• ८ वैशाख २०८१, शनिबार

ब्याडमिन्टनको छनोट सुरु

blog

एसियाडका लागि ब्याडमिन्टन छनोट खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १५ गते । नेपाल ब्याडमिन्टन संघले चीनमा आयोजना हुन लागेको १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरी बिहीबार देखि ब्याडमिन्टन खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ ।

ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु भएको प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ शीर्ष वरीयताका १० खेलाडीको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीले लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । एसियाडमा नेपालले विभिन्न २३ खेलमा भाग लिने निर्णय गरेको छ ।