अमृतप्रसाद पौडेलबेनी, बैशाख १८ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सय जनाभन्दा बढी नागरिकले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा १ हजार ५ सय ५ जनाले मुटुको परीक्षण तथा औषधि उपचारको सेवा लिएका हुन् ।सेभ द हार्ट काठमाडौंंको आयोजना एवम् म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र ईशा फाउण्डेशनको सहआयोजना तथा मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंं, बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा म्याग्दी जेसीज, बरंजा छात्रवृत्ति अक्षयकोष, लायन्स क्लब अफ बेनी पिस सिटी, धौलागिरि कालिका हाईड्रो, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बहराईन र हङकङले सहयोग गरेका थिए ।दुई दिनसम्म चलेको उक्त शिविरमा परीक्षण गरिएकामध्ये ४९ जनामा मुटुरोगको समस्या पहिचान भएकोमा ४१ जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको सेभ द हार्ट काठमाडौंका अध्यक्ष एवम् एशोसियट प्रोफेसर वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । शिविरमा ८ सय ६३ जनाको मुटुको इसिजी, २१ जनाको मुटुरोग पहिचान र १३ जनामा हार्टअट्याक पत्ता लागेकोमा १६ जना अप्रेसन गरेका बिरामीको फ्लोअप उपचार गरिएको जानकारी दिनुभयो ।शिविरमा मुटुमा समस्या देखिएका बिरामीलाई काठमाडौंमा उपचार गर्न बोलाइएको आयोजकको भनाइ छ । साथै उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको डाक्टर भट्टराईले बताउनुभयो । शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामीहरु आएका थिए । शिविरमा चेकजाँचको क्रममा मुटुको केही न केही समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको डा. भट्टराईले बताउनुभयो । उपचारमा खट्ने चिकित्सकसहित स्वास्थ्यकर्मी टोलीलाई कदरपत्र, सहयोगीदातालाई सम्मान र स्वयंसेवकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । चिकित्सक, सहयोगी र स्वयंसेवकलाई सम्मान गर्दै ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यले भविष्यमा जिल्लाका सर्वसाधारण नागरिकलाई लक्षित गरेर विभिन्न किसिमका स्वास्थ्य शिविरहरु निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।शिविरमा निःशुल्क रुपमा मुटुको परीक्षण, इको कार्डियोग्राफी, इसिजी र औषधी वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्टाफनर्स, स्वास्थ्यकर्मीसहित ४० जनाको टोलीले बिरामीको उपचार गरेको थियो । सेभ द हार्टको आयोजनामा हालसम्म नेपालको २३ वटा जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिएको बताइएको छ ।
पर्साको परवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले ५३ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तह निर्वाचनमा एमालेको ‘सूर्य’ र आफ्नो पार्टीको ‘तीर’ चुनाव चिह्नमा मतदान गर्ने भएको छ ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट पाँच सय ६० जनाको सहभागिता रहने कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
जिम्बावे ‘ए’ विरुद्ध टी–२० सिरजिको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा अहिले टस जितेर जिम्बावेले फिल्डिङ रोजेपनि नेपालले ब्याटिङ गर्न लागेको हो ।
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ ।
गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा वडा कार्यालयदेखि पालिकाको केन्द्रसम्म सडकको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सबै गाउँ र नगरपालिकाको केन्द्रमा पक्की सडक निर्माण गर्ने तथा वडा कार्यालयदेखि पालिकासम्म आवतजावत गर्न सहज रूपमा सडक पु¥याउने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै करको दर कम गरी दायरा वृद्धि गर्ने र कम्तीमा पालिकाको एउटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने तथा पालिकास्तरमै सीप प्रवद्र्धन गरी आयआर्जन गर्ने प्रमुख दलका घोषणापत्रमा उल्लेख गरिएको छ ।
