व्यक्तिका हैसियतले जनकलाल शर्मा नारिकेल समान सरस थिए । उनमा भएको गम्भीरताले चिन्तनशीलतालाई सङ्केत गरेको हुन्थ्यो । खुलस्त स्वभावको अनुभव नहुने उनको व्यक्तित्वमा एउटा रहस्यात्मक विषयमा केन्द्रित हुनुपरेको परिस्थितिलाई प्रतिविम्बन गर्ने शक्ति भएको आभास हुन्थ्यो । विभिन्न साहित्यिक सभा समारोहको मौन उपस्थितिले शर्मालाई अधिकांश व्यक्तिले चासो नलिएको पाइन्थ्यो । बाह्य व्यवहारको चल्तीमा न्यूनतम भूमिका भएका अधिकांश व्यक्तिका पङ्क्तिमा शर्माको अग्रणी स्थान थियो भन्नुमा खासै आपत्ति नपर्ला । यस्ता बाह्य व्यवहारका सिलसिलामा मुखर र अग्रसर नहुने केही व्यक्तिहरू आफ्ना रुचि र सङ्कल्पमा प्रखर र गम्भीर हुन्छन् भन्ने दृष्टिकोण उनका लागि सार्थक देखिन्छ । व्यक्ति अपेक्षित हुन र उपेक्षित हुनमा ऊ स्वयं जिम्मेवार हुन्छ ।
स्थानीय निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुनेभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट सूचीबमोजिम कुल उम्मेदवारको करिब ३८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् ।
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेसन तीव्र गतिमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने प्राधिकरणको दाबी छ ।
१३ पटकको च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीले रियललाई ४-३ गोलले हरायो ।
२०७२ वैशाख १२ को भूकम्पमा भत्किएको रणमुक्तेश्वर मन्दिरको जीर्णोद्वार अझै हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाको मध्य भागमा रहेको यो शिवालय अहिलेसम्म जस्ताले मात्र छोपिएको छ । स्था
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई जना वडाध्यक्ष र चार जना सदस्यको एकल उम्मेदवारी परेको छ । वैशाख १२ गते उम्मेदवारी दर्ता गर्दा एकल उम्मेदवारी परेको हो ।
सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।
गोरखापत्र संस्थानका वरिष्ठ कम्प्युटर अपरेटर अर्जुन घिमिरे उमेर हदका कारण सेवा निवृत्त हुनुभएको छ । २०४७ असोजमा संस्थानको सेवामा प्रवेश गरेर ३१ वर्षभन्दा लामो समय काम गर्नुभएका घिमिरेलाई उमेर हदका कारण अनिवार्य अवकाश दिइएको हो ।
लुम्बिनीसहित विभिन्न बौद्ध स्थलमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस पटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो ।
स्थानीय तह निर्वाचनका लागि सर्लाही, महोत्तरी र रौतहटको नेपाल–भारत सीमा नाका तीन दिन अघिदेखि बन्द गरिने भएको छ । मङ्गलबार महोत्तरीको बर्दिबासमा बसेको तीन जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीमामढी जिल्लाका पदाधिकारी र सम्बद्ध अधिकारीबीचको संयुक्त सीमा समन्वय बैठकले मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि सीमा नाका सिल (बन्द) गर्ने निर्णय गरेको हो ।
नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो ।
भ्रष्टाचार कसुरमा थप सजाय १. सार्वजनिक निकायमा रहेका के कस्ता विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् । प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुने तथा सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुने व्यवस्था भए पनि सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम सार्वजनिक निकायमा रहेका देहायका विषयसम्बन्धी सूचना प्रवाह नगरिने व्यवस्था छ :
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा उत्तेजक नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कुनै राजनीतिक दलको घोषणापत्रमा अर्काे पार्टीलाई गाली गर्नु दुःखद कुरा भएको बताउनुभयो । पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा हुुनुुपर्नेमा उहाँले जोड दिनुुभयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभई केन्द्र मात्रै भएको आरोप लगाउनुुभयो । उहाँले चुनावी घोषणापत्र निकाल्न नसक्ने माओवादी केन्द्र पार्टी हुुन नसक्ने बताउनुभयो । यसैबीच नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्पर्क समन्वय कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिनुभयो । उहाँले चुनावको समयमा एमालेविरुद्ध फैलाइने भ्रमप्रति नेता तथा कार्यकर्ता सबैै सचेत हुनुपर्ने बताउँदै जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नु नपर्ने र दृढतापूर्वक प्रतिवाद गर्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले दुई तिहाइ नयाँ मतदाताले एमालेतर्फ झुकाव राखेको दाबी गर्नुभयो । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा झुकाव बढेको दाबी उहाँको थियो ।
१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ? पुष्पराम केसी – वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।