• १६ चैत २०८०, शुक्रबार

एनभीए भलिबल लिगलाई जनरल इन्स्योरेन्सको साथ

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १३ गते । छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगलाई जनरल इन्स्योरेन्सले सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले खेलाडीको बीमाका लागि सहयोग गरेको हो ।

सहयोग सम्बन्धी संझौता पत्रमा मंगलबार संघकी उपाध्यक्ष निरोज मास्के र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार जनरल इन्स्योरेन्सले लिगमा सहभागि खेलाडी र अफिसियलको लागि पाँच लाख रुपियाँ बराबरको बीमा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने लिग भबिलमा महिलातर्फ पाँच र र पुरुषतर्फ सात टोलीको सहभागिता रहने नेपाल भलिबल संघले जनाएको छ ।

महिलातर्फ विभागीय टोलीको नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, न्यु डायमन्ड र एभरेष्ट माबि रहेका छन् । पुरुषतर्फ नेपाल पुलिस क्लब,  त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोट्रस क्लब रहेका छन् । 

लिगमा महिला पुरुष दुवै तर्फका विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ । लिगको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने संघले जनाएको छ । लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।