सरकारले दसवटा वस्तुको आयातमा बन्देज लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मङ्गलबार राजपत्रमा सूचना प्रकाशन गर्दै असारसम्म ती वस्तुको आयातमा बन्देज लगाएको हो ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले स्पेनिस बलियो टोली भिल्लारियलमाथि सहज जित निकालेको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले स्थानीय तहको निर्वाचनमा बाल अधिकार उल्लङ्घनका घटना भएमा तुरुन्त रिपोर्टिङ गर्न सकिने गुगल फारम तयार गरेको छ । निर्वाचन अनुगमनमा जाने पर्यवेक्षक, सङ्घ संस्था, नागरिक समाजले समेत बाल अधिकारको उल्लङ्घनका विषयमा यस फारममा भरेर परिषद्लाई पठाउन सकिने व्यवस्था गरिएको छ ।
शिवराज ढुंगाना अछाम, वैशाख १५ गते । विद्यालय परिसरमा नजान भनेको विषयमा विवाद उत्पन्न भएपछि चक्कु प्रहार हुँदा एकै घरमा तीन जना सहित चार जना घाइते भएका छन् । हतियार प्रहारबाट ढकारी गाउँपालिका–३ चोइटीखाली निवासी मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खकेन्द्र बुढा घाइते भएका हुन् । बुधबार राती करिब ११ बजे भएको घटनामा गम्भीर घाइते भएका मानबहादुर र हिक्मतको उपचारका लागि राती नै अछाम अस्पताल ल्याइएको छ । तुलसी र खकेन्द्रको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । स्थानीय विवाहमा रमाइलोमा रहेका व्यक्तिहरुलाई विद्यालयको प्राङगणमा नजान विद्यालयका प्राधानाध्यापक मानबहादुरले आग्रह गरेपछि करिब १० जनाको समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ । मानबहादुर स्थानीय जनज्योति प्राथमिक विद्यालयका प्रधानाध्पाक हुन भने हिक्मत र तुलसी एकैघरका भाइबहिनी हुन् । खकेन्द्रपनि स्थानीय रहेको बताइएको छ । मानबहादुरको टाउको, ढाड र हातमा र हिक्मतको टाउको र हातखुट्टामा धारिलो हतियारले गम्भीर चोट लागेको सोही वडाका अध्यक्ष महादेव बुढाको बताउनुभयो । अछाम प्रहरीका अनुसार घटनामा चक्कु प्रयोग भएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा ढकारी गाउँपालिका–१ निवासी तपेन्द्र्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो । फरार रहेका अन्य व्यक्तिको खोजी र घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । दुई वर्षअघि ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापालाई चोइटीखाली नजिकै खुकुरी प्रहारबाट हत्या गरिएको थियो । अर्का १४ वर्षीय रुद्र थापा गम्भीर घाइते भएका थिए ।
‘आयाम’ मा ‘इक’ शब्दको योगबाट बनेको आयामिक शब्दमा ‘साहित्य’ शब्दसमेत मिलेर बनेको साहित्यको विवेचनामा प्रयोग हुने पारिभाषिक पदावली हो आयामिक साहित्य । आयाम भन्नु फैलावट र विस्तार पनि हो । आयामिक वा आयामेली शब्दले लम्बाइ, चौडाइ र गहिराइ सबै मिलेको आयामसँग सम्बन्धित पदावली हो भन्ने बुझिन्छ । सन् १९६३ को मईमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ)को सम्पादनमा तेस्रो आयाम पत्रिका पहिलोपल्ट प्रकाशित भयो । यसै पत्रिकामा आयामिक साहित्यको सिद्धान्त प्रकाशित भयो र यसैलाई नेपाली साहित्यको इतिहासमा आयामेली आन्दोलन भनियो । यसले यतिखेरसम्मको नेपाली साहित्यमा गहिराइ र घनत्व नभएका कारण अबको साहित्य आयामिक हुनुपर्ने स्थितिको बोध गरेर यो आन्दोलनको सुरुआत भएको थियो । यस सिद्धान्तका प्रवर्तक इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाले आरम्भ गरेका यस आन्दोलनले नेपाली साहित्यमा नयाँ अभियानको रूप लियो । यसका प्रेरक विचारहरूमा जेस्टाल्टवाद, घनत्ववाद, हेलियोग्राफ, सामूहिक अवचेतन आदिको भूमिका रहेको थियो ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गर्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता साझेदार दलबीच तालमेलको विषयमा पार्टीले निर्णय गरिसकेकाले उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारहरूलाई आग्रह गर्नुभयो ।
