• २० असोज २०८१, आइतबार

टेलिकमको ‘आईसीटी डे अफर’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे)को अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट तथा बोनस उपलब्ध गराउने भएको छ । यस अवसरमा टेलिकमले ९८ रुपियाँमा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

जीबी डेटा, ४९ रुपियाँमा २४ घण्टासम्म प्रयोग गर्न सकिने अनलिमिटेड डेटा र भ्वाइस सेवा उपलब्ध गराउने जनाएको छ । यसका साथै दुई सय रुपियाँदेखि ४९९ रुपियाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जीबी डेटा र पाँच सय रुपियाँभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जीबी डेटा प्याक उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ  .कम्पनीको यो अफर वैशाख १८ देखि २४ गतेसम्म मात्र उपलब्ध हुनेछ ।