• १२ पुस २०८१, शुक्रबार

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सात वर्षे उपलब्धिको समीक्षा

blog

काठमाडौं, वैशाख १४ गते । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनको सात वर्ष पूरा गरेको उपलक्ष्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)द्वारा कार्यक्रमको उपलब्धिबारे समीक्षा गरिएको छ । सन् २०१५ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युएसआईडीबीच नेपालको प्राथमिक तहका विद्यार्थीको पठन सीप विकास गर्ने उद्देश्यसहित सो कार्यक्रमको प्रारम्भ भएको थियो ।

शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले सो कार्यक्रमले एकीकृत पाठ्यक्रमको कार्यान्वयन, शिक्षक पेसागत विकासमा सहयोग पुर्‍याएको बताउनुभयो । प्रारम्भिक कक्षाका बालबालिकाको सुदृढ पठन सीपबाट सिकाइ उपलब्धिमा सुधार तथा यसलाई दिगो बनाउन स्थानीय तहको शिक्षा योजना तर्जुमा गर्न ठोस सहयोग पुर्‍याएको उहाँको भनाइ छ ।

त्यसैगरी, युएसआईडी नेपाल कार्यक्रमका निर्देशक सेपिद केभानशादले यो सिकाइले कोभिड–१९ महामारीको प्रतिकूल समयमा पनि सुधारमा ल्याएको बताउनुभयो । नेपाल र अमेरिकी सरकारबीचको साझेदारी ७५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालय शिक्षा क्षेत्र योजना २०२१/२०३० मा उल्लेख भए बमोजिम बालबालिकाको पढाए सीपलाई यथार्थ बनाउने मन्त्रालयको लक्ष्य हासिल गर्ने एकीकृत प्रयासको ठोस सहकार्यलाई निरन्तरता दिन चाहेको पनि उहाँले बताउनुभयो ।

सन् १९५० मा कलेज अफ एजुकेशनको स्थापनासँगै संयुक्त राज्य अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा सहयोगको थालनी गरेको थियो । त्यसबेलादेखि नै अमेरिकी सरकारले नेपाल सरकारसित सहकार्य तथा मुलुकको शिक्षाको गुणस्तर सुधारका निम्ति निरन्तररूपमा सहयोग उपलब्ध गराउँदै आएको छ ।