स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आआफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।
निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताबाट आएको द्वेषपूर्ण अभिव्यक्तिलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्तो अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर विश्लेषण गरिरहेको जनाएको छ । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरूबाट एक अर्काप्रति लाञ्छना लगाउने र चरित्रहत्या गर्ने किसिमले नै द्वेषपूर्ण टिप्पणी आएको विषयमा आयोगले यस्तो धारणा राखेको हो ।
पूर्वाधार विकासको प्रक्रियामा जग्गा प्राप्ति, पुनर्वास, तथा पुनस्र्थापनासम्बन्धी एकीकृत नीति नहुँदा विकास निर्माणका आयोजनाका लागि जग्गा प्राप्त गर्न अनेक व्यवधान खडा भइरहेका छन् । आयोजना प्रभावित समुदाय तथा परिवारको जीविकोपार्जन र पुनस्र्थापनासम्बन्धी कार्य ढिलो हुने, आयोजनाको लागत बढ्ने र अनुमानित समयमा आयोजना पूरा हुन नसक्ने समस्या निरन्तर आइरहेका छन् । कैयौँ विकासका पूर्वाधार अनन्तकालसम्म लम्बिँदा राज्य तथा समाजलाई परेको अकल्पनीय घाटा र सीमित जमिनको बहुआयामिक उपयोगको महìवलाई राज्यले खासै ध्यान दिन सकेको देखिँदैन ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि धकेलिएको छ ।यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो ।ईपीएस कोरिया शाखाका निर्देशक पुुष्पराज कटुुवालले ईपीएसको रोजगारीमा जानेको कोरिया भाषाको परीक्षा स्थानीय निर्वाचनका कारण २० दिनपछि सारिएको बताउनुुभयो । कोरियाको मानव संसाधन विभाग (एचआरडी)सँगको सल्लाह लिएर नै परीक्षा सारिएको उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनका लागि मतपत्र र अन्य निर्वाचनसम्बन्धी सामग्री जिल्लामा आइपुुगेको छ । नियमित रूपमा हवाई यातायात सञ्चालन नभएको बेला नेपाली सेनाको जहाज र हेलिकप्टर चार्टर गरी ती सामग्री ढुवानी गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुुर रानाका अनुुसार निर्वाचन आयोगबाट जिल्लाका लागि पठाइएको मतपत्र र निर्वाचन सामग्री हुम्ला आइपुुगेको छ । उहाँले ५४ प्रकारका निर्वाचन सामग्री नेपाली सेनाको जहाजबाट र ३८ हजार थान मतपत्र हेलिकप्टरबाट आयोगको प्रदेश कार्यालय सुुर्खेतबाट हुम्ला ल्याइएको बताउनुभयो ।
लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
अपिनाम्पा संरक्षण क्षेत्र तीन वर्षदेखि परिषद्विहीन छ । २०६७ असार २८ गते साबिकका २१ गाविसलाई समेटेर घोषणा गरिएको संरक्षण क्षेत्रमा परिषद् गठनका लागि सहमति नहुनु तथा कानुनी जटिलताले गर्दा परिषद् गठन हुन सकेको छैन ।परिषद् गठनका लागि धेरै पटक राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि सहमति हुन नसक्दा परिषद् गठनमा ढिलाइ हुँदै गएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक वडाबाट दलित महिला सदस्य निर्वाचित हुँदै छन् । स्थानीय तहका हरेक वडामा दुईजना महिलामध्ये एक जना दलित महिला अनिवार्य भएअनुसार दलित महिला निर्वाचित हुने भए पनि केही वडामा भने कोटा खाली रहने देखिएको छ ।
जिल्लाका राजनीतिकदलबीच स्वच्छ प्रतिष्पर्धा गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्बन्धि गतिविधि सञ्चालन गर्ने सहमति भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दलहरुबस्च आपसी सौदार्यपूर्ण सम्बन्ध कायम गरी शान्तिपूर्ण रुपमा निर्वाचन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
निशा राईधरान , वैशाख १६ गते । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डायलिसिस मेसिन, बेडहरु थप गरिएको छ । नयाँ २० बेड र डायलिसिस सामग्रीहरुको उपकुलपति डा. ज्ञानेन्द्र गिरिले नयाँ युनिटको उद्घाटन गर्नुभएको हो ।नयाँ भवन निर्माणसँगै थप गरिएको नयाँ बेडहरुलाई छुट्टै डायलिसिस युनिट स्थापना गरी इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलिसिस युनिटलाई विस्तारित गरिएको छ । युनिटलाई २० बेड क्षमताको बनाइएको बी.पी. कोइराला स्वास्थ् विज्ञान प्रतिष्ठान सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिनुभयो । उद्घाटनको क्रममा उपकुलपति गिरिले बढ्दै गएका मृगौलाका बिरामीहरुलाई यस युनिटले थप मद्दत मिल्ने बताउनुभयो । प्रतिष्ठानमा मासिक करिब एक हजारको डायलिसिस हुने गरेको छ ।
चितवनको माडी नगरपालिकामा नेकपा एमालेका उपप्रमुखका उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुुभएको छ । एमालेका तर्फबाट उपप्रमुुखमा उम्मेदवारी दर्ता गराउनुुभएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो । माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएको नेकपा चितवन प्रचार विभाग प्रमुख रविकिरण पौडेलले जानकारी दिनुभयो ।
विद्यालय उमेर पुगेका सवै बालवालिकाहरु लाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्दै विद्यालयका बालवालिकाहरुले सचेतना अभियान सञ्चालन गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको उच्च माग हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा नपरेकामा सरोकारवालाले गुनासो गर्नुभएको छ ।२६औँ राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागीले यस्तो गुुनासो गर्नुुभएको हो । चिया उत्पादक उद्यमी चण्डीप्रसाद पराजुुलीले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा माग भए पनि सरकारी निकायको समन्वयको अभावले क्षमताअनुसार उत्पादन हुन नसकेको बताउनुुभयो । अर्का उद्यमी दीपक बाँस्कोटाले नेपालमा विश्वमै उच्च गुणस्तरको चिया उत्पा
स्थानीय तह निर्वाचन नजिकिएसँगै अपाङ्गता भएकाका लागि एक किसिमको समस्या देखिने गरेको छ । गोप्य मतदान गर्न पाइन्छ कि पाइँदैन, अपाङ्गता भएका तथा दृष्टिविहीनलाई भोटिङको व्यवस्था के–कस्तो होला जस्ता कुराले सताउने गरेको पाइएको छ ।