• ८ वैशाख २०८२, सोमबार

गोरखापत्र जनताको भावना बोक्न सफल : प्रधानसेनापति

blog

प्रधानसेनापति प्रभुराम शर्मा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई मायाकाे चिनाे प्रदान गर्नुहुँदै । साथमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिर : नेपाली सेना

कठमाडौं, वैशाख १६ गते। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली पत्रकारिताको धरोहरका रुपमा रहेको गोरखापत्रले जनताको भावना बोक्न सफल भएको बताउनुभएको छ। 

गोरखापत्रको व्यवस्थापकीय तथा सम्पादकीय नेतृत्वसँग शुक्रबार भएको छलफलमा उहाँले गोरखापत्र राष्ट्रको सम्पदा भएको चर्चा गर्दै आपसमा मिलेर धेरै क्षेत्रमा काम गर्न सकिने बताउनुभयो।

भेटमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रले नेपाली सेनालगायत राष्ट्रियता र लोकतन्त्रको प्रवर्धनका लागि प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले सिङ्गो राष्ट्रको विश्वास र भरोसाका रुपमा गोरखापत्रले आफूलाई स्थापित गर्ने अभियानको थालनी गरेको प्रष्ट गर्नुभयो। उहाँले नेपाली सेनाले गरेका सुरक्षा, विकास निर्माण, सामाजिक सेवाको सूचना सम्प्रेषणमा गोरखापत्रले सहकार्य गर्ने बताउनुभयो।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले नेपाली सेनाको गौरवशाली इतिहासले समग्र राष्ट्रको गरिमा उचो बनाएको भन्दै गोरखापत्रले त्यसलाई सम्मान गरेको उल्लेख गर्नुभयो।

  गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्रको विश्वसनीयता र आधिकारिकता सबैभन्दा ठूलो पुँजी भएको उल्लेख गर्नुभयो। 

प्रधानसेनापति प्रभुराम शर्मा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलाई मायाको चिनो प्रदान गर्नुहुँदै  । तस्बिर : नेपाली सेना

  प्रधानसेनापति प्रभुराम शर्मा गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईलाई मायाको चिनो प्रदान गर्नुहुँदै। तस्बिर : नेपाली सेना