• ७ भदौ २०८२, शनिबार

अबुद्ध (कथा )

blog

गौतम बुद्ध । उनीसँग उनको परिवार थियो । माता मायादेवी थिइन्, पिता शुद्धोदन थिए । श्रीमती यशोधरा थिइन् र पुत्र राहुल थिए । पारिवारिक माया थियो, अनि थियो सम्पन्नताको विशाल राजपाठ । यति हुँदाहुँदै पनि गौतम बुद्ध किन परिवार र राजपाठ त्यागेर तथागत भए ?

उसको मुटुको एक कुनामा कसैले यो भनिदियो र ऊ टक्क अडिएर एक पटक निधार खुम्च्याएर कान तिखार्दै बुझ्ने प्रयास गर्न थाल्यो । यो स्वर तिखो रूपमा उसको मुटुको केन्द्रमा कोलाहल लिई किन एक्कासि उम्रियो ? ऊ सोचबद्ध भयो ।

तेरो नाउँ पनि गौतम तर तँ बुद्ध होइनस्, गौतम मात्र । तेरा लागि यो मायावी संसारमा झन्झट, विरक्ति, कठिनाइ, एकाङ्गीपन, पीडा र समस्याका खात पर्याप्त देखिँदै थिए र पनि तँ बुद्ध हुन सकिनस्, होइन त ? उसको टाउको झनझाउन थाल्यो । किन यो कर्कश वाणी उसको बाटो रोक्दै थियो ? उसले बुझ्न सकेन । दायाँबायाँ हे¥यो । केही देखिएन । अँध्यारो । रात निकै छिप्पिसकेको थियो । चाहन त ऊ पनि चाहन्थ्यो, यो मायावी संसार र स्वार्थको परिधि छोडेर कतै जाऊँ । कहिलेकाहीँ घरमा रहँदा यस्तो सोच आएर हिँड्न पनि तयार रहन्थ्यो तर एउटा आवाजले उसलाई रोकिदिन्थ्यो । कहाँ...? कहाँ...? घरमा धेरै काम भएको बेला...? किन बाहिर लखरलखर डुल्न मन लाग्या होला ? श्रीमतीको स्वर । ऊ टक्क अड्थ्यो र श्रीमतीतिर एकटकले हेथ्र्याे । श्रीमती यशोधराको रूपमा होइन, कुनै आजको आदर्श नारीका रूपमा प्रश्नशील बनेर उभिइरहेकी देखिन्थिन् । अनि सन्तान पनि राहुललाई माथ दिने गरी उसका वरिपरि घुमेर क्याउँक्याउँ गर्न लाग्थे ।

बाबा... बाबा... आज मलाई आइफोन चाहियो... ल्यापटप पुरानो भयो... नयाँ चाहियो... दिदीलाई क्याम्पस जान स्कुटी कहिले किनिदिने... ? राहुल ! संयोग यो पनि थियो उससँगै निकट बनेको । उसको सानो छोराको नाउँ राहुल नै थियो । ऊ मौन उभिन्थ्यो । उससँग तथागतका अनेक वाणीमध्ये एक... मायामोह नै मानवका लागि पीडाको कारण... आउँथ्यो र आफूलाई बुद्ध बन्न नसकेकोमा धिक्कार्न थाल्दथ्यो ।

यी सबै कुरा उसले भोगेको धेरै दिन भइसकेको थियो । अब यति बेला राजधानीको कुनै दुर्गम क्षेत्रमा एक्लै बसेर चकमन्न ओढेर पर पहाडको टाकुरामा कुहिरो जस्तो बादल हावासँग यताउता छिरल्लिरहेको हेरेर बसिरहेको थियो । ऊ यति बेला आफ्नो सहर, टोल, गल्ली, बाटोको कोलाहलबाट टाढै पुगेको थियो । ऊ प्रायशः एक्लै यसरी राजधानीको कुनै कुनामा हराउने गथ्र्यो । बुद्ध खोज्नलाई होइन, आफूभित्र एकान्त उमार्न । एकान्त पनि कस्तो भने चकमन्न खाले । ऊ यस्तो चकमन्न खाले एकान्तसँग कुरा गर्ने गथ्र्याे । उसको यो क्रियाको कुनै परिभाषा थिएन । कुनै दर्शन थिएन । बस्, ऊ चाहन्थ्यो, बस्थ्यो, कुरा गथ्र्याे र समय कटनी गरेर फर्कन्थ्यो आफ्नो उही गौतम कुटीमा; जहाँ आजको एक सामान्य नागरिक, एक साधारण गौतम बस्ने गथ्र्यो । एकान्तले भन्थ्यो : तँ किन यसरी निराश भएको ?

