तिलाचन पाण्डेतम्घास, वैशाख १७ गते । जिल्लाको धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको (नेकपा) एमाले धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेबाट गाउँपालिका अध्यक्षमा गोपाल कुँवर र उपाध्यक्षमा सीता गिरीले उम्मेदवारी मनोनयन गराउनुभएको थियो । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका लागि भुपाल पोखरेलले मनोनयन दर्ता गराउनुभएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका कुँवरले नेकमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने सहमतिमा उम्मेदवारी फिर्ता लिइएको सचिव घिमिरेले बताउनुभयो । अब धुर्कोट गाउँपालिकामा (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार पोखरेल र नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार गिरी बन्ने घिमिरेले बताउनुभयो ।दुई उम्मेदवारबीचको सहमति अनुसार अध्यक्ष पदमा आ–आफना पार्टीका चुनाव चिन्हमा लड्नेछन् । (नेकपा) एमाले धुर्कोट गाउँपालिकाले गरेको सहमति अनुसार सबै वडाहरुका पदमा भने सूर्य चिन्हका उम्मेदवारहरु रहने घिमिरेको भनाइ छ । पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस नेकपा माओवादीबीच तालमेल गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डारी र एकीकृत समाजवादीबाट कमला सुनारले तालमेलबाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धुर्कोट गाउँपालिकामा काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार अध्यक्ष पदमा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका शिव खत्री निर्वाचित हुनुभएको थियो ।
काठमाडौं, वैशाख १७ गते । मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुन्छ । आज मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे छ ।पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ । मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताउनुभयो । श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । नेपाली कामदार मेहनेती र इमान्दार हुने चर्चा गर्नुहुँदै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताउनुभएको थियो । नेपाली युवालाई सीपयुक्त बनाएर थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उहाँहरुबीच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उहाँहरुबीच छलफल भयो । नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवा छन् । पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो । भेटवार्तामा कार्यवाहक राजदूत मोतीबहादुर श्रीस पनि सहभागी हुनुहुन्थ्यो । यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गर्नुभएको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो । साथै, नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिट्टै काठमाडौंमा गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) भ्रमण गरेको थियो ।
भउचप्रसाद यादवकाठमाडौँ, वैशाख १७ गते । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्षमा बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ भने चौथो पटक म्याद थपको तयारी भइरहेको छ । तेस्रो पटकको म्याद गएको चैतमा सकिएको हो ।तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्वच्छन्द÷होम निर्माण (जेभी) सँग सम्झौता भएको थियो । १३ करोड छ लाख रुपियाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ ।बारपाक भूकम्प स्मृति स्तम्भ योजनाका प्रमुख सुरोज पौडेलले स्तम्भको अहिलेसम्मको भौतिक प्रगति ८५ र आर्थिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘स्तम्भको मुख्य संरचनाको काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसैगरी, सोही स्थानमा निर्माण भइरहेको क्यान्टिन, शौचालय, गार्ड हाउसलगायतको संरचनाको काम सम्पन्न भई अहिले रङ्गरोगनको काम भइरहेको छ ।’’त्यसैगरी, निर्माणाधीन मण्डलाभित्रको डेकोरेसन, ट्रसहरुमा रङरोगनको साथै स्तम्भ निर्माण क्षेत्रमा विद्युत् र पानी आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षभित्र सो स्मृतिमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको बताउनुभयो ।भूकम्पबाट मुख्य रुपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण हुन लागेको हो । खम्बामा मृतकहरूको नामसमेत समावेश गरिने छ । गृह मन्त्रालयबाट मृतकहरुको आधिकारिक नामको सूची माग गरिने प्रक्रिया अगाडि बढाइएको छ । सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफल जग्गामा स्तम्भ निर्माण भइरहेको छ ।भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडाएर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिने आयोजना प्रमुख पौडेलले जानकारी दिनुभयो । पृथ्वीको नक्सामा भूकम्प गएको मिति र समयसमेत अङ्कित गरिने छ । यस स्तम्भको डिजाइन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तयार पारेको हो ।
राजु लामिछानेरुकुम पश्चिम, वैशाख १७ गते । रुकुम पश्चिममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार स्थानीय तह निर्वाचनको लागि मनोनयन फिर्ता लिने क्रममा तीन जना महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीका निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।त्यसैगरी आठबिसकोट नगरपालिका वडा नम्वर २ को दलित महिला सदस्यमा जुन कुमारी बिक पनि निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसँगै आठबिसकोट नगरपालिका वडा नम्वर ८ का शशि पुन मगर पनि निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्य पदका लागि उहाँको मात्र उम्मेदवारी दाखिला भएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । एक जनाको मात्र मनोनयन पत्र पत्र दाखिला भएकोले उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो । तीनै जना महिला सदस्यहरु नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको हो ।स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह स्मृति १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जित्नुभएको छ । वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले शनिबार आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ पार्कीले निर्धारित दूरी ३१ मिनेट ११.४ सकेन्डमा पार गर्नुभयो
