• १३ वैशाख २०८१, बिहिबार

जिम्बावेसँग नेपाल ६ विकेटले पराजित

blog

नेपाल र जिम्बावे प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख १८ गते । नेपाल जिम्बावे ‘ए’ विरुद्धको पहिलो टी–२० क्रिकेट खेलमा पाहुना टोली जिम्बावेसँग ६ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ८५ रन बनाएको थियो । 

जिम्बावेका लागि टाडी वानासा मारुमानीले सर्वाधिक ५६ रन बनाउनुभयो । कप्तान टोली मुनयोङ्गाले ५० रन र ओपनर इन्सेन्ट कैयाले ४७ रन बनाउनुभयो । बलिङमा नेपालका बसिर अहमदले दुई तथा करण केसी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट झार्नुभयो । 

यसअघि टर हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित सर्वाधिक ४७ रन बनाउनुभयो । कुशल भुर्तेलले ४६, रोहित पौडेलले ३९ र दिपेन्द्रसिंह ऐरीले २८ रन बनाउनुभयो । आरिफ शेख दुई रनमा आउट हुनुभयो । करण केसी चार रनमा अविजित रहनुभयो । 

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, ब्राण्डन माभुता र जोन मासराले एक एक विकेट लिनुभयो । नेपालले जिम्बोवेसँग अब सोमबार र बुधबार टी–२० सिरिज तथा २३, २४ र २६ गते एकदिवसीय सिरिज खेल्नेछ ।

जिम्बावेविरुद्ध नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख,आदील अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी र अविनाश बोहरा ।