पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौं, वैशाख १३ गते । सञ्जय लीला भन्सालीले निर्देशन गर्नुभएको फिल्म 'गङ्गुबाई काठियावाडी' मङ्गलबारबाट ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'मा रिलिज भएको छ । आलिया भट्ट अभिनीत फिल्म सिनेमा हलमा फेब्रुअरी २५ मा रिलिज भएको हो । फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा वेश्यालय चलाउने गङ्गुबाईको कथा प्रस्तुत गरिएको छ । फिल्मले बक्स अफिसमा झण्डै दुई सय करोड भारु कमाइ गरेको थियो ।फिल्ममा आलियासँगै शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिनुभएकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला फुटबल संघको अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार भएको निर्वाचनमा पेमाले अध्यक्षको अर्की प्रत्यासी विमला पौडेललाई ३० मतले पराजित गर्नुभयो ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मूख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगलाई जनरल इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले खेलाडीको बीमाका लागि सहयोग गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ ।
काठमाडौं, वैशाख १३ गते । गोरखापत्र दैनिकमा पहिलो पटक फोटो छापेको दिनको स्मरणमा आज ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ ।वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको तस्विर प्रकाशित भएको थियो । उहाँद्वारा चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको सो तस्विरमा देखिन्छ ।वि.सं. १९५८ वैशाख २४ गतेदेखि पहिलो पटक प्रकाशित भएको गोरखापत्रमा करिब ३६ वर्षपछि तस्विर छापिएको थियो ।–वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको श्यामस्वेत तस्विरयसैबीच, राष्ट्रिय फोटो पत्रकार सङ्घ र फोटो पत्रकार क्लबले वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटो पत्रकार सङ्घले काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरेको थियो ।
निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतपत्र पठाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मङ्गलबार मतपत्र पठाएको हो । आयोगमा सहसचिव तुलसीबहादुर श्रेष्ठले मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशका १३ जिल्लामा मतपत्र ढुवानी गरिएको जानकारी दिनुभयो ।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४४ हजार ४१६ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार मध्याह्न साढे १२ बजे सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३७५ र उपप्रमुख पदमा दुई हजार ६९ जनाको मनोनयन दर्ता भएको छ ।
रसुवाको आमाछोदिङमो गाँउपालिकामा नेकपा ९एमाले० का तर्फबाट अध्यक्षको उम्मेदवारमा गरिएको मनोनयन रद्द भएको छ । २०७४ सालमा वागमती प्रदेश संसदको बन्दसूचिमा नामवली रहेका टेम्रेल तामाङले अध्यक्षमा उम्मेदवार दिनुभएपछि उहाँको मनोनयन दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत अमरबहादुर जिसिले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको संख्या बढी देखिएको हो ।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३१८ र उपप्रमुख पदमा दुई हजार ३६ जनाको मनोनयन दर्ता भएको छ ।
मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन भइरहेको छ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गर्नुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुुमति प्रणाली (ईपीएस)को द्विपक्षीय समझदारी छिट्टै टुुङ्गोमा पुुग्ने जनाएको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको ईपीएस रोजगारीसम्बन्धी द्विपक्षीय समझदारी