• १२ पुस २०८१, शुक्रबार

जनकलाल शर्मा : एक अनुस्मृति

blog

डा. दुर्गाप्रसाद अर्याल

 व्यक्तिका हैसियतले जनकलाल शर्मा नारिकेल समान सरस थिए । उनमा भएको गम्भीरताले चिन्तनशीलतालाई सङ्केत गरेको हुन्थ्यो । खुलस्त स्वभावको अनुभव नहुने उनको व्यक्तित्वमा एउटा रहस्यात्मक विषयमा केन्द्रित हुनुपरेको परिस्थितिलाई प्रतिविम्बन गर्ने शक्ति भएको आभास हुन्थ्यो । विभिन्न साहित्यिक सभा समारोहको मौन उपस्थितिले शर्मालाई अधिकांश व्यक्तिले चासो नलिएको पाइन्थ्यो ।
बाह्य व्यवहारको चल्तीमा न्यूनतम भूमिका भएका अधिकांश व्यक्तिका पङ्क्तिमा शर्माको अग्रणी स्थान थियो भन्नुमा खासै आपत्ति नपर्ला । यस्ता बाह्य व्यवहारका सिलसिलामा मुखर र अग्रसर नहुने केही व्यक्तिहरू आफ्ना रुचि र सङ्कल्पमा प्रखर र गम्भीर हुन्छन् भन्ने दृष्टिकोण उनका लागि सार्थक देखिन्छ । व्यक्ति अपेक्षित हुन र उपेक्षित हुनमा ऊ स्वयं जिम्मेवार हुन्छ । अक्सर आफ्नो कर्तव्य र गन्तव्य ठम्याएका हरेक व्यक्ति सर्वसाधारण ढङ्गमा अनपेक्षित वा अपेक्षित केही पनि हुँदैनन् ।

 त्यस्ता व्यक्तिका साधना र सिर्जनाले तात्कालिक जन सामान्यलाई कुनै प्रभाव प्रदान नगरोस् तापनि दीर्घकालीन  प्रभावको मापन गर्न भने बडो मुस्किल पर्दछ । अक्सर साहित्यकार तथा प्रबुद्ध लेखकको यस्तै प्रवृत्ति पाइन्छ । यो प्रवृत्ति व्यावहारिक र बाह्य नभएर आन्तरिक र दूरगामी प्रभाव दिने खालको हुन्छ । समाजको गति र प्रवृत्ति आन्तरिक रूपमा जति गुरु गम्भीर हुन्छ; बाह्य रूपमा त्यत्ति सतही र हल्का हुन्छ । लेखक वा साहित्यकारहरू समाजका गम्भीरतातिर दृष्टि पु¥याउने प्रयत्नमा लागिरहेका हुन्छन् । यही कुरा व्यक्तिका स्वभावमा पनि पाइन्छ । जुन व्यक्तिले जति मात्रामा बाहिरी गतिविधिलाई सङ्केत गरेको हुन्छ; त्यत्ति मात्रामा उसको आन्तरिक गतिविधिलाई पनि निर्देशित गरेकै हुन्छ । सामान्यको दृष्टिकोण बाह्य रूपमा प्रदर्शित गतिविधिका प्रति उन्मुख हुन्छ र क्षणिक प्रतिक्रियामा सीमित रहन्छ । आन्तरिक रहस्यको खोजी गर्ने व्यक्तिहरूले बाह्य कुरालाई त्यत्तिविधि महìव दिँदैनन् । यस्तै कुरा जनकलालमा भएको अनुभव हुन्छ । 

  • आज हरेक व्यक्तिका व्यवहारसँग गाँसेर उसका कृति र शक्तिलाई मूल्याङ्कन गर्नु पर्छ भन्ने मान्यता नव माक्र्सवाद र नव फ्रायडवादमा चर्को रूपमा पाइन्छ । एकथरी मान्यता यस्तो पनि छ कि कृतिको सन्दर्भमा लेखक मरिसकेको हुन्छ, लेखकका व्यक्तिगत व्यवहारलाई कृतिसँग गाँसेर व्याख्या विश्लेषण र मूल्याङ्कन गर्नु न्यायसङ्गत हुँदैन । 

नेपालका खासगरी साहित्य क्षेत्रका अतुलनीय व्यक्तित्व प्रकाण्ड संस्कृत साहित्यकार कुलचन्द्र गौतम र नेपाली साहित्यकार लक्ष्मीप्रसाद देवकोटाका निकटस्थ भएर आफ्नो दृष्टिकोणलाई सूक्ष्म र विशद तुल्याउन समर्थ रहेका जनकलाल शर्माले आफ्नो योगदान कहिल्यै अवसान नहुने गरी प्रतिष्ठापन गरेका छन् । उनको सन्दर्भ कोट्याउँदा र केलाउँदा आज मेरा मनमा द्वैध भावना प्रवाहित भएका छन् । एउटा भावनाले मान्छेको स्वभाव अवसरोचित सुविधाको उपभोगमा सहसा प्रवृत्त हुने र वासनाले अनुप्रेरित बन्ने खालको हुन्छ भन्ने मान्यतालाई अँगालेर आफ्नो प्रवाह छुटाएको छ भने अर्को भावनाले मान्छेमा निहित विवेक शक्ति र कर्तव्यले सर्वोपरि भूमिका खेलेको हुन्छ; जसले गर्दा मानिस आआफ्नो सीमा र सामथ्र्य अनुरूप प्रेरक कर्मका मार्गमा प्रवृत्त भएको हुन्छ ।

