विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको हो ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)द्वारा कार्यक्रमको उपलब्धिबारे समीक्षा गरिएको छ ।
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १४ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कुल ३५ सञ्चार माध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । बुधबार अनुगमनबारेको कार्यप्रगति विवरण समेटिएको विज्ञप्ती जारी गर्दै काउन्सिलले सो जानकारी गराएको हो । काउन्सिलले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशाकीय अधिकृत रामशरण बोहराले जानकारी दिनुभयो । साथै सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता परिपालनामा गम्भीर बन्न काउन्सिलले आग्रह पनि गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएको थियो । निर्वाचन आचारसंहिता लागू भएपश्चात् आयोगसँगको सम्झौताअनुसार काउन्सिलले देशभरका सञ्चार माध्यमहरूको अनुगमन गरिरहेको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्काल कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत काउन्सिलले गराउँँदैआएको छ ।आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको भन्दै प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ । सोहीअनुसार २ वटा सञ्चारगृहले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएको काउन्सिलले जनाएको छ । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिइएको उपप्रशासकीय अधिकृत बोहराले जानकारी दिनुभयो ।दुई वटा अनलाइनबाट निर्देशनपश्चात् पनि आचारसंहिता प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएपछि सचेत गराइएको काउन्सिलले जनाएको छ । त्यस्तै ४ वटा सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको बोहराले बताउनुभयो । आगामी दिनमा दल तथा उम्मेदवारबारेमा प्रचार प्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउन सञ्चार माध्यमलाई काउन्सिलले आग्रह गरेको छ । गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन काउन्सिलले सबैमा आग्रह गरेको छ ।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
सरकारले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।
नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) खारेज गरेको छ । मङ्गलबार बसेको बोर्डको बैठकले बरालको नर्सिङ लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।
कैलालीमा रहेको २३६ मतदान स्थलमध्ये ५२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।
सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावेसँग नेपालले खेल्न लागेको जिम्बावे ‘ए’ सँग टी–२० र एकदिवसीय सिरिजको डिजिटल अधिकार ओएसआर डिजिटललाई प्रदान गरेको छ ।
चीनमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट सहभागि खेलका खेलाडी छनोट गर्न खेल संघहरुलाई अहिले चटारो परेको छ ।
नेपाल सरकारले परीक्षणको रुपमा सातामा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेको छ।
कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख १४ गते । रुपन्देहीको बुटवलमा एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । मङ्गलबार बिहान करिब ३ बजेतिर बुटवल उपमहानगरपालिका–६ स्थित बीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको थियो ।चोरीको विरोधमा सबै सुनचाँदी पसल बन्द गरिएको बुटवल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष गाेकुल विश्वकर्माले बताउनुभयो । व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै शृङ्खलाबद्ध चोरीका घटना हुँदा पनि प्रशासनले चोर पक्रिने र सुनचाँदी फिर्ता गर्न नसकेको भन्दै सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार रुपन्देहीमा दुई महिनाको अवधिमा चारवटा पसलमा ठूलो मात्रामा सुनचाँदी चोरी हुनु दुःखद रहेको भन्दै व्यावसायिक वातावरण बन्न नसकेकोमा चिन्ता जनाउनुभयो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले दुई किलो सुनका गरगहना, २२ तोला काँचो सुन र नगद पाँच लाख चोरी भएको बताउनुभयो । लुटेराले पसलमा अक्सिजन ग्याससहित वेल्डिङ्ग मेसिन प्रयोग गरेर पसल फोरेको पसलका मालिकले बताउनुभएको छ । उहाँका अनुसार चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउनुभयो । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने बताउनुभयो ।रुपन्देहीमा पछिल्लो दुई महिनाभित्र तिलोत्तमा, भलवारीमा रहेको पर्वत महेश्वर सुनचाँदी पसल, चैत १७ गते रानीबगिया सैनामैनाको बाग्लुङ शान्तिपुरे सुनचाँदी पसल, चैत्र २९ गते बुद्धनगर सुनचाँदी पसल, वैशाख १३ गते कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको छ ।
जनार्जन खत्रीसर्लाही, वैशाख १४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा बुधबार बिहान ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते हुनुभएको छ । बागमती नगरपालिका ११ र १२ को सीमास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडि भएको दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१, बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक प्रमिला देवीका छोरा २५ वर्षीय विजय यादव सामान्य घाइते हुनुभएको छ । प्रहरीका अनुसार बुधबार बिहान ८ः२७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख. ८३२५ नम्बरको तेल बोक्ने ट्याङकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प.५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित भइ पल्टिएपछि पछाडिबाट गइरहेको ट्याङकरले किचेको थियो । दुर्घटनामा संलग्न ट्याङकर र त्यसका चालकलाई प्रहरीले बागमती पारी रौतहटको पौराहीबाट नियन्त्रणमा लिएको छ ।
हेटौँडामा स्थापना भएको डिजास्टर रिकभरी केन्द्र चार वर्ष पुग्नै लाग्दा डाटा ब्याकअपका लागि पूर्वाधारमा कमी हुँदा समस्या निम्तिएको छ । सूचना प्रविधि केन्द्रमा कुनै समस्या आए तत्काल डाटालाई अनलाइन रिकभरी गर्न कठिनाइ भएको छ ।