बाँकेका गार्मेन्ट व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग सं, बाँके गठन गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध स्रोत र साधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’काे सुरक्षा गोष्ठीमा उहाँले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो ।
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली काँग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
स्थानीय तहको निर्वाचनमा सुर्खेतका विभिन्न स्थानीय तहमा १० जना महिलाले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौवटा स्थानीय तहमध्ये छवटा पालिका प्रमुखमा विभिन्न राजनीतिक दलबाट १० जना महिलाले उम्मेदवारी दिनुभएको हो ।
काठमाडाैं, वैशाख १७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भएकाे बताउनुभएकाे छ ।तनहूँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरुको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र गठबन्धन्धन भएको बताउनुभएकाे हाे। उहाँले लोकतन्त्रिक संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरुका बीचमा गठबन्धन भएको दाबी गर्नुभयाे । उहाँले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयाे ।
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष मातीतीर्थ औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
नेपाल र जिम्बावे ए टोली बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको खेल बर्षाका कारण स्थगित भएको हो ।
युएईमा यही वैशाख १८ देखि जेठ १ गतेसम्म अयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री र सिता रानामगरलाई नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विदाई गरेको छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १७ गते । अनौपचारिक क्षेत्रका श्रमिक महिलाले समान कामका लागि समान ज्याला पाउनुपर्ने आवाज उठाउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा संयुक्त रुपमा आयोजित विचार गोष्ठीमा उहाँहरुले सो आवाज उठाउनुभएको हो । अनौपचारिक क्षेत्रमा कार्यरत् ८ जना महिला श्रमिकले सरकारी निकायका अधिकारी, श्रम संगठन तथा नीजि क्षेत्रका प्रतिनिधिसामु आफ्ना पीडा र संघर्षका कथा सुनाउनुभएको थियो । पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेका ती श्रमिक महिलाले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर तथा समाजदेखि सरकारी तथा अन्य कार्यालयमा महिला श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।गोदावरी नगरपालिकाकी गृहश्रमिक लक्ष्मी वली, दक्षिणकालीकी कृषि मजदूर शिला पुर्कुटी, शंकरापुर–८ की कृषि मजदूर शर्मिला तामाङ, शंखमूलकी घरेलु श्रमिक लक्ष्मी क्षेत्री, कीर्तिपुरकी गृहश्रमिक उषा महर्जन, वसन्तपुरकी घरेलु श्रमिक सरिता श्रेष्ठ, शंकरापुरकी कृषि श्रमिक डोल्मो नेसुर र बडिखेलकी गृहश्रमिक मनिता तामाङ पहरी लगायतका महिला श्रमिकहरुले आफ्ना संघर्षका कथा सुनाउनुभयो ।कृषि श्रमिक नेसुरले आफू पनि अब असमान ज्यालामा काम नगर्ने बाचा गर्दै अरु श्रमिक महिलालाई पनि समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गर्नुभयो । “समान ज्याला नपाए काममै नजाउँ, बरु आफ्नै घरको काम गरौं,” उहाँले भन्नुभयो । संविधान तथा कानुनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरेपनि व्यवहारमा विभेद कायम रहेको गुनासो महिलाहरुले गर्नुभयो । संघर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयकी लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाकी प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानुन र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैंगिक समानताका हक सुनिश्चित गरेको हुँदा ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्ति आफै अघि बढ्नुपर्ने बताउनुभयो ।सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत् श्रमिकका लागि पनि स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षा योजनाहरु लागु गर्न लागेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक श्रमिकहरुको पनि स्वास्थ्य उपचार गर्ने कार्यक्रम लागु गर्न लागिएको श्रमिकहरुबीच ज्ञवालीले जानकारी दिनुभयो ।त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा श्रमविज्ञ उमेश उपाध्यायले नेपालको श्रम क्षेत्रका लैंगिक असमानताको अवस्था र त्यसको निराकरणका लागि लिनुपर्ने पहलबारे प्रकाश पार्नुभयएको थियो । होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले संविधान, कानुन र सो अन्तर्गतका योजनाहरुले औपचारिक क्षेत्रलाई मात्र समेटेका कारण अनौपचारिक क्षेत्रमा कार्यरत् झण्डै ९२ प्रतिशत श्रमिकहरु श्रम कानून, नीति र सामाजिक सुरक्षा लगायतका योजनाबाट बन्चित हुनुपरेको बताउनुभयो । एनटीयूसीका उपमहासचिव राजेश पालिखे, एक्सन एडकी महिला अधिकार विशेषज्ञ निशा कार्की, राष्ट्रिय महिला अधिकार मञ्चकी कोषाध्यक्ष सरिता घिमिरे, जिफन्टमा आबद्ध गृहश्रमिक युनियनका अध्यक्ष चन्द्रसागर लामाले पनि श्रमिक महिलाको समान ज्याला र सम्मानको विषयमा चर्चा गर्नुभयो ।
दीपकप्रसाद गौतम वीरगञ्ज, वैशाख १७ गते । विद्युत सर्ट भएर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर हस्पिटलमा शुक्रबार राति ९ बजे आगलागी हुँदा करोडौंको क्षति भएको छ ।शुक्रबार राति ९ बजे हावाहुरीसँगै पानी परिरहेको बेला चट्याङ परिरहेको अवस्थामा चट्याङका कारण अस्पतालको डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको अस्पतालका सञ्चालक डा. अबुल हैयश अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसिन छ वटा, भेन्टिलेटर दुई वटा, कार्डियेक मोनिटर छ वटा र छ बेड वटा जलेर नष्ट भएको र आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । अस्पतालको तेस्राे तलामा रहेको डायलोसिस शाखामा विद्युत सर्ट भएर भएको आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रको मद्दतले सशस्त्र प्रहरी, नेपाल प्रहरी र अग्नि नियन्त्रकको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।