• ९ वैशाख २०८२, मङ्गलबार

मन्त्रिपरिषद्को बैठक बस्दै

blog

काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुले आ–आफ्नो विषय प्रस्तुत गर्नुहुँदै जानकारी दिनुभयो । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनका दलहरुबीच साझा उम्मेदवार जिताउने लगायत चुनावी रणनीतिका विषयमा निरन्तर छलफल हुँदै आएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारी आजदेखि अवकाश पाउने भएकाले नयाँ प्रहरी महानिरीक्षककाे नियुक्ति हुने सम्भावना छ ।