गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
नेपाल जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा पाहुना टोली जिम्बावेसँग ६ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई पत्र लेख्दै बन्द प्रशिक्षण छाडेका खेलाडीलाई कारबाही नगर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् ।
अमृतप्रसाद पौडेलबेनी, बैशाख १८ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित निःशुल्क मटुरोग परीक्षणसम्बन्धी शिविरबाट कुल १५ सय जनाभन्दा बढी नागरिकले सुविधा लिएका छन् । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको शिविरमा १ हजार ५ सय ५ जनाले मुटुको परीक्षण तथा औषधि उपचारको सेवा लिएका हुन् ।सेभ द हार्ट काठमाडौंंको आयोजना एवम् म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतार र ईशा फाउण्डेशनको सहआयोजना तथा मनमोहन कार्डियोथेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौंं, बेनी अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा म्याग्दी जेसीज, बरंजा छात्रवृत्ति अक्षयकोष, लायन्स क्लब अफ बेनी पिस सिटी, धौलागिरि कालिका हाईड्रो, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना बहराईन र हङकङले सहयोग गरेका थिए ।दुई दिनसम्म चलेको उक्त शिविरमा परीक्षण गरिएकामध्ये ४९ जनामा मुटुरोगको समस्या पहिचान भएकोमा ४१ जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको सेभ द हार्ट काठमाडौंका अध्यक्ष एवम् एशोसियट प्रोफेसर वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो । शिविरमा ८ सय ६३ जनाको मुटुको इसिजी, २१ जनाको मुटुरोग पहिचान र १३ जनामा हार्टअट्याक पत्ता लागेकोमा १६ जना अप्रेसन गरेका बिरामीको फ्लोअप उपचार गरिएको जानकारी दिनुभयो ।शिविरमा मुटुमा समस्या देखिएका बिरामीलाई काठमाडौंमा उपचार गर्न बोलाइएको आयोजकको भनाइ छ । साथै उच्च रक्तचापका बिरामी पनि म्याग्दीमा उल्लेख्य भेटिएको डाक्टर भट्टराईले बताउनुभयो । शिविरमा म्याग्दीसहित छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङबाट सेवा लिन बिरामीहरु आएका थिए । शिविरमा चेकजाँचको क्रममा मुटुको केही न केही समस्या देखिएकाले आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्ने अवस्था रहेको डा. भट्टराईले बताउनुभयो । उपचारमा खट्ने चिकित्सकसहित स्वास्थ्यकर्मी टोलीलाई कदरपत्र, सहयोगीदातालाई सम्मान र स्वयंसेवकलाई प्रशंसापत्र प्रदान गरिएको थियो । चिकित्सक, सहयोगी र स्वयंसेवकलाई सम्मान गर्दै ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यले भविष्यमा जिल्लाका सर्वसाधारण नागरिकलाई लक्षित गरेर विभिन्न किसिमका स्वास्थ्य शिविरहरु निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।शिविरमा निःशुल्क रुपमा मुटुको परीक्षण, इको कार्डियोग्राफी, इसिजी र औषधी वितरण गरिनुका साथै परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टर, चिकित्सक, स्टाफनर्स, स्वास्थ्यकर्मीसहित ४० जनाको टोलीले बिरामीको उपचार गरेको थियो । सेभ द हार्टको आयोजनामा हालसम्म नेपालको २३ वटा जिल्लामा निःशुल्क मुटुरोगको शिविर आयोजना गरिएको बताइएको छ ।
पर्साको परवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले ५३ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले स्थानीय तह निर्वाचनमा एमालेको ‘सूर्य’ र आफ्नो पार्टीको ‘तीर’ चुनाव चिह्नमा मतदान गर्ने भएको छ ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट पाँच सय ६० जनाको सहभागिता रहने कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
जिम्बावे ‘ए’ विरुद्ध टी–२० सिरजिको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा अहिले टस जितेर जिम्बावेले फिल्डिङ रोजेपनि नेपालले ब्याटिङ गर्न लागेको हो ।
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ ।
गुल्मीका १५ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।