गोरखापत्र संस्थानका वरिष्ठ कम्प्युटर अपरेटर अर्जुन घिमिरे उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । २०४७ असोजमा संस्थानको सेवामा प्रवेश गरेर ३१ वर्षभन्दा लामो समय काम गर्नुभएका घिमिरेलाई उमेर हदका कारण अनिवार्य अवकाश दिइएको हो ।
लुम्बिनीसहित विभिन्न बौद्ध स्थलमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस पटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो ।
स्थानीय तह निर्वाचनका लागि सर्लाही, महोत्तरी र रौतहटको नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ । मङ्गलबार महोत्तरीको बर्दिबासमा बसेको तीन जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीमामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीबीचको संयुक्त सीमा समन्वय बैठकले मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि सीमा नाका सिल (बन्द) गर्ने निर्णय गरेको हो ।
नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो ।
भ्रष्टाचार कसुरमा थप सजाय १. सार्वजनिक निकायमा रहेका के कस्ता विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।  प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने तथा सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने व्यवस्था भए पनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक निकायमा रहेका देहायका विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ :
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा उत्तेजक नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कुनै राजनीतिक दलको घोषणापत्रमा अर्काे पार्टीलाई गाली गर्नु दुःखद कुरा भएको बताउनुभयो । पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा हुुनुुपर्नेमा उहाँले जोड दिनुुभयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभई केन्द्र मात्रै भएको आरोप लगाउनुुभयो । उहाँले चुनावी घोषणापत्र निकाल्न नसक्ने माओवादी केन्द्र पार्टी हुुन नसक्ने बताउनुभयो । यसैबीच नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्पर्क समन्वय कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिनुभयो । उहाँले चुनावको समयमा एमालेविरुद्ध फैलाइने भ्रमप्रति नेता तथा कार्यकर्ता सबैै सचेत हुनुपर्ने बताउँदै जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नु नपर्ने र दृढतापूर्वक प्रतिवाद गर्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले दुई तिहाइ नयाँ मतदाताले एमालेतर्फ झुकाव राखेको दाबी गर्नुभयो । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा झुकाव बढेको दाबी उहाँको थियो ।
१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?  पुष्पराम केसी – वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।
राजधानी प्रवेश र बहिर्गमनको मुख्य नाका थानकोट नौबिसेबाट दिनहुँ लाखौँ यात्रु तथा दसौंँ हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । एक आँकडाअनुसार यस नाकाबाट दैनिक झन्डै २० हजार सवारी साधन निरन्तर चलिरहन्छन् । यति विध्न सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा फराकिलो भने छैन । फलतः यहाँ घण्टौँसम्म ट्राफिक जामको समस्या देखिनु नौलो विषय होइन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । पेट्रोलियम पदार्थको समेत अनावश्यक खपतमा वृद्धि भएको छ । यसैगरी वस्तु तथा सेवाको मूल्यमा समेत बढोत्तरी भइरहेको यथार्थ हो । देशको यातायात क्षेत्रमा यी साना समस्या होइनन् ।
सापेक्षिक रूपमा स्थानीय कर वित्तशास्त्रको नयाँ विषय हो । कर लगाउने अधिकार राज्यमा मात्र हुन्छ तर स्थानीय नागरिक निकायहरू राज्यका सार्वभौम अधिकार प्रयोग गर्ने हैसियतमा हुन्छन् भन्ने मान्यतापछि मात्र स्थानीय कर अभ्यासमा आएको हो । इतिहास हेर्दा स्थानीय करभन्दा पनि नगरपालिका करका रूपमा यसले प्रवेश पाएको देखिन्छ ।
सबै जनाको उपयोगका लागि बनाइएको, सबैलाई समान रूपले काम लाग्ने, सार्वजनिक, सबैसित सम्बन्ध भएको वस्तु, सेवा वा भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्यहरू नै सार्वजनिक हुन् । अर्काको अधिकारमा रहेको कुनै सेवा, वस्तु वा मालसामान मूल्य तिरेर आफ्नो अधिकारमा पार्ने काम वा किनमेललाई खरिद भन्न सकिन्छ ।
पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।
काठमाडौं, वैशाख १३ गते। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन दर्ता गराएका हुन्।निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावका लागि देशभरबाट महानगर, उपमहानगर र नगरपालिका प्रमुखका लागि ३४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। देशभर ३४ सय ६६ जनाले प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दर्ता गराएको आयोगले उल्लेख गरेको छ। त्यसैगरी उपप्रमुख पदमा २१ सय ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सँगै गाउँपालिका अध्यक्षका लागि ३३ सय ७८ जनाले मनोनयन दर्ता गर्दा उपाध्यक्ष पदमा २३ सय ९२ जनाले मनोनयन दर्ता गराएका छन्। आयोगले सार्वजनिक गरेको बुलेटिन अनुसार वडाध्यक्षका लागि ३४ हजार ९४२ जनाले मनोनयन दर्ता गरेका छन्। महिला सदस्यका लागि २६ हजार ६१, दलित महिला सदस्यका लागि २३ हजार ४५६ र खुला सदस्यका लागि ५४ हजार ६४० जनाले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन समय दिएको थियो।
काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ।
प्रधान सेनापति प्रभुराम शर्मासँग फ्रान्सेली तथा अमेरिकी सेनाका उच्च अधिकारीबीच भेटवार्ता भएको छ।