• ८ वैशाख २०८१, शनिबार

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

blog

सहायोग रकम लिएपछि खेलाडीहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइरहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । कोषबाट ६ खेलाडीलाई पाँच लाख ५६ हजार आठ सय ४३ रुपियाँ सहयोग गरिएको हो । 

कोषबाट नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई जनही एक लाख २५ हजार, भलिबलकी रिया कुँवरलाई ६३ हजार नौ सय २९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार नौ सय १४, करातेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सिमा राजवंशीलाई ८० हजार रुपियाँ प्रदान गरिएको कोषका सदस्य सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

सहयोग गरिएका खेलाडीमध्ये केसीलाई हातमा चोट लागेको छ । विष्णुलाई पक्षघात भएकोछ ।  रिया, सिमा र कोपिलालाई घुँडाको चोट लागेको छ भने दीपकलाई काँधको समस्या छ । खेलाडीलाई कोषका अध्यक्ष एवं राखेप सदस्य सचिव टङ्कलाल घिसिङले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।