इटालियन सिरी ‘ए’ फुटबलको उपाधि होडमा रहेको इन्टर मिलानलाई बोलोग्नाको नमिठो झट्का लागेको छ । बोलोग्नामा बुधबार राति भएको खेलमा सुरुवाती अग्रता लिएको इन्टर घरेलु टोलीसँग २–१ गोलले स्तब्ध बन्यो ।
जङ्गली हात्ती पाइने १३ वटा एसियाली मुलुकको तेस्रो अन्तर्राष्ट्रिय बैठक बुधबारदेखि काठमाडौँमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने सो बैठकमा सहभागी मुलुकका उच्च सरकारी अधिकारी, अध्ययन अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणविज्ञलगायतको सहभागिता छ ।
सुलुलु सर्प हिँडेको बाटो वा पहाड, खोँच र कन्दरा हुँदै बगेको नागबेली नदी । अझ हिँड्नु भएको छ भने घुम्ती नै घुम्तीले सुन्दराकृति देखिने बर्दिबासको सडक । हो यस्तै घुमाउरो तर सुन्दर लाग्छ मूर्तिकार ताराप्रसाद ओझाको जीवन पनि । भोग्नका लागि कति सहज भयो वा कति कठिन छ ? यसको उत्तर उनीभित्रै होला तर देख्नेका लागि ताराप्रसादको जीवन घुम्ती हुँदै बगेको सुन्दर नदी वा पहाडको चुचुरोसम्म पुग्न बनाइएको नागबेली सडकजस्तै लाग्छ ।
सन् २०१९ मा बनेको तेलगु चलचित्रको रिमेक हो चलचित्र ‘जर्सी’ । चलचित्रमा एउटा क्रिकेट खेलाडीको सङ्घर्षलाई देखाइएको छ । खेलमा पनि राजनीति मिसिएको हुन्छ । चलचित्र एउटा मध्यमवर्गीय परिवारको सङ्घर्षको कथा हो ।
कतै पनि समुद्र नजोडिएको भूपरिवेष्टित देश नेपालका नागरिकले कहिलेदेखि समुद्रयात्रा गर्न सुरु गरे ?, समुद्रयात्रा गर्ने पहिलो नेपाली को थिए ?, तत्कालीन समयमा धेरै नेपालीजनका लागि अपरिचित समुद्रयात्राबारे अग्रजका अनुभव कस्ता थिए ?, यस्ता जिज्ञासा जनस्तरदेखि दिग्गज बौद्धिक जगत्सम्म उठ्ने गर्छन् । यिनै प्रश्नको सेरोफेरोमा रहेर इतिहासकार सूर्यविक्रम ज्ञवालीले ‘नेपाली तथा समुद्रयात्रा’ शीर्षकमा लेख लेखे । पुरातìव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा आजभन्दा लगभग ५० वर्षअघि अर्थात् २०२९ सालमा प्रकाशित त्यस लेखमा नेपालीजनको समुद्रयात्राबारे केही रोचक तथ्य अघि सारिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको नौ हजार १७ मेट्रिक टन चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको थियो । यसैगरी आव २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्र श्रीलङ्का यतिखेर चरम आर्थिक सङ्कटमा परेको छ । तीन दशक लामो तामिल विद्रोहको अन्त्यसँगै राजपाक्ष दाजुभाइको शासनबाट मुलुकले निकाससहितको आर्थिक समृद्धि र शान्ति पाउने अपेक्षा गरिएको थियो तर अवस्था ठीकविपरीत भयो । सरकारले राहत र सुरक्षा दिन नसकेपछि हिंसात्मक घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने भन्दै सरकारले देशव्यापी सङ्कटकाल घोषणासमेत गर्नु परेको छ ।
पश्चिमतर्फबाट तातो हावा ‘लु’ चलेको थियो । सोही दिशामा गहुँको नलमा ह्वारह्वार्ती दन्कियो आगो । पूर्वतिरको नजिकै रहेको विपतपुर गाउँवासी चिच्याउन थाले, ‘आगो, आगो ।’ उनीहरू आगो निभाउन खेतति
डेढ दशकअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापाले कतारमा हुने विश्वकपमै नेपालले खेल्न पाउने आशा राखेका थिए । विश्वकप सुरु हुन अब एक वर्ष पनि छैन र नेपाल विश्वकपबाट अझै पनि कोसौँ टाढा नै छ । विश्वकपको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्षको अन्त्यमा विश्वकप हुँदैछ कतारमा । कतार विश्वकपमा धेरै प्रसङ्गको रेकर्ड बन्ने लगभग निश्चित छ । त्यो रेकर्डबाट नेपाल चुकेको मात्र हो । त्यसो त विश्वकपमा कैयौँ बलिया टिमले समेत पुग्न पाएका हुँदैनन् । अझ चार पटकको विश्वकप विजेता इटाली फेरि पनि चिप्लिएको छ । युरोपियन च्याम्पियन इटालीबिना लगातार दोस्रो पटक विश्वकप आयोजना हुने छ । उत्तरी म्यासेडोनियासँग प्लेअफमा मिलेको पराजयले इटालीलाई छनोट चरणमै सीमित गरिदियो ।