उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल भएको छ ।
काठमाडौं, वैशाख १७ गते । निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमार्गमा रातको समयमा देखिने दृश्य । तस्बिर : रासससडक सुन्दरताः दाङको जिल्ला समन्वय समितिको द्वारमा फुलेको फूलले बटुवाको मनै लोभ्याउनुका साथै सडकका सौन्दर्यता बढेकाे छ । तस्बिर : राससघरमा आगलागीपछि जलेको खाद्यान्न सङ्कलन गर्दै कैलालीको कैलारी गाउँपालिका वडा नं ७, विपतपुर शिविरका स्थानीयबासी । शिविरमा आगलागीका कारण घर जलेर खरानी भएपछि केही बचेको खाद्यान्न उहाँले सङ्कलन गर्नुभएको हो । तस्बिरः रासस सञ्चालनमा आयो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलः भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएसँगै नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज ‘अप्रेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेको छ । जेठ २ गते देखि नियमती रुपमा व्यसायिक उडान सुरु हुने भएको छ । तस्बिर : राससहुम्लामा निर्वाचन सामाग्री : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर र विमान मार्फत बिहीबार हुम्ला पुगेको ३८ हजार मतपत्र सहित ५८ प्रकारका निर्वाचन सामाग्री । तस्बिर : रासस निर्माण हुँदै गरेको पुल : दाङको दंगीशरण गाउँपालिका–३ स्थित बागरखोलामा निर्माण हुँदै गरेको पुल । तस्बिर : राससगस्ती गर्दै म्यादी प्रहरी : शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै । तस्बिर : रासस पुर्नवास नगरपालिकामा रहेको प्यारा तालमा डुङ्गा चलाउँदै गरेका आन्तरिक पर्यटक । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत तालमा रहेका जलकुम्भी सफाइ गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि तालमा सयर गर्न डुङ्गाको व्यवस्था गरिएको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने यो तालमा बेला बखत भारतीय पक्षले किचलो समेत झिक्ने गरेको छ । तस्बिर : राससकाठमाडौं उपत्यका र सुन्धरा क्षेत्रमा फुलेको मौसमी फूल । फुलेका मौसमी फूलले सहरलाई मनमोहक बनाएको छ । तस्बिर : केशव गुरुङ
सत्ता गठबन्धनको उम्मेदवारका विरुद्धमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले निर्वाचन कार्यालयबाट तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिनुभएन ।
सरकारले छिट्टै विज्ञापन बोर्डमार्फत विज्ञापन आचारसंहिता ल्याउन लागेको छ । विज्ञापन बोर्डद्वारा शुक्रबारदेखि राजधानीमा आयोजित विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी दुईदिने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँले विज्ञापन व्यवसायमा देखा परेका समस्या समाधान गर्दै यसलाई थप स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन विज्ञापन बोर्ड स्थापना गरिएको स्पष्ट पार्नुभयो ।
नेपाल विविधतायुक्त मुलुक हो । यहाँ १२५ जातजाति र १२३ मातृभाषा बोल्ने समुदाय रहेका छन् । लामो समयसम्म अभ्यास गरिएको एकात्मक र केन्द्रीकृत शासन व्यवस्थाले यी विविध समुदायका सरोकारलाई सम्बोधन गर्न सकेन ।
आमा जगत्कै परम पवित्र शब्द हो । संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो– आमा । आमा जननी, धरतीजस्ता पर्यायवाची शब्द हुँदाहुँदै पनि शब्दकोशमा यसको परिभाषा एउटै छ । आमा आफैँमा निर्मल निस्वार्थ माया मात्र नभई घाम हुँदा चाहिने छाया पनि हुन् । आमा शिक्षाको पहिलो हरफ, चेतनाको पहिलो ज्योति र साक्षरताकी खानी हुन् । आमा गल्तीलाई पनि सजिलै माफ गर्ने मोती हुन् । आमा भवसागर हुन्, जसको गहिराइ नाप्न कठिन छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य राष्ट्र श्रीलङ्काको हालको आर्थिक स्थितिले अन्य राष्ट्र पनि सतर्क हुनुपर्ने अवस्था सिर्जना भएको छ । केही दशक अघिसम्म श्रीलङ्काको अवस्था दक्षिण एसियामा समुन्नत र बलियो मानिन्थ्यो । जहाँ सन् २००३ देखि २०१२ सम्म लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर कायम थियो । प्रतिव्यक्ति आय उच्च थियो तर अहिले यही देश गहिरो आर्थिक सङ्कटमा फसेको छ । तीन वर्ष अघिसम्म पनि राष्ट्रपति राजापाक्षेले यस्तो सङ्कटको कल्पना गर्नुभएको थिएन ।
संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत निर्वाचन तालिम अधिकृतका हैसियतमा सन् २००४ मा पङ्क्तिकार अफगानिस्तान पुगेको थियो । अफगानिस्तानको इतिहासमै पहिलो पटक राष्ट्रपतिका लागि चुनाव भयो ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्ष बित्दासमेत बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।
तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
दाङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएका १७६ जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली पत्रकारिताको धरोहरका रुपमा रहेको गोरखापत्रले जनताको भावना बोक्न सफल भएको बताउनुभएको छ।
सिद्धार्थनगर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट प्रमुखको पदमा उम्मेदवारी दिएका मनिषकुमार जोशीले उम्मेदवारी फिर्ता लिनुभएको छ।
रुकुम पश्चिममा विभिन्न दलबाट र स्वतन्त्ररुपमा उम्मेदवारी दिएकाले कुराकानी मिलेको भन्दै उम्मेदवारी फिर्ता लिएका छन्।