नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धनमा रहेका र उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउनुपर्ने दायित्वबाट बिमुख नहुन आग्रह गर्नुभएको छ।
त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार विज्ञप्ति प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनको मोडालिटी बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ।
काठमाडौं, वैशाख १५ गते । हलिउडको चर्चित फिल्म 'अवतार'को दोस्रो भागको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माता जेम्स क्यामरुनले सिनेमा कन्भेन्सनको मञ्चमा उक्त घोषणा गर्नुभएको हो ।योसँगै फिल्मको दोस्रो भागको नाम पनि सार्वजनिक गरिएको छ । 'अवतार'को दोस्रो भाग अर्थात् सिक्वेलको आधिकारिक शीर्षक 'अवतारः द वे अफ वाटर' राखिएको छ । फिल्म १६ डिसेम्बरमा विश्वभरका सिनेमाघरमा रिलिज हुँदैछ । रिलिज मितिसँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको हाे ।फिल्ममा केट विन्सलेट, साम वर्थिंगटन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल येओह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र थप कलाकारहरूको अभिनय रहेको छ । 'अवतार २' को बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपियाँ) रहेको छ । यस्तै, फिल्म विश्वका १६० भाषामा रिलिज हुने बताइएको छ ।
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण क्याप छाडेका खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनुदार ब्यवहार भएको बताएका छन् ।
काठमाडौं, वैशाख १५ गते। वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई उडान स्थगन गर्ने जनाएको छ। संघका सदस्य वायुसेवा कम्पनी बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुर्ण एयरलाइन्सले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडान स्थगन गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका हुन्। प्राधिकारणले शुक्रबारदेखि राति ८ बजेपछि आन्तरिक हवाइ उडानको तालिका राखेको छ। वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले सो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या हुने बताउनुभएको छ। रातिको ८ बजेपछि नियमित उडान गर्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो। प्रवक्ता कँडेलद्वारा जारी विज्ञप्तिमा कम्पनीले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगन गर्ने उल्लेख छ। साथै यात्रुमा पर्न जाने असुविधा प्रति पनि संघले क्षमायाचना गरेको छ।
नेपाल ब्याडमिन्टन संघले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरी बिहीबार देखि ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।
नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ। पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा चेम्बरका पदाधिकारीले अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन्।
बुढापेस्टमा आगामी जुनमा आयोजना हुने १९औँ विश्व च्याम्पियनसिप र एसिायली खेलकुद (एसियाड) लाई समेत लक्षित गरी नेपाल पौडी संघले वैशाख २२ र २३ गते खुला तथा उमेर समूहको राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
काठमाडौं, वैशाख १५ गते। पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८८२ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो। २४ घण्टामा १८ जनाले कोरोना जितेका छन् भने मृत्यु शून्य छ। अहिले देशभर २४९ जना सक्रिय सङ्क्रमित छन्। मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख २५ हजार ४३ जनाले खोप लगाएका छन्।
काठमाडौं, वैशाख १५ गते। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पत्राउ गरेको छ। बर्दिया बारर्दिया नगरपालिका १ जमुनिया घर भएर काठमाडौं नयाँबानेश्वर बस्ने २४ वर्षीय दिनेशभक्त वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसनधान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बिहीबार उनलाई ग्वार्कोबाट पक्राउ गरिएको हो। खातामा पैसा छ भनेर चेक दिएका थिए। चेक भुक्तान हुन नसकेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले वलीविरुद्ध २०७७ फागुन १६ गते १२ दिन कैद र २३ लाख ६५ हजार पाँच सय जरिवाना ठहर गरेको थियो। फैसला कार्यान्वयनका क्रममा वली बिहीबार ग्वार्कोबाट पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बिहीबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमार्फत मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सल्यानका दशमध्ये पाँच वटा पालिकामा प्रमुख/अध्यक्ष/उपाध्यक्ष पदमा सात जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ ।