काठमाडौं, वैशाख १४ गते । सुरक्षाकर्मीहरु कवाज खेल्न पङ्तिबद्ध भएजस्तै सौर्यमण्डका महत्वपूर्ण ग्रहहरु पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेका छन् । मध्य वैशाखमा सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरु पङ्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट खाली आँखाले देख्न सकिन्छ ।
मध्य वैशाखदेखि बृहस्पति, शुक्र, मङ्गल तथा शनि ग्रह एउटै पङ्तिबद्धमा लामबद्ध भएर आकाशमा नृत्य गरिएको प्रतित हुन्छ ।
चन्द्रमा पनि अर्ध चन्द्राकार रूपमा स्वयम् यस ब्रह्माण्डीय कवाजको मनोरम दृश्यसँग जोडिन आइपुग्नेछ । यी ग्रहहरु पङ्तिबद्ध रहे पनि यिनिहरूको चित्र एकैसाथ लिन अति कठिन रहनेछ ।
नेपालबाट यस घटनालाई अवकोलन गर्न सकिँदैन । काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट बिहानीको समयमा यसलाई अवलोकन गर्न सकिन्छ । ग्रहहरुलाई खाली आँखाले सूर्योदय अगाडि पूर्व–दक्षिण दिशाको एजिम्यूथकोण ९० डिग्रीदेखि १४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ४५ डिग्रीमा यी ग्रहलाई अवलोकन गर्न सकिनेछ ।