शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख १३ गते । सञ्जय लीला भन्सालीले निर्देशन गर्नुभएको फिल्म 'गङ्गुबाई काठियावाडी' मङ्गलबारबाट ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'मा रिलिज भएको छ । आलिया भट्ट अभिनीत फिल्म सिनेमा हलमा फेब्रुअरी २५ मा रिलिज भएको हो ।
फिल्ममा सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरमा वेश्यालय चलाउने गङ्गुबाईको कथा प्रस्तुत गरिएको छ । फिल्मले बक्स अफिसमा झण्डै दुई सय करोड भारु कमाइ गरेको थियो ।
फिल्ममा आलियासँगै शान्तनु महेश्वरी, विजय राज, इन्दिरा तिवारीलगायतको मुख्य भूमिका छ । फिल्ममा अजय देवगण केमियो भूमिकामा देखिनुभएकाे छ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                