• २० माघ २०८१, आइतबार

नेपाल कम्युनिष्ट पार्टी विभाजन उन्मुख, केही नेता निष्कासनमा

blog

काठमाडाैं, वैशाख १४ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थानीय निर्वाचन नजिकिँदै जाँदा विभाजन भएको छ। महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन हुने देखिएकाे छ।

निर्वाचनमा सहभागी हुने विषयमा केही महिनाअघि सम्पन्न नेकपाकाे कन्द्रीय समितिमा विवाद भएकाे थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली र बाँस्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा हुनुहुन्थ्याे।

यस विषयमा पार्टीबाट निष्काशित हुनुभएका नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले ‘‘मेलै पनि हेरेँ (विज्ञप्ति), हामी छलफलमा छौँ, चाँडै निष्कर्षमा पुग्छौँ ।’ भन्नुभयो ।

नेकपाभित्र निर्वाचन र एकीकृत जनक्रान्तिको सवालमा नेतृत्वतहबाट हल गर्न नसकेको कारण नेताहरुको निष्कासन हुँदै अन्ततः पार्टी विभाजनतिर जाने सो पार्टी परित्याग गरेर जनसमाजवादी मञ्च, नेपालका संयोजक कृष्णप्रसाद धमलाले प्रतिक्रिया दिनुभयो ।