ऊ वाणीहीन बोल्थ्यो : म निराश होइन, हतास भएको ।

एकान्तले फेरि सोध्थ्यो : यसरी सबैबाट भागेर तैँले के पाउने ? ऊ भन्थ्यो : पाउन होइन, हराउन आएको ।

एकान्त : के ? ऊ : आफूलाई ।

ऊ यसरी एकान्तिन थालेको धेरै भएको थिएन । यस्तै एकदुई वर्ष जति भयो होला । कारण त्यसो त धेरै देखिँदैनथ्यो । बाहिर झन् देखिने कुरै भएन । भित्र जे थियो, त्यो पनि अरूले देखिने कुरै थिएन । ऊ आफूभित्र अनेक लाभा र एकाङ्गी पीडाको समुद्र बोकेर लहरिइरहेको जस्तो आपूmलाई बोध गथ्र्याे ।

किन ? आफँले आफूलाई गरेको प्रश्न ।

के भन्ने ? आफँले आफूलाई दिएको उत्तर ।

कुरा यो थियो वा केही विस्तार गर्दा ऊ आफूलाई नै तिक्त र दिक्क मान्थ्यो । यसैले ती सबै कुराको एकढिक्कालाई फुटालेर बुँदा बुँदामा सङ्क्षेपीकरण ग¥यो उसले क्रमशः यसरी...। केही समयअगाडि उसको एक मित्रले उसलाई पाँच लाख रकममा फसाइदिएर भागिदियो । त्यो रकम उसले सकिनसकी तिर्न त ति¥यो, त्यसले पारेको प्रभावले ऊ अझै विचलित भइरहेको थियो । परिवारलाई थाहा दिएको थिएन । परिवार अचम्म थियो, किन एक्कासि यी गौतम ऋषिलाई विरक्तिले गाँजिदियो र सम्पूर्ण मायावी संसारको उत्तरदायित्वबाट विमुख हुँदै गयो ! अनि घरमा समस्या बढ्दै जाँदा त्यसको निराकरण गर्नमा भन्दा त्यसबाट एकाङ्गिन र पर पर भाग्नतिर उन्मुख भयो ! परिवार पहिला अचम्म, त्यसपछि गुनासोबद्ध बने । ० यस भौतिक युगको ढुङ्गे संसारमा एक्कासि एक दिन उसले आफ्नो पूर्वप्रेमिकालाई भेट्यो । प्रेमिका उसलाई देखेर बोल्न उत्सुक बनिन् तर ऊ प्रेमिका देखेर विलुप्त बन्न यताउता हेर्न थाल्यो । यद्यपि प्रेमिकाले निकट आइहालेर आफ्नो प्रश्नमा बाँधिदिइन्, पहिला भएको भए आफ्नो नरम, सुडौल बाहुमा बाँध्ने गर्थिन्, तर अहिले...? उनी अर्कैकी श्रीमती भइसकिन्, अब धेरै कुरा गर्नु र पूर्वप्रेमको मोह देखाउनु शारीरिकका लागि पनि र मानसिकका लागि पनि उत्तम कदाचित् हुने भएन । यो सोचेर ऊ भाग्न लागेकै थियो, प्रेमिकाले भेट्टाइहालिन् ।

– किन भाग्न लागेको गौतम ?

– भाग्न होइन मेनका, तर्किन लागेको ।

– किन त ?

