नेपालले हात्ती संरक्षणका क्षेत्रमा गरेका कामको अन्तर्राष्ट्रिय जगत्ले सराहना गरेको छ । एसियाली हात्ती पाइने १३ वटा मुलुकका प्रतिनिधिको तेस्रो बैठकमा नेपालले संरक्षणका लागि निर्माण गरेका नीति, अवलम्बन गरेका कार्यक्रम उदाहरणीय भएको बताएका छन् ।
सिन्धुली जिल्लामा स्थानीय तहका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सत्तरूढ गठबन्धनका दलमध्ये नेपाली काँग्रेस पाँचवटा र नेकपा (माओवादी केन्द्र)ले चारवटा स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका छन् । नेकपा एमाले सबै स्थानीय तहमा एक्लै चुनावी प्रतिस्पर्धामा
भारतको बथनाहाको परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् ।यो पुल कोलकाता बन्दरगाह र विराटनगर नाका जोड्ने मार्गमा पर्छ । ग
नेपाली सेनाले बस्तीमाथि रहेको ढुङ्गा हटाएपछि सिङ्गो बस्तीमा हुन सक्ने विपत् टरेको छ । नुवाकोटको दुप्चेश्वर–१ घ्याङफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुङ्गा हटाउन नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ सञ्चालन गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुुपर्ने बताउनुुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना सन्देश दिँदै उहाँले न्याय र समा
नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७५औँ वर्षमा प्रवेश गरेको छ । राणाकालमै स्थापना भएको यी दुवै मुलुकबीचको सम्बन्ध समयक्रमसँगै झाँंगिँदै गएको निर्विवाद तथ्य हो ।
मेमहिनाको पहिलो दिनलाई सबै मजदुर वर्गले लामो सङ्घर्ष र ठूलो बलिदानबाट आफ्नो अधिकार स्थापित गरेको एक ऐतिहासिक दिनका रूपमा स्मरण गर्छन् । अठारौँ शताब्दीको प्रारम्भसँगै अमेरिकाको विभिन्न भागमा उद्योगधन्दा खुलिरहेका थिए । अमेरिका एक औद्योगिक मुलुकका रूपमा अघि आइरहेको थियो । त्यहाँको कारखानामा काम गर्ने मजदुरको सङ्ख्यामा हरेक दिन वृद्धि भइरहेको थियो तर मजदुरले अनेक शोषण, अन्याय र अव्यवस्थालाई बेहोरिरहन परेको थियो ।
बेलायतमा दुईखाले विद्यालय छन् । एक खालेलाई ‘कम्प्रिहेन्सिभ’ र अर्को खालेलाई ‘ग्रामर’ स्कुल भनिन्छ । कम्प्रिहेन्सिभ विद्यालय सबै सरकारी तवरमा स्थापना गरिएका छन् भने ग्रामर स्कुल सरकारी र निजी दुवै प्रकारका छन् ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । यो दिवस विश्वभर मनाइन्छ । लामो समयदेखि श्रमिक दिवस मनाइँदै आए पनि विकासोन्मुख देशमा पनि पेसागत दुर्घटना र रोगको अनुपात बढ्दै गएको छ । विकासशील विश्वमा प्रत्येक वर्ष दुई लाखभन्दा बढीको मृत्यु कार्यस्थलमा हुने अनुमान गरिएको छ ।
चैत २८ गतेदेखि सुरु भएको कक्षा आठको अन्तिम परीक्षाभन्दा केही दिनअघि एकजना अभिभावकसँग भेट भयो । कक्षा आठमा पढ्ने आफ्नो छोराका बारेमा गुनासो गर्दै उनले भने, “उसलाई मागेजति सबै सुविधा दिएको छु ।
“गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद लम्सालले भन्नुभयो ।
नेकपा (एमाले)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ।
वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ।
निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौंको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झण्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।