निर्वाचन अगाडि यी दुई सुरक्षा सङ्गठनका प्रमुखहरू परिवर्तन हुन लागेका हुन् । प्रहरी महानिरीक्षक शैलेश था
झन्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको थियो । यसैको परिणामस्वरूप नेपाली वायुसेवा कम्पनीहरू युरोपेली मुलुकमा उडान भर्न असमर्थ थिए । यसबाट नेपाली हवाई उड्डयनको क्षेत्रमा एक किसिमको सङ्कुचन तथा अवरोधको अवस्थाको सिर्जना भएको थियो । यसबाट नेपाली उड्डयन क्षेत्रमा निराशा पैदा हुनु स्वाभाविक मान्न सकिन्छ । यसबाट नेपाली वायुसेवा कम्पनीहरूको विकास एवं विस्तारमा प्रतिकूल प्रभाव परिरहेको थियो । राष्ट्रसङ्घीय विशेष निकायका रूपमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) तथा युरोपेली सङ्घअन्तर्गतको युरोपेली आयोगको सुरक्षा सूचीमा रहेका कारण सन् २०१३ देखि नेपाली विमानहरूका लागि अमेरिका तथा युरोपेली मुलुकका आकाश प्रतिबन्धित छन् । यसको अन्त्यका पटक पटक प्रयास भए पनि आशातीत सफलता प्राप्त हुन सकेको थिएन । हालसम्म पनि यो प्रतिबन्ध हटाउने कार्य सफलीभूत हुनसकेको छैन । प्रतिबन्ध हटाउन आईकाओले नागरिक उड्डयनका विभिन्न पक्षमा सुधारको सर्त पनि अगाडि सारिरहेको बेलाबखत आइरहेकै हो ।यावत् प्रयासहरूको सन्दर्भमा खुसीको खबरसमेत सम्प्रेषित भएको छ । आईकाओले झन्डै दुई हप्ता लगाएर चैत ३० गतेदेखि वैशाख १२ गतेसम्म गरेको परीक्षणबाट नेपालको हवाई सुरक्षामा प्रगति हुँदै गएको आँैंल्याइएको छ । आईकाओले गरेको सम्परीक्षण (अडिट) ले पछिल्लो पाँच वर्ष यता नेपालको हवाई गुणस्तरमा वृद्धि भएको देखाएका छ । सन् २०१७ मा नेपालमा सुरक्षा परिचालन भार ६७.७६ प्रतिशत रहेकोमा पछिल्लो अडिटबाट यो ७१.१ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ । यस तथ्याङ्कबाट नेपालले हवाई सुरक्षा गुणस्तर वृद्धिजस्ता कार्यमा निरन्तर प्रयास अगाडि बढेको स्पष्ट हुन्छ । प्रमाणिक तथ्याङ्कहरूले यही कुरा देखाइरहेको छ । अडिटका सिलसिलामा उडान सुरक्षाको नेपालले पालना गरे गराएका कार्य र तिनको प्रगतिलाई आधार बनाएको देखिएबाट समेत नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र विश्वसनीय हुँदै गएको देखिन्छ । नागरिक हवाई उड्डयन क्षेत्रमा विश्वभरि नै नियामक रूपमा काम गर्दै आइरहेको राष्ट्रसङ्घीय विशेष निकायको विशिष्टकृत कार्य सम्पादन गर्दै आइरहेको छ । त्यसक्रममा आईकाओले विशेषतः लिजिस्टेसन ( एलईजी), पर्सनल लाइसेन्स (पीईएल), फ्लाइट अपरेसन (ओपीएस), एयर नेभिगेसन सर्भिस (एएनएस), एरोडमी एन्ड ग्राउन्ड एड्स (एजीए) लगायतका आठ विषयवस्तुलाई केन्द्रबिन्दुमा राखेर हवाई उड्डयनको व्यवस्थापन एवं सुरक्षाको गुणस्तर मापन गरिरहेको छ । यो सन्दर्भमा नेपालको अनुगमन गहन रूपमा भइरहेको देखिन्छ । नेपालको हवाई सुरक्षाको स्तरलाई केलाउँदा सन् २०१७ मै पनि औसत विश्व आँकडाभन्दा माथि नै देखिएको छ । विश्व औसत हवाई सुरक्षाको भार ६७.२ प्रतिशत रहेकोमा नेपालको ६७.७६ प्रतिशत थियो । यस तथ्यबाट नेपाली वायुयानलाई युरोप, अमेरिकामा प्रतिबन्ध लगाउने निर्णय उपयुक्त थिएन भन्ने समेत स्पष्ट हुन्छ । पछिल्लो अडिटअनुसार नेपालमा औसत परिपालना भार ७१.१ प्रतिशत पुगेको पाइएको छ । कुल १९३ सदस्य राष्ट्र रहेको आईकाओका राष्ट्रहरूको औसत हवाई सुरक्षा भार ६७.२ प्रतिशत रहेको छ । यसरी नेपालले विगत र वर्तमानमा समेत हवाई सुरक्षा परिपालनमा कुनै कमी नगरेको प्रमाणित भएको छ । पछिल्ला वर्षमा नेपालले नागरिक हवाई उड्डयनका क्षेत्रमा पूर्वाधार विकासलाई आन्तरिक रूपमा निकै अगाडि बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल थपेको छ । पूर्वाधार विकासमा ध्यान दिएको छ । त्यसक्रममा हवाई सुरक्षामा उल्लेखनीय सुधार गर्दै आइरहेको सन्दर्भमा अहिलेको उपलब्धि प्राप्त भएको हो तर यतिमै प्रगति रोकिनु हुँदैन । अब इयु र आईकाओले नेपाली विमानलाई अमेरिका र युरोपको आकाशमाथि लगाइरहेका प्रतिबन्ध छिटोभन्दा छिटो हटाउनु उपयुक्त देखिन्छ । त्यसतर्फको प्रयाससमेत अगाडि बढाउनु पर्नेछ । प्रतिबन्ध खुला भए नेपाली हवाई उड्डयनको विकासमा निकै सकारात्मक प्रभाव पर्ने निश्चित छ । नेपालको पर्यटन विकास हवाई क्षेत्रमा गरिने विकास, विश्वास र गुणस्तरमा निर्भर रहनेछ । कोरोना (कोभिड–१९)का कारण विश्वभर पर्यटन खुम्चिएको छ । यो प्रतिकूल प्रभाव नेपालमा समेत स्वाभाविक रूपमा परेको छ । देशको हवाई क्षेत्रको बढ्दो विश्वासले नेपालको पर्यटनलाई फेरि नयाँ तवरले अगाडि बढाउन सकिने निश्चित छ ।
मुलुक स्थानीय तह निर्वाचनको सँघारमा छ । मतदानको दिन आउन १५ दिन मात्र बाँकी छ । उम्मेदवार मनोनयन प्रक्रियासमेत सकिएको छ । अझै निर्वाचनबारे आशङ्का गरिँदैछ । आवधिक निर्वाचन भनेको संवैधानिक बाध्यता हो ।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको चहलपहल यतिबेला निकै बढेको छ । त्यसमा पनि सत्तामा रहेका दलहरूको गठबन्धनले गर्दा यतिबेला नेपाली राजनीतिक जगत् रङ्गमञ्चझैँ भएको छ ।