संयुक्त राष्ट्रसङ्घ, वैशाख १४ गते । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराउनुभएको छ ।
यहाँ पछिल्ला वर्षहरुमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक सङ्कटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उहाँको भनाइ छ । मानवीय सहयातासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका उपप्रमुख जोसे मुस्याले सो कुरा बताउनुभएको हो । यहाँ सन् २०११ बाट सुरु भएको भनिएको आन्दोलनपछि देश गृहयुद्धमा फसेको छ ।
सो समयदेखि नै यहाँ आर्थिक सङ्कट निम्तिएको भन्दै यहाँका अधिकारीहरुले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् । संयुक्त राष्ट्रसङ्घले अहिले पनि दशौँ लाख सिरियाली खानाकै लागि सङ्घर्ष परिरहेको, खाद्यान्न औषधिजस्ता आधारभूत आवश्यकताको पनि चरम अभाव रहेको तथा राजनीतिक सङ्कट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नुपरेको अवस्था रहेको राष्ट्रसङ्घले बताएको छ ।
 
                                        Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                