– किनभने अब यसरी हाम्रो भेट हुनु भनेको तिमीलाई के होला, यो त मलाई थाहा भएन तर मलाई भने बिर्सिनलाई अनेक प्रयास गर्दा गर्दा थाकेको यो मनुवा फेरि आत्मघातको स्थितिमा पुग्नुपर्ने बन्न सक्थ्यो, यसैले...।

– तिमीमा अझै मप्रतिको प्रेमभावना रहेको त ?

– कसैले भनेको थियो; पहिलो प्रेम जति नै पीडाग्रस्त र बिछोडयुक्त भए पनि बिर्सन एक युग पर्याप्त हुँदैन ।

– यो भावुक कुरालाई त्याग्न सकिन्न र ?

– मान्छे जति नै मेसिनरी र कठोर भयो भने पनि यही एउटा कुरा... भावनाले सधैँ ग्रस्त हुने नै भयो ।

– छोड विगतका कुरा... भन अहिले के गर्दै गरेको...?

– म यस्तै नै, जस्तो तिमीले कुनै दिन “म तिमीलाई आत्मिक प्रेम गर्छु, जससँग मेरो बिहे हुँदै छ, उसले त मेरो शारीरिक स्पर्श मात्र पाउँछ” भनेर गएकी थियौ, त्यही बेलादेखि नै आत्मिक प्रेम र शारीरिक स्पर्श भनेको के... यसबारे घोत्लिरहेकै थिएँ र प्रश्न आफँसँगै गर्दै रहेँ; के भनेर भने आत्मिक प्रेम गरेर पाउने के र शारीरिक प्रेम गरेर पाउने के...?

– ओहो, तिमी त निकै सिरियस पो देखियौ त... म एक सम्पन्न बहादुर परिवारमा सफल गृहिणी भएर 

बाँचिरहेको... तिम्रो परिवार नि...?

– सुनेर औधी हर्ष लाग्यो, तिमीलाई धेरै धेरै बधाई ।

– व्यङ्ग्य गरेको ?

– होइन, भित्री यथार्थ बोलेको ।

– भन न त उसो भए तिम्रा परिवारबारे... ।

– मेरो परिवार...? म पनि पूर्णतः पारिवारिक मान्छे भइसकेँ । ० अब यति बेला ऊ पूर्णतः पारिवारिक नागरिक । श्रीमती बिहानै काममा जान्थिन् । मिलेरै भान्साको काम गरेपछि छोरीछोरा आफ्नो आफ्नो कलेज र स्कुल जान्थे । ऊ पनि बाँकी सकाएर अफिस जान्थ्यो । बेलुका सबै भेला भएपछि सँगै खाना खान्थे, खाइसकेपछि श्रीमती थाकेर बेग्लै कोठामा सुत्न गइसकेकी हुन्थिन् । छोरीछोरा पढ्थे वा मोबाइल चलाउँथे, त्यसपछि सुत्दथे । ऊ भने एक्लो, मौन आँखा चिम्लेर आपूm हुनुको व्यापक चिन्तनमा घोत्लिरहन्थ्यो । अनि आफूलाई पाउँथ्यो, कोही त पनि थिएन वा भएन त उसका अगाडि, निकट । आफू यतिविघ्न एक्लो हुनुलाई यो जीवन बाँच्नुलाई के भन्ने ? अगाडि भित्तामा गौतम बुद्धको अर्धमुदित नयनले भनिरहेको भान पथ्र्याे, यो संसार मायामोहका कारण पीडाग्रस्त भएको... ।

जसोतसो दिन कट्थ्यो । मित्रघातको भित्री खाटा अझै थियो, यसैले ऊ मित्रहीन भएर कतै एक्लै नै बस्ने गथ्र्याे । समय कटाउँथ्यो । अनि घर पुग्थ्यो ।  घरमा जीवन दैनिक बाँच्नुको जुन व्रmम देखिन्थ्यो, त्यसमा कहिले त व्यापक प्रश्न नै प्रश्नको पहाड उभिसकेको हुन्थ्यो । ऊ मौन हुन्थ्यो । श्रीमती अधिकारबद्ध पारिवारिक प्रश्नहरू लिएर उभिन्थिन्, यसरी...।

खोई, यो भएन ? 

