• २० असोज २०८१, आइतबार

आन्तरिकतर्फका २१ उडान रद्द

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १८ गते । प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका २१ वटा उडान रद्द भएका छन् । आन्तरिक उडानतर्फ शनिबार १६१ उडान तोकिएकामा बिहानैदेखि ‘भिजिबिलिटी’ कम भएपछि उडान रद्द भएका हुन् । आठवटा उडानलाई अन्यत्रै डाइभर्ट गरिएको छ । उडान रद्द हुनेमा नेपाल एयरलाइन्सका दुई, ताराका छ, बुद्वका आठ, श्री एयरलाइन्सका एक, समिटका दुई र सीता एयरका दुईवटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

मौसमका कारण काठमाडौँसहित भरतपुर, फाप्लु, जनकपुर, तुम्लिङटार, नेपालगञ्ज र लुक्लामा हुने उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । मौसम सुधार भएपछि दिउँसोदेखि उडान तथा अवतरण सुरु भएको उहाँले जानकारी दिनुभयो ।