मातातीर्थ औँसी हाम्रो ठूलो चाड हो । यो पर्व हरेक वर्ष वैशाख शुक्लपक्षको औँसी तिथिमा मनाइन्छ । यस वर्ष यो पर्व यही वैशाख १७ गते परेको छ । यस दिनलाई मातृ औँसी पनि भनिन्छ । व्यवहारमा भने आमाको मुख हेर्ने दिनको नामले यो पर्व बढी परिचित छ । यस दिन आफ्नो जन्म दिने आमालाई सम्मान गर्ने, माया–ममता दर्शाउने तथा स्मरण गर्ने गरिन्छ । यस पर्वमा आमालाई मीठो खाना र राम्रो नाना दिएर सम्मान गर्ने गरिन्छ । आमा नहुनेहरूले यस दिन काठमाडौँको मातातीर्थ कुण्ड वा नजिकको कुनै पनि कुुण्डमा गएर पिण्डपानी दान गरी आमालाई तृप्त पार्ने प्रयास गर्छन् । कुुण्ड वा तीर्थ जान नभ्याउनेहरू घरमै भए पनि गुरु–पुरोहितलाई बोलाएर गच्छेअनुसार अन्न, वस्त्र तथा फलफूल दान गरी आमाको सम्झना गर्ने गर्छन् । यसो गर्नाले वर्षभरि आमा खुसी भएर आशीर्वाद दिन्छिन् भन्ने हाम्रो धार्मिक विश्वास छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, वैशाख १८ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तीन राजनीतिक दललाई निर्वाचन आयोगले सचेत गराउँदै अव उपरान्त त्यसो नगर्न आदेश दिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानविन गर्दा आचारसंहिता विपरित काम भएको ठहर गरेको छ । गत शुक्रबारको निर्णयअनुसार आयोगले सो आदेश गर्ने निर्णय गरेको हो । आयोगको निर्णयमा भनिएको छ, “सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अव आइन्दा निर्वाचन आचारसंहिता विपरितका कामहरु नगर्न नगराउन निर्देशन दिई, सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने ।” त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । सो दलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचार प्रसार गरेको थियो । आदेशमा भनिएको छ, “जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु मनासिव विषय हो भन्न सकिदैन ।” त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्छ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासको रुपमा लिन सकिदैन आयोगले भनेको छ ।सो कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरित भएगरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको छ । सोहीअनुसार आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेकोभन्दै आयोगले सचेत गराएको छ । सो दलले गत चैत २७ गते मकवानपुरको हेटौडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको थियो । अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न नगराउन निर्देशन दिई सो दलले आचारसंहिता उल्लङ्घनको कार्य गरेकोले सचेत गराउने आयोगको निर्णय छ ।त्यस्तै, नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ । “कानूनी प्रावधान बमोजिम निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने निर्वाचन खर्चको अधिकतम हद तोक्ने व्यवस्था बमोजिम आयोगले २०७४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपियाँसम्म खर्च गर्न सक्नेगरी निर्वाचन खर्चको हद तोकेको” आयोगले जनाएको छ ।“नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित काँग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपियाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा कोइरालाले उक्त निर्वाचनमा आफूले ६ करोड खर्च गरेको बताउनुभएको थियो ।आचारसंहिताको मूल आधार माथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने आयोगले निर्णय गरेको छ ।यसैबीच गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति उहाँले दिनुभएको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएको आयोगले जनाएको छ । अव आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने र उक्त व्यहोराको जानकारी सम्बन्धित व्यक्तिलाई गराउने” आदेशमा भनिएको छ ।
‘म वसन्तको पालुवा ।’ नवसिर्जनाको मुना । सुरम्य रचनाको मुस्कान । यत्ति भनेपछि अरू परिभाषा गर्नु पर्दैन मेरो । म वनमा पलाउँछु । पहरामा लहराउँछु । कान्ला, पाखा, भीर, मैदान सबै मेरा आश्रय दिने मावली । समयको कुनै खण्ड प्रहर छैन मेरा लागि । रातमा रमाउँछु दिनमा पनि खेल्छु हावाका ससाना लहरसँग । साउती गर्छन् मन्द समीरका तरङ्गहरू । चिचिलैमा नचपाउनु खसी मामा वन बुट्यान चर्न आउँदा ! मने दाइ तिम्रो उफ्रिँदै हिँड्ने बथान देखेर मैले डराउनु हुन्न । पाखा, पखेरा, कान्ला, चउरको घाँँस चर । हरिया पात खाऊ तर मतिर लोभी आँखा नलगाऊ । कति बेर उफ्रिँदै पात्तिँदै चारैखुट्टा फालेर हिँडेका हुन्छौ, कसैको आज्ञा आदेश गाली सुन्दैनौ ! आफैँ हुत हुत गर्दै छचण्डाएर हिँडेको बेला मने दाइ तिमी हिंस्रक पनि बन्न सक्छौ ! त्यतिबेर तिमी मेरो मुन्टै निमोठेर नचपाऊ है ! तिम्रो पेट भर्ने अरू पनि साधन छन् । मेरो बाँच्ने आधार खै ?