पहिलो भावनाले भन्दा दास्रो भावनाले मलाई बढी उत्साहित गरेर म जनकलालका कृति र शक्तिमा, व्यक्ति र व्याप्तिमा विशिष्टता देख्न पुग्छु । उनका लेखहरूबाट जुनप्रकारले वस्तुतथ्यको उद्बोधन हुन्छ; त्यत्तिकै प्रकारले चेतनाको धरातल पनि फैलने गरेको पाइन्छ । आजका लेखकलाई प्रचारबाजी र अहमत्याइको दीर्घ रोगले जति ग्रस्त गरेको छ त्यत्ति जनकलाललाई गर्न सकेन । एकाध पुस्तक लेखन र खाइलाग्दा व्यक्तिको सानोतिनो सङ्गतले आपूmलाई उघ्रताको चुलीमा चढेको गर्व गर्ने दम्भी लेखकका भेलमा विवेकशील लेखकको महìव कस्तो र कति हुन्छ सहजै अनुमान गर्न सकिन्छ । त्यसैगरी आफ्नो प्रकृति संस्कृति र समाजको अपरिहार्य मूल्य र मर्मलाई आत्मसात् गरेर प्रस्तुत हुने वास्तविकतासम्मत साहित्यिक लेखाइको सीमा कति हुन्छ भन्ने कुरा पनि कसैले छिपाउन सक्तैन ।

व्यक्तिमा निहित प्रवृत्ति र प्रकृतिको अनुमान गर्न मुस्किल पर्ने तुच्छता र विवादजनक व्यवहारलाई उसका असल कार्यहरूसँग गाँसेर अति मूल्याङ्कन गर्ने दृष्टिकोणले कहाँ कतिसम्म अस्तित्व राखेको छ ? त्यसको पनि लेखाजोखा भएकै कुरा हो । व्यक्तिमा रहेका दुर्बलता व्यक्ति समाप्त हुँदा नहुँदै समाप्त भएर जान्छन् । व्यक्तिका घरेलु अभाव र निजी पराभवहरू पनि उसका इहलीला सकिँदा नसकिँदै भस्म भएर जान्छन् । आखिरमा मानिसको दीर्घ अवशेष भनेको उसले दिएको देन नै हो । देनको दीर्घतम् अस्तित्व पनि त्यसका सार्वकालीन उपयोगिता र बहुसङ्ख्यक हृदयस्पर्शितामा निर्भर रहन्छ ।

कसैको प्रदेय तत्कालीन व्याख्याले स्थापित हुने र सुस्थिर रहने होइन । वास्तविक प्रदेय त समयका शक्तिले परीक्षण हुन्छ, समाजका व्यापक दृष्टिले निरीक्षण हुन्छ । समयको परीक्षण र समाजको निरीक्षणमा खरो उत्रेको देन वा प्रदेय सदैव स्वागतयोग्य हुन्छ । यस दृष्टिले मलाई शर्माको योगदान मौलिक निसान हो जस्तो लाग्छ । खासगरी साहित्यिक र साहित्येतर रचनाहरूका माध्यमबाट प्रस्तुत गरेको उनको विषयवस्तुले हाम्रो राष्ट्रिय परिवेशको व्यापकतालाई अँगालेको छ । उनका आत्मपरक स्वतन्त्र दृष्टिमा पनि अभिनव चिन्तन र चेतनाको सृष्टि पाइन्छ । वास्तविकतालाई भावनाका किरणले न्यानो स्पर्श गरेर सुन्दर बनाउने लेखनी शक्ति भएका जनकलालमा उपयोग्यताको पत्तो लगाउन खोज्ने प्रवृत्तिले गर्दा शर्माको लेखाइ सत्यनिष्ठामा आधारित देखिन्छ ।

केही असामान्य कौतुकता, अव्यावहारिक कार्यकलाप, अस्वाभाविक प्रक्रिया, अनौठो जीवन पद्धति, एकात्मक अभिवृत्ति र केही असहज मनोवृत्ति नभएको मान्छे साहित्यकार बन्न सक्तैन । यस आधारमा म जनकलालका व्यक्तिवृत्तबाट दूरस्थ छु । त्यसैले उनको व्यक्तित्व र कृतित्वमा निहित अन्तर्विरोधलाई निक्र्योल गर्न असमर्थ  नै छु । 

