• ५ वैशाख २०८१, बुधबार

५३ किलो लागूऔषधसहित दुईजना पक्राउ

blog

साङ्केतिक तस्बिर

दीपकप्रसाद गौतम
वीरगञ्ज,  वैशाख १८ गते ।
पर्साको परवानीपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले ५३ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार राति वीरगञ्ज महानगरपालिका–३० लालपर्सातर्फ गई रहेको ना३ख ६३८४ नम्बरको मिनि ट्रकमा छ वटा पोकामा रहेको ५३ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ निवासी ४५ वर्षीय पूर्णबहादुर मोक्तान र ट्रकका सहचालक मकवानपुरकै गढी गाउँपालिका–४ निवासी २६ वर्षीय राज भुलन  छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले लालपर्सातर्फ गइरहेको उक्त मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध गाँजा बरामद भएको थियो । 

प्रवक्ता खनालले पक्राउ परेका दुबै उपर लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।