नयाँ वातावरण र परिवेशमा समायोजन हुन हरेक प्राणीले केही न केही कुरा सिकिरहेको हुन्छ । सिकाइलाई जीवनभर चलिरहने प्रक्रियाका रूपमा समेत अथ्र्याइने गर्दछ । जीवनलाई समृद्ध, सुखी र सफल बनाउनका लागि समयानुकूल सीपहरू सबैलाई नै आवश्यक पर्दछन् । आधुनिकीकरणसँगै सिर्जना भएका सामाजिक, आर्थिक र प्रविधिजन्य जटिलता र समस्याबाट पार पाउन मानिसले अनेकौँ प्रयास गरेको छ । जीवनलाई सहज बनाउने सीप अनौपचारिक र औपचारिक दुवै माध्यमबाट आर्जन गर्ने गरिन्छ । अनौपचारिक सिकाइबाट व्यक्तिले जीवनोपयोगी सीपका साथै मानवीय मूल्य, मान्यता र अन्तर्वैयक्तिक सीप सिक्ने गर्दछ । विद्यालय र विश्वविद्यालयमा आर्जन गरिने औपचारिक सिकाइले भने जीवनमा अँगालिने पेसा र व्यवसायमा दक्षता हासिल गर्न महìवपूर्ण सहयोग पु¥याउँछन् ।
आहा ! वसन्त ऋतु । चैत र वैशाखलाई वसन्त ऋतु भनिन्छ । चिसो मौसमबाट अब गर्मीको समयतिर लाग्दैछौँ । बगैँचामा आँप फुल्यो । एभोकाडो फुल्यो । बगैँचातिर धेरैथरिका फूल फुलिरहेका छन् । रुख बिरुवामा पुराना पात झर्न थाले । नयाँ पालुवा चढ्न थाल्यो । रुख बिरुवाका हाँगामा नयाँ नयाँ पात लाग्न थाल्यो । यही समय नेपालमा नयाँ वर्ष वैशाख १ मनाइन्छ । अँ ! नेपालको महाभारत लेक र उच्च पहाडतिर यही बेला गुराँस पूmल देख्न पाइन्छ । तपाईंहरूमध्ये धेरैले गुराँस फूल देख्नुभएको पनि होला । विश्वमा पत्ता लागेका एक हजार १५७ प्रजातिका गुराँसमध्ये नेपालमा ३३ प्रकारका गुराँस पाइन्छन् । रातो, सेतो, गुलाबी, पहँेलो, नीलो, सुन्तलालगायत रङका गुराँस नेपालमा पाइन्छ । समुद्र सतहबाट एक हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा गुराँस पाइन्छ । गुराँस नेपालको राष्ट्रिय फूल हो । विक्रम संवत् २०१९ पुस १ गते नेपालको राष्ट्रिय फूल गुराँस घोषणा गरिएको हो ।
भाइबहिनीहरू, तपाईंहरूको आफ्नै प्यारो ‘मुना’ पत्रिका ३२ वर्षको भयो । मुनाको जन्मोत्सवको अवसरमा हामीले गण्डकी प्रदेशलगायत पोखराका विभिन्न विद्यालयमा अध्ययन गर्ने भाइबहिनीहरूसँग मुनाका विषयमा कुराकानी गरेका थियौँ । भाइबहिनीहरूले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग र मुना पत्रिकाका टिमसँग विभिन्न विषयमा सोधपुछ गरेका थिए । पोखराको फिस्टेल एकेडेमीकी कक्षा ११ मा पढ्ने प्राप्ति लस्सालले मुना पत्रिका दुर्गम ठाउँका भाइबहिनीसम्म पु¥याउन के कस्तो प्रयास गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभएको थियो । उहाँले पहिले त्यति नपढे पनि अबदेखि मुना पढ्ने प्रतिबद्धता जनाउनुभयो । प्राप्तिले मुनामा समावेश सामग्री हामीजस्तै भाइबहिनीहरूका लागि निकै फलदायी भएकोले यस्तो पत्रिका सबै ठाउँमा पु¥याउन आग्रहसमेत गर्नुभयो ।
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीच टी-२० सिरिजको पहिलो खेल आज हुँदैछ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ः०० बजे सुरु हुनेछ ।
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको सिटीले लिड्स युनाइटेडमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्सलाई उसैको मैदानमा ४–० गोलले हरायो ।
तम्घास, वैशाख १८ गते । ३५ वर्षीया अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ बर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । शारीरिक रुपमा अशक्त महिलालाई मुसिकोट नगरपालिका वडा नम्बर २ का ५८ वर्षीय झुपे सार्कीले जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिवार पक्राउ गरेको जनाएको छ । सार्कीले वैशाख १५ गते दिउँसो जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।सार्कीलाई जिल्ला अदालत गुल्मीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको खरेलले जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका–१२, रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब चार सय घरमा विद्युत् आपूर्ति रोकिएको हो । त्यहाँ करिब एक दर्जन घर तथा गोठको छानो उडाएको छ । शुक्रबार साँझदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा प्रमुख चार दलका उम्मेदवार चुनावी घरदैलो अभियानमा छन् ।नगरप्रमुख र उपप्रमुखसहित वडाध्यक्षसम्मले आफ्नो पार्टी र आफूलाई मतदानका लागि आग्रह
स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पान्योललाई ४–० गोलले हराउँदै रियल चार खेल अगावै च्याम्पियन बनेको हो ।
प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका २१ वटा उडान रद्द भएका छन् । आन्तरिक उडानतर्फ शनिबार १६१ उडान तोकिएकामा बिहानैदेखि ‘भिजिबिलिटी’ कम भएपछि उडान रद्द भएका हुन् । आठवटा उडानलाई अन्यत्रै डाइभर्ट गरिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका तर्फबाट चिरिबाबु महर्जन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट हरिकृष्ण ब्यञ्जनकार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारले ‘द अर्डर अफ द राइजिङ सन’ सम्मान प्रदान गर्ने भएको छ । नेपालस्थित जापानी दूतावासले शनिबार दिएको जानकारीअनुसार सन् २०२२ को स्प्रिङ इम्पेरियल डेकोरेसनअन्तर्गत माथेमालाई उक्त सम्मान प्रदान गर्न लागिएको हो । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउन भूमिका निर्वाह गरेबापत माथेमालाई पुरस्कार प्रदान गर्न लागिएको दूतावासले जनाएको छ ।