• १ जेठ २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

डिलबहादुर सिंह
डोटी, वैशाख १८ गते ।
डोटीको शिखर नगरपालिका–१ गरेपानी नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । साथै एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से१त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–१ बस्ने ३४ वर्षीया प्रेमकुमार कठरियाको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, गम्भीर घाइते हुनेमा डोटीकै शिखर नगरपालिका–२ की २२ वर्षीया कलावती बोगटी छन् । बोगटीको डोटीको राजपुरस्थित सुजड्ढ अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि डोटी जिल्ला अस्पताल ल्याइएको छ । शिखर नगरपालिका –१ कालागाडदेखि दिपायल आउने क्रममा ट्याक्टर दुर्घटना भएको बताइएको छ ।