कारोना महामारी नियन्त्रण हुँदै गएपछि उद्योग स्थापनाका लागि वैदेशिक लगानी आउने क्रम बढेको छ । चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)मा वैदेशिक लगानीका १५९ परियोजनालाई स्वीकृत गरिएको छ । यसका लागि ३३ अर्ब ४२ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता रकम अघिल्लो आर्थिक वर्षको पूरै अवधिको भन्दा बढी हो । आव २०७७/७८ मा ३२ अर्ब रुपियाँको लगानी प्रतिबद्धता
आज मे १ तारिख, १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा मनाउँदै आएका छन् ।
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १८ गते । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको मासिक अविरल जनसाहित्य यात्रा’ को ६७ औँ शृङ्खलामा साहित्यकार प्रा डा जीवेन्द्रदेव गिरिका एक दर्जन कविताको प्रस्तुति भएको छ । स्रष्टाहरुलाई मञ्च प्रदान गरी समालोचकीय पृष्ठपोषण प्रदान गर्ने ध्येयले सञ्चालित सो शुङ्खला कोभिड—१९ का कारण केही वर्ष भर्चुअल रुपमा सम्पन्न भएका थिए ।गत महिनादेखि भौतिक उपस्थितिमा पुनः सञ्चालनमा ल्याएको छ । नेपाली भाषा, साहित्य, लोकसाहित्य, बाल साहित्य र संस्कृतिका विषयमा अध्ययन, अनुसन्धान तथा दर्जनौ कृति प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं प्रगतिशील लेखक सङ्घका निवर्तमान अध्यक्ष डा गिरीको गत वर्ष ‘झुल्के घाम’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । उहाँका गीत, बाल कविता र फुटकर कविता पनि प्रकाशित छन् । वि.सं.२००९ असार ८ गते सुर्खेतको सिम्तामा जन्मनुभएका डा गिरिले ‘सिम्ताली भाषाको भाषा वैज्ञानिक अध्ययन’ विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सिङ्गो जीवन प्राध्यापनमा, लोकसाहित्यको अनुसन्धानमा, नेपाली समालोचनाका क्षेत्रमा समर्पित गर्नुभएको छ ।डा गिरिले ‘किसानको गीत’, ‘बज्यै’ (शिखरिणी छन्दको), ‘श्रद्धाञ्जली त्यो विलुप्त बालकप्रति’ र ‘जबज प्यारो’ शीर्षकका कविता वाचन गर्नुभयो । सहयोगी कविहरू नर्मदेश्वरी सत्यालले ‘राम विनय दाइ’ शीर्षकको र ‘बाबा विदेश जानुभो’ शीर्षकको बाल कविता वाचन गर्नुभयो । कवि सुशीला प्रधानाङ्गले ‘झिलिमिली बिजुली’ र ज्ञानु विद्रोहीले ‘सुन्दर’ शीर्षकको शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो । देबु लुइटेलले ‘समर्पण’ शीर्षकको अनुष्टुप छन्दको कविता वाचन गर्नुभयो भने जीतेन्द्र चौधरी र रूपक चौधरीले ‘हा हा कहो न’ शीर्षकको थारु भषामा अनुवाद गरिएको गीत गाउनुभयो ।कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय संस्कृति विभाग प्रमुख रघुजी पन्तले डा गिरिमा मातृभाषा र मातृस्थलका विषयलाई अनुसन्धान र कृतिमार्फत बाहिर ल्याउन योगदान दिनुका साथै रुप र विचारका उहाँका कृतिहरु पठनीय भएको बताउनुभयो । नेता पनतले भन्नुभयो, “कवितामा विचार, भाव, रूप पक्षको सन्तुलन भयो भने कविता उत्कृष्ट हुन्छ । बालक निर्दाेष भएजस्तै बालसाहित्य पनि निर्दाेष हुनुपर्छ । वाचित भएका कविता तथा गाइएका गीतमा बालकविता बढी सुन्दर लागे ।” राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्यको निरन्तरताका लागि खुशी व्यक्त गर्दै डा गिरिको प्रेरणालाई शक्तिमा रुपान्तरण गरी महासङ्घका सात वटै घटकलाई आफ्नो उद्देश्यमा सक्रिय तुल्याउन भूमिका निर्वाह गर्ने बताउनुभयो । समालोचक प्रा डा कृष्णप्रसाद घिमिरेले गिरीका कविता सुनिसकेपछि तत्काल स्रोतालाई प्रभाव पार्ने गुण उहाँका कवितामा पाइने बताउनुभयो । सङ्घका अध्यक्ष राम विनयले अविरल जनसाहित्य यात्रालाई प्रदेशगत रुपमा पनि सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाउनुभयो । सङ्घका महासचिव प्रकाश सिलवालले डा गिरिको साहित्यिक र सङ्गठनिक योगदानबारे चर्चा गर्दै नयाँ पुस्ताका लागि उहाँको जीवन प्रेरणादायी हुने बताउनुभयो ।
आख्यानकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’ यति बेला कौसी थियटरमा मञ्चन भइरहेको छ ।