खोई, त्यो किन पुगेन ? 

त्यो कहिले ल्याउने ? 

अचेल रकम–कलम एक्कासि किन बिग्रेको ?

अनि घरमा यसरी किन समस्याले लर्को लागेको ?

साँच्चि, यसरी एक्कासि खल्ती नै शून्य हुने गरी यस्तो स्थिति पो आउँदा उसलाई आफू विचलित भएको बोध हुनुभन्दा पनि आफ्नो परिवारप्रति असफल र अक्षम भएको यथार्थले चाहिँ नराम्ररी घोच्न थालेको थियो ।

आफ्ना सम्पूर्ण सम्पन्नता छोडेर निस्केका गौतमले अन्ततः बुद्ध प्राप्त गरे र पत्ता लगाए– सांसारिक मायामोह नै मानव हुनुको पीडा... ।

अनि यो गौतम ? आफूले आफैँलाई प्रश्न तेस्र्यायो । कुन मायामोहमा अझै टाँसिइरहेको ? आफू पनि यसरी कतै महाभिनिष्व्रmमण गर्ने कि...? सबै टन्टाबाट मुक्त... । न यो, न त्यो । न यो समस्या, न त्यो समस्या । सबैबाट खुला, मुक्त । सबै स्वार्थ, मायामोहबाट विमुक्त । 

गौतम... ।

गौतम... ।

गौतम... ।

ऊ झस्कियो । झस्किएर आफ्नो तन्द्राको परिधिबाट बाहिर आयो । हे¥यो र देख्यो– अगाडि बुद्धत्व त होइन, समय भने निष्पट्ट अँध्यारो भइसकेको थियो । अनि त के, हतारिएर ऊ घर पुग्यो । भन्नै पर्दैन, घरमा स्वागत प्रश्नहरूबाट हुने नै भयो । ऊ अहिले कोठामा पलेँटी कसेर आँखा चिम्ली बसेको थियो ।  आफ्नो मस्तिष्कभित्रका सबै विकार, दुःखाइ, सोचाइ, रिङ्याइलाई ठप्प पारेर बसेको थियो ।

उससँग यति बेला न प्रश्न थियो, न त उत्तर नै ।

थियो भने केवल शून्य र भावहीन चकमन्नता... ।

केही समय बित्यो । उसले आनन्दानुभूति प्राप्त गर्नै लागेको थियो तर... त्यही बेला एउटा उही कर्कश आवाजले उसको ध्यान भञ्जित भयो । ऊ झल्याँस्स भयो । आँखा खोल्यो । अगाडि उसकी श्रीमती यशोधरा, छोरा राहुलका रूपमा उभिइरहेका; मानौँ, ऊ गौतमबाट कुनै बुद्धत्व प्राप्त गर्न उभिएको... अनि ऊ आफूलाई बुद्धत्व बोध गर्नै लागेर उभियो र उनीहरूतिर हे¥यो । श्रीमती यशोधराले भनिन् ः घरमा नुन सकियो । बेसार आधा केजी किन्नू । लुगा धुने साबुन छैन । छोरीछोरा मासु नखाएको धेरै भयो भन्दै थिए । ग्यासको सिलिन्डर खाली भयो, खबर गर्नू त । छोरा राहुलले भन्यो : बाबा, सय जाने एक दर्जन कापी ल्याइदिनू । जेल पेन पनि सकियो । मोबाइललाई ५० को एनटिसी रिचार्ज कार्ड पनि ल्याइदिनू है । अब ऊ... गौतम... मायामोहबाट विमुक्त बुद्धत्व पाउन होइन, एक साधारण नागरिक बनेर सांसारिक बुद्धत्व किनमेल गर्न बाहिरियो । अनि साँच्चि ऊ बुद्धभन्दा परको अबुद्ध बन्यो ।