• १३ वैशाख २०८१, बिहिबार

जिम्बावेविरुद्ध खेलको डिजिटल अधिकार ओएसआर डिजिटललाई

blog

काठमाडौँ, वैशाख १४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेसँग नेपालले खेल्न लागेको जिम्बावे ‘ए’ सँग टी–२० र एकदिवसीय सिरिजको डिजिटल अधिकार ओएसआर डिजिटललाई प्रदान गरेको छ । क्यानले बुधबार ओएसआरलाई डिजिटल अधिकार दिएसँगै सिरिजको प्रत्यक्ष  प्रसारण एक्सन स्पोर्टस एचडीवानले गर्ने भएको छ । 

नेपालले कीर्तिपुरस्थित त्रिवि मैदानमा जिम्बावे ‘ए’ सँग वैशाख १७, १९ र २१ गते एकदिवसीय तथा  वैशाख २३, २४ र २६ गते टी–२० सिरिज खेल्न लागेको हो । सिरिजका लागि नेपाली टोलीले मङ्गलबारदेखि बन्द प्रशिक्षण र तयारी सुरु गरेको छ । जिम्बावेसँगको सिरिजका लागि नेपाली टोलीको घोषणा भइसकेको छ ।  

घरेलु मैदानमा यसअघि नेपालले चैतमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दुई खेलको एकदिवसीय तथा पीएनजी र मलेसियासम्मिलित त्रिदेशीय टी–२० सिरिज पनि खेलेको थियो । पीएनजीसँगको एक दिवसीय सिरिज गुमाएको नेपालले त्रिदेशीय सिरिजमा भने क्लीन स्वीप गरेको थियो ।