निर्वाचन आयोगले पूर्व र पश्चिमका नौ जिल्लामा बुधबार मतपत्र पठाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मङ्गलबारदेखि जिल्लाहरुमा पठाउन थालिएको हो ।
काठमाडौं, वैशाख १४ गते । स्थानीय निर्वाचनमा उम्मेदवारी दिनको लागि नेपाल पत्रकार महासंघ, काठमाडौं जिल्ला शाखा सदस्य शैलेश डंगोलले राजीनामा दिनुभएको छ ।उहाँले वैशाख ११ गते राजीनामा दिनुभएर सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) काठमाडौं महानगरपालिकाको वडा नम्बर २२को वडा अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।पत्रकार महासंघको निर्वाचित सदस्य भएर स्थानीय निर्वाचनमा भाग लिन मनासिब नहुने भएकाले वैशाख ११ गतेदेखि नै लागू हुने गरी राजीनामा दिनुभएको थियो ।
सुरक्षाकर्मीहरु कवाज खेल्न पङ्तिबद्ध भएजस्तै सौर्यमण्डका महत्वपूर्ण ग्रहहरु पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेका छन् । मध्य वैशाखमा सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरु पङ्तिवद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट खाली आँखाले देख्न सकिन्छ ।
गोरखापत्र अनलाइन काठमाडौं, वैशाख १४ गते । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर ज.ब.राले पर्यवेक्षकहरु निर्वाचनका लागि आँखा र कान दुवै भएकाले इमान्दारीपूर्वक जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । निर्वाचन आयोगद्वारा बुधबार यहाँ आयोजित ‘पर्यवेक्षण संस्थाका लागि अभिमुखीकरण कार्यक्रम’ को उदघाटन गर्नुहुँदै उहाँले सो निर्देशन दिनुभयो । आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र पारदर्शी बनाउन पर्यवेक्षण संस्थाका प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने उहाँले चर्चा गर्नुभयो । पर्यवेक्षकहरु मतदाताको विश्वास जित्न सबैसँग मिजासिलो भएर आदर सम्मान गर्न आवश्यक रहेको भन्नुहुँदै आयुक्त ज.ब.राले भन्नुभयो, “यस पटक स्थानीय तह सदस्य निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक नभएकाले इमान्दारितापूर्वक विश्वास जितेर काम गर्नुहोला ।”निर्वाचन पर्यवेक्षणलाई प्रभावकारी बनाउन निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ जारी भइसकेकाले त्यसको परिपालना गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । निर्वाचन अवधिमा देशभर पर्यवेक्षक बाँडिएर अनुगमन गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै आयुक्त ज.ब.रा.ले सुगममा मात्र पर्यवेक्षक थुप्रिन नहुने बताउनुभयो । पर्यवेक्षकहरुलाई पर्यवेक्षण गर्न आयोगमा प्राप्त हुने आर्थिक सहयोग बाहेक सबै सामग्री उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । निर्वाचन सम्पन्न भएपछि पर्यवेक्षण प्रतिवेदन आयोगमा पेश गर्न उहाँले आग्रह गर्नुभयो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले पर्यवेक्षकलाई आफ्नो मतदातासूची रहेको पालिका बाहेक अन्य ठाउँमा पर्यवेक्षण गर्नुपर्ने जिम्मेवारी भएकाले सोहीअनुसार व्यवस्था गर्न आग्रह गर्नुभयो । आयोगको निर्णयअनुसार पर्यवेक्षकहरुलाई आवश्यक सुविधा प्राप्त हुने उहाँले जानकारी गराउनुभयो । एक दिने अभिमुखीकरण कार्यक्रममा आयोगका सहसचिव तथा प्रवक्ता पौडेल, सहसचिव यज्ञप्रसाद भट्टराई, सहसचिव तुलसीबहादुर श्रेष्ठ, उपसचिव कमल भट्टराई, उपसचिव सूर्यप्रसाद अर्याल