कपिल ज्ञवालीसिद्धार्थनगर, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २५ वर्षीया आसमा खातुनले उपप्रमुख (उपमेयर) मनोनयन दर्ता गर्नुभएको छ। खातुनले जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो।स्थानीय तहमा युवा जिम्मेवार बन्नुपर्ने भन्दै उहाँले उम्मेदवारी दिनुभएको हो। नगरपालिकाको विकासको लागि आफूले योगदान गर्ने उहाँको भनाइ छ। जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गर्नुभएको छ। यादव केही दिनअघि नेपाली कांग्रेस परित्याग गरेर जसपामा प्रवेश गर्नुभएको हो। यादव नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्थ्यो।
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४७ हजार २७४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार दिउँसो ३ बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ४३० र उपप्रमुख पदमा दुई हजार ९७ जनाको मनोनयन दर्ता भएको छ ।
लक्ष्मण पौडेलभैरहवा, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की स्वेताकुमारी हरिजनले २१ वर्षकै उमेरमा वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ। वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उहाँले एमालेका तर्फबाट मंगलबार सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो। रुपन्देहीका १६ वटा पालिकामा करिव २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उहाँ नै सबैभन्दा कान्छी उम्मेदवार हुन्ुहुन्छ। पिछडिएको समुदायका लागि केही गर्नसक्छु भनेर उम्मेदवारी दिएको स्वेताले बताउनुभयो। उहाँले पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिनुभएको छ। ‘पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ, यो आम युवाप्रतिको विश्वास हो, म यो विश्वासलाई टुट्न दिने छैन’, उहाँले भन्नुभयो। स्वेता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ। विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो।
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्त कमैया विचल्लीमा परेका छन् । आगलागीमा पूर्णरुपमा घर जलेर नष्ट भएपछि मुक्त कमैया विचल्ली परेका हुन् ।
चितवन जिल्लामा दुई जना वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ ।
नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको पहिलो खेल ओमानसँग खेल्ने भएको छ ।
पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको हो ।
काठमाडौं, वैशाख १३ गते । सञ्जय लीला भन्सालीले निर्देशन गर्नुभएको फिल्म 'गङ्गुबाई काठियावाडी' मङ्गलबारबाट ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'मा रिलिज भएको छ । आलिया भट्ट अभिनीत फिल्म सिनेमा हलमा फेब्रुअरी २५ मा रिलिज भएको हो । फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा वेश्यालय चलाउने गङ्गुबाईको कथा प्रस्तुत गरिएको छ । फिल्मले बक्स अफिसमा झण्डै दुई सय करोड भारु कमाइ गरेको थियो ।फिल्ममा आलियासँगै शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिनुभएकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला फुटबल संघको अध्यक्षमा पेमा लामा निर्वाचित हुनुभएको छ । एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार भएको निर्वाचनमा पेमाले अध्यक्षको अर्की प्रत्यासी विमला पौडेललाई ३० मतले पराजित गर्नुभयो ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आज निर्वाचन सुरक्षा विषयक मूख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगलाई जनरल इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले खेलाडीको बीमाका लागि सहयोग गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेसनहरुको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माण भइरहेको छ ।
काठमाडौं, वैशाख १३ गते । गोरखापत्र दैनिकमा पहिलो पटक फोटो छापेको दिनको स्मरणमा आज ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ ।वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको तस्विर प्रकाशित भएको थियो । उहाँद्वारा चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको सो तस्विरमा देखिन्छ ।वि.सं. १९५८ वैशाख २४ गतेदेखि पहिलो पटक प्रकाशित भएको गोरखापत्रमा करिब ३६ वर्षपछि तस्विर छापिएको थियो ।–वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको श्यामस्वेत तस्विरयसैबीच, राष्ट्रिय फोटो पत्रकार सङ्घ र फोटो पत्रकार क्लबले वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटो पत्रकार सङ्घले काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरेको थियो ।