आज हरेक व्यक्तिका व्यवहारसँग गाँसेर उसका कृति र शक्तिलाई मूल्याङ्कन गर्नु पर्छ भन्ने मान्यता नवमाक्र्सवाद र नव फ्रायडवादमा चर्को रूपमा पाइन्छ । एकथरी मान्यता यस्तो पनि छ कि कृतिको सन्दर्भमा लेखक मरिसकेको हुन्छ, लेखकका व्यक्तिगत व्यवहारलाई कृतिसँग गाँसेर व्याख्या विश्लेषण र मूल्याङ्कन गर्नु न्यायसङ्गत हुँदैन । कृतिका शक्तिले नै लेखकको मूल्याङ्कन हुनुपर्छ । लेखकका प्रवृत्ति र प्रकृतिले कृतिको मूल्याङ्कन गर्नु हुँदैन ।

यी दुवै मान्यताले आआफ्नो ठाउँमा खास अर्थ राखे पनि विश्व विख्यात कृतिका कृतिकारको समग्र जानकारी पाइएको छैन तर कृतिको मूल्य कृतिकारका जीवनका अनभिज्ञताले घटी बढी भएको छैन । यस्ता उदाहरण कालिदास सेक्सपियर आदि साहित्यकारमा प्रशस्त छन् । हुन पनि हो कुनै लेखकले आफ्नो कुनै कृतिमा जे कुरा प्रस्तुत गर्छ, त्यो प्रस्तुत भइसकेपछि अरू कुनै सिर्जनाका लागि उपयोग हुन सक्तैन । त्यसैले प्रत्येक रचना पूरा गरेपछि लेखक सिर्जनात्मक रूपमा मृतवत् समाप्त भएको हुन्छ । एउटा रचनाले ‘लेखकीय सिर्जनाको एउटा निश्चित शक्ति क्षय गरेको हुन्छ; यही अर्थमा लेखकको मृत्युको घोषणा गरिएको पाइन्छ । एउटा कृतिमा प्रस्तुत भावना लेखकबाट मरिसके पनि पाठकका लागि जीवन्त रहन्छ यही नै कीर्ति पनि हो । त्यसैले ‘कीर्तिर्यस्य स जीवति’ भनेको हो । 

यस अर्थमा साहित्य र साहित्येतर उभय पक्षका लेखक जनकलाल शर्मा कीर्तिमय भएर जीवन्त रहने विश्वास गर्न सकिन्छ । देवकोटाले भनेजस्तै  ‘एक दिन धूलो हुन्छ लाल कीर्ति’ भन्ने विश्वास लिने हो भने शुभ्र कीर्तिको खेतीमा मान्छे जुट्नु पर्दछ । त्यो खेती हो सत्यं शिवं सुन्दरं । कलमवाज शर्माको कलमको खेतीले सत्यं शिवं सुन्दरंको बाली हुर्काएको छ कि छैन समय र समाजले बखत बखतमा विवेक दृष्टि राखेर टुङ्गो लगाउला भन्ने भरोसा गर्न सकिन्छ ।

अन्त्यमा मेरा मानसपटलमा प्रतिविम्बित शर्माको व्यक्तित्व र प्रदेयत्वले के भन्छ भने उनी शारीरिक व्यक्तित्वको प्रभावलाई आफ्ना रचना घुसपैठ गर्नुभन्दा आत्मिक भावना र अन्तश्चेतनाको साहित्यिक कृतिहरूमा सहजतया संसर्ग गरेर वस्तुसापेक्ष दृष्टिकोण दिने लेखक हुन् । राष्ट्रिय जीवनका विभिन्न पक्षमा गम्भीर दृष्टि पु¥याएका शर्माले निसर्गतः प्रणयराग लिएर कायिक, वाचिक र मानसिक केके स्वाद लिए, त्यो उनको स्वभाव र व्यवहारको कुरा हो । 

त्यसको प्रधानता रहँदैन । यस अर्थमा उनी यतिराज पनि होइनन् रतिराज पनि होइनन् । सामान्य अन्तरित जन हुन् । उनको अन्तरित व्यक्तित्वले काम किङ्करता र जवानीको जोशको विटता अँगाल्यो अँगालेन, त्यो कुरा उनका समवयस्क मित्र मण्डलीबाट प्रस्तुत भएमा अवगत हुन सक्ने कुरा हो । अरू जेसुकै होस्, मेरा मानस पटलमा प्रतिविम्बित उनको व्यक्तित्वले कर्म गर भन्छ, जीवनको सार्थक उपयोग गर भन्छ, क्षण र कण दुर्लभ छन्, दुवैको सदुपयोग गर भन्छ । यति मात्र होइन बाँचेर मर, मरेर नबाँच, मृत्युपछिका दिनहरू पनि बाँच्नेका लागि उस्तै हुन्छन् ती दिनका लागि पनि केही पौरख साँच ।