लगायतको उदघाटनसत्रमा सहभागिता थियो । कार्यक्रममा विभिन्न ६८ वटा संस्थाका पर्यवेक्षण प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आयोगबाट निर्वाचन पर्यवेक्षण समिति नेपाल, नेपाल युवा परिषद, समाज कल्याण सेवा, मानव विकास केन्द्र नेपाल, शान्तिका लागि साझा अभियान, प्रगतिशील युवा क्लव, सहारा फाउण्डेशन, स्वावलम्बी एकता समाज नेपाल, सिम्रिक फाउण्डेशन नेपाल, ग्रामीण साझेदारी विकास केन्द्र, मानव हित संरक्षण मञ्च नेपाल, पोखरा रिसर्च सेन्टर लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा सहसचिव तुलसीबहादुर श्रेष्ठ, उपसचिव सूर्यप्रसाद अर्याल, उपसचिव लक्ष्मी शर्मा, उपसचिव कमल भट्टराई, शाखा अधिकृत तीर्थराज चापागाई, छविकिरण पौडेल, जयकला राईले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागी प्रतिनिधिहरुले सवारी पास, मतदानको अधिकार, डिजिटल परिचयपत्रको सहज व्यवस्था गर्न आयोगका पदाधिकारीसँग माग गर्नुभयो । दूर्गम ठाउँमा पर्यवेक्षण गर्न निर्वाचनभन्दा एक दिन अगाडि पुग्नुपर्ने बाध्यता रहेकाले आयोगले सबै आवश्यक सामग्रीको समयमै व्यवस्था गर्नुपर्ने उहाँहरुले माग राख्नुभयो । पर्यवेक्षकको दायित्वनिर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ ले विभिन्न ११ वटा बुँदामा पर्यवेक्षकको दायित्व निर्धारण गरेको छ । निर्धारित बुँदाअनुसार निर्वाचनसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग निर्वाचन सम्बन्धी विषयमा स्वतन्त्र र निष्पक्ष रुपमा संवाद गर्ने, आयोगले अनुमति दिएको क्षेत्र वा स्थानमा मात्र पर्यवेक्षण गर्ने, निर्वाचन प्रचार प्रसार अभियान, निर्वाचनमा लैङ्गिक तथा समावेशीताको अवस्था, मतदाताको निर्वाध आवत जावत, निर्वाचन सामग्रीहरुको ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम समेतका विषयमा पर्यवेक्षण गर्ने रहेको छ । सोहीअनुसार निर्वाचनसम्बन्धी प्रक्रियाको विभिन्न चरणमा सम्बन्धित राजनीतिक दलहरुको सहभागिता रहे वा नरहेको विषयमा जानकारी लिने, निर्वाचन अधिकृतको अनुमति लिएर मात्र मतगणना स्थलमा प्रवेश गर्ने, निर्वाचन अधिकृतको अनुमति लिएर मात्र मतदान केन्द्रभित्र प्रवेश गर्ने, यसरी प्रवेश गर्दा मतदान केन्द्रको गोप्य कक्षमा प्रवेश नगर्ने, निर्वाचन परिणाम घोषणा गर्दा अपनाइने प्रक्रियासम्बन्धी जानकारी लिने आदि रहेको छ । त्यस्तै, पर्यवेक्षकको कार्यमा खटिँदा पर्यवेक्षकलाई प्राप्त परिचयपत्र सबैले देख्नेगरी लगाउनु पर्ने, आफूले पर्यवेक्षण गरेको प्रत्येक स्थानको प्रतिवेदन तयार गरी आफूलाई नियुक्त गर्ने पर्यवेक्षण संस्थामा पेश गर्ने, पर्यवेक्षणका क्रममा कुनै किसिमको डर, त्रास, देखाई कुनै पनि मतदान केन्द्र वा मतदान केन्द्रको वरिपरि मतदाताहरुलाई स्वतन्त्र रुपले मतदान गर्नबाट बञ्चित गर्ने कार्य आदि भएको देखेमा सो सम्बन्धी जानकारी तुरुन्त आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृत वा निर्वाचन कार्यालयलाई गराउनुपर्ने रहेको छ ।
काठमाडाैं, वैशाख १४ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभाजन भएको छ। महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन हुने देखिएकाे छ।निर्वाचनमा सहभागी हुने विषयमा केही महिनाअघि सम्पन्न नेकपाकाे कन्द्रीय समितिमा विवाद भएकाे थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली र बाँस्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा हुनुहुन्थ्याे।यस विषयमा पार्टीबाट निष्काशित हुनुभएका नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले ‘‘मेलै पनि हेरेँ (विज्ञप्ति), हामी छलफलमा छौँ, चाँडै निष्कर्षमा पुग्छौँ ।’ भन्नुभयो ।नेकपाभित्र निर्वाचन र एकीकृत जनक्रान्तिको सवालमा नेतृत्वतहबाट हल गर्न नसकेको कारण नेताहरुको निष्कासन हुँदै अन्ततः पार्टी विभाजनतिर जाने सो पार्टी परित्याग गरेर जनसमाजवादी मञ्च, नेपालका संयोजक कृष्णप्रसाद धमलाले प्रतिक्रिया दिनुभयो ।
रुपन्देहीको तिलोत्तमास्थित एक विद्यालयमा गौतमप्रसाद चौधरी (थारु) कुनै समय शिक्षक हुनुहुन्थ्यो ।
विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि असार मसान्तसम्मकाे लागि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० प्रकारका विलासीका वस्तु आयातमा रोक लगाएको हो ।
यहाँको ठाटीकाँध गाउँपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थीबाट अभिभावक शुल्क असुल्दै आएका छन् । निजी स्रोतका शिक्षकलाई तलब दिनका लागि ती विद्यालयले मासिक एक सय रुपियाँदेखि चार सय रुपियाँसम्म अभिभावक शुल्क असुलिरहेको बताइएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले धमाधाम आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन् । मुलुकका प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर सङ्कल्प, घोषणापत्र, अपिलको नाउँमा आफ्ना योजना र कार्यक्रम सार्वजनिक गरेका हुन् । पार्टीहरूले सार्वजनिक गरेका घोषणापत्रमा स्थानीय तहलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनेभन्दा पनि कर
गायक प्रमोद खरेल नेपाली सुगम सङ्गीत र पाश्र्व गायनमा चिनाइरहनुपर्ने नाम होइन । उनले नेपाली साङ्गीतिक क्षेत्रमा झन्डै दुई हजार गीत रेकर्ड गराएका छन् । ‘म बिना कसै कसैलाई’, ‘डुबायो पापी मायाले’, ‘झुम्कावाली’, ‘किन लाग्छ माया’, ‘यो कुरा गोप्य’, ‘म बाँचेकै’, ‘नोगेन’ र ‘सिमलको भुवा झैं’लगायतका गीत लोकप्रिय छन् । प्रमोद ‘द भ्वाइस अफ नेपाल’को तीनै संस्करणका निर्णायकमध्ये एक हुन् । यिनै प्रमोदलाई मन परेका यी पाँच चलचित्र :
नेपालको हवाई आकाश सुरक्षित बन्दै गएको छ । अन्तर्राष्ट्रिय हवाई सुरक्षासम्बन्धी नियमन निकाय आइकाओले गरेको सम्परीक्षण (अडिट)का आधारमा नेपाली आकाश सुरक्षित रहेको जनाइएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध प्रजनन केन्द्र बन्द गरिने भएको छ । केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेको र प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएपछि बन्द गर्न लागिएको हो । १४ वर्षअगाडि स्थापना गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन् । तीन वर्षदेखि कुनै पनि चल्ला नकोरलेपछि
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मैले अहिले चलाइरहेको आइफोन नै हो । यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? मोबाइल फोन र पैसा लिएर जान्छु । तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ? मसँग त्यस्तो गर्व लाग्ने सामान केही छैन ।
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १४ गते । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन लक्षित शान्ति सुरक्षा व्यवस्थापनसम्बन्धी चुनौती एकपछि अर्को गर्दै थपिन थालेका छन् । निर्वाचन सुरक्षामा राजनीतिक दल र कार्यकर्ता मुख्य चुनौतीका रूपमा देखिएको सुरक्षा अधिकारी बताउँछन् । यही ३० गते हुने निर्वाचनका लागि सोमबार र मङ्गलबार उम्मेदवारी मनोनयन पत्र दर्ता सम्पन्न भएको छ । नेपाल प्रहरीका अनुसार उम्मेदवारी मनोनयन पत्र दर्ताकै क्रममा एक दर्जन स्थानीय तहहरूमा दलकै कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल भन्नुहुन्छ– निर्वाचनको सुरुवाती चरणमा नै कुटाकुट हुनु राम्रो होइन । निर्वाचनमा होमिएका पक्ष–प्रतिपक्षभन्दा दलभित्रकै गुटबीच कुटपिटका घटना भएको उहाँले स्मरण गराउनुभयो । मुलुकमा गणतन्त्र आइसकेपछि एक अर्को पार्टी र कार्यकर्ताबीचको झगडा भने घट्दै गएको पाइन्छ । यसमा राजनीतिक चेतना र शिक्षासँगै कठोरता हट्दै गएको देखिएको भन्दै उहाँले थप्नुभयो– “अहिलेसम्म कति जना घाइते भइसक्थे होलान् । तर त्यस्तो अप्रिय घटना भएको छैन । यसमा सुरक्षाकर्मीले अपनाएको उच्च सुरक्षा सतर्कता पनि महìवपूर्ण पक्ष हो ।” उम्मेदवारी मनोनयन पत्र दर्तादेखि चुनाव प्रचारप्रसार तथा सभासमारोहका क्रममा हुनसक्ने सम्भावित झडप, कुटाकुट, मतदानको दिन मतदातालाई तर्साउने, दबाब दिने, फर्जी मत हाल्ने र बुथ कब्जा गर्ने जस्ता चुनौती चुनावमा देखिन्छन् ।“यस्ता विषयका सम्बन्धमा शान्तिसुरक्षा चुनौती विश्लेषण मतदान स्थलमै तत्कालै गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्ने हुन्छ,” उहाँले सुझाव दिँदै भन्नुभयो– “मतदानअघि गरेको सुरक्षा चुनौती विश्लेषणले कहिलेकाहीँ धोका दिनसक्छ ।” त्यस्तै मतगणनाका क्रममा मतपत्र च्यात्ने, चपाउने, मसी छर्किने, जबर्जस्ती बदर गराउने, मतपेटिका तोडफोड गर्ने, निर्वाचान टोली र सुरक्षाकर्मीमाथि धावा बोल्ने, वैध तथा अवैध हतियार देखाई मतदाता तर्साउने जस्ता चुनौती दोहोरिन दिन नहुने सुझाव उहाँको छ । “निर्वाचनलाई शान्त, स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलको नै मुख्य जिम्मेवारी हुन्छ,” सुरक्षा विश्लेषक नारायणबाबु रेग्मी भन्नुहुन्छ– “पार्टीगत तथा व्यक्तिगत स्वार्थभन्दा स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्नुपर्छ ।” प्रजातन्त्र र लोकतन्त्रको सुनौलो पक्ष यही हो, स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व छान्न आवश्यक छ । आस्था, विचार र पार्टी फरक भए पनि नेता कार्यकर्ताहरूबीच दुस्मनी साँध्ने काम सुरक्षा चुनौतीका रूपमा देखिएको उहाँले बताउनुभयो । निर्वाचन आयोग र सुरक्षा निकायहरूको भूमिका प्रभावकारी बनाउन दलहरू नै जिम्मेवार र प्रतिबद्ध हुन जरुरी छ । उहाँका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयमा प्रतिबद्धता, राजनीतिक इमानदारी र आचरण सुधार जरुरी छ । निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल आसन्न स्थानीय तह निर्वाचन स्वच्छ, शान्त, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, सुरक्षा निकाय, राजनीतिक पार्टी, नागरिक समाज, पर्यवेक्षकलगायत सबैसँग सहयोग गर्न आह्वान गरिएको बताउनुभयो ।
भनिन्छ, एउटा फोटोले हजार शब्दको बयान गर्छ । त्यो शब्द बयान गर्न एक फोटोपत्रकारले गरेको मेहनत भने कसैले देखेको हुँदैन । त्यही मेहनतलाई प्रस्तुत गर्ने फोटोपत्रकार क्लबको आयोजनामा ‘लेन्सबाट फोटो पत्रकारिता’ शीर्षकमा फोटा प्रदर्शनी गरिएको छ ।