स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो । गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार
कोभिड–१९ महामारीले उद्योग व्यापार लगायतका आर्थिक तथा सामाजिक गतिविधिलाई नकारात्मक असर गरे पनि बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारलाई विस्तार गर्न सहयोग गरेको छ ।
शिवराज ढुंगाना अछाम, वैशाख १७ गते । मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ । खाना खाएर शुक्रबार बेलुकf परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले पुष्टि गरेको छ । शुक्रबार राति करिब १२ बजेतिर घरमा चट्याङ पर्दा सोही घरका ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन् ।रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजान तयार रहेको वडा अध्यक्ष गोविन्द रावलले जानकारी दिनुभयो ! `तीन जना बेहोस् छन्, उपचारका लागि लिन हामीले गाडी मगाएका छौँ ।´ वडा अध्यक्ष रावलले भन्नुभयो ।
नेपाल–भारत साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवले नेपाल–भारत साहित्य र पर्यटन प्रवद्र्धन लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।
शुक्रबार राति चिचिला गाउँपालिकाको विभिन्न स्थानमा परेको असिनाले घरको छानोमा क्षति पुर्याएको छ । साे असिनाका कारण बालीनाली नष्ट हुनुकाे साथै चौपाया समेत मारिएका छन्।
नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अध्ययन तथा अध्यापनको वातावरण निर्माण गर्न सकिए सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुँदैन भन्ने उदाहरण विराटनगरको पोखरीया माध्यमिक विद्यालय बनेको छ ।
सामाजिक सञ्जालका कारण निर्वाचनको प्रचार शैली फेरिएको छ । अघिल्लो निर्वाचनसम्म झन्डा, फ्लेक्स प्रिन्ट, पोस्टर, भित्ते लेखन आदि प्रचार सामग्रीको बजार राम्रै थियो । निर्वाचनका बेला प्रचार सामग्री तयार गरिदिने व्यवसायीलाई भ्याइनभ्याई हुन्थ्यो ।
स्वदेशमा रोजगारी केही छैन भनेर विदेश जान मरिहत्ते गर्नेका लागि ज्ञानबहादुर बिसुराल गतिलो उदाहरण हुनुहुन्छ । करिब १३ वर्षको रोजगारीपछि व्यवसायमा आउनुभएका बिसुराल चितवनको कुखुरापालन (पोल्ट्री) क्षेत्रको एउटा परिचित नाम हो । विद्यालय तहमा पढ्दादेखि नै अरूको कुखुराको चल्ला उत्पादन फार्ममा काम गरेर सिकेको सीपबाट बिसुराल यो स्थानमा पुग्नु भएको हो । बिसुराल यो स्थानमा सजिलै कहाँ पुग्नुभएको हो र ! निरन्तरता र धर्यताले मात्र उहाँ यस क्षेत्रको अब्बल उद्यमी बन्न सफल हुनुभएको हो । पुख्र्यौली पेसा कृषि भए पनि युवा उमेरदेखि नै बिसुराल उद्योगतर्फ आकर्षित हुनुभयो । विशेषगरी १३ वर्षको जागिरे जीवनको अनुभव पनि उद्योगका लागि सहयोगी भएको महसुस उहाँले गर्नुभएको छ । चितवनमा रहेको शिखर पोल्ट्री विल्डिङ प्रालि नामको कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग मात्र होइन, उहाँको कुखुराको दाना उद्योग पनि छ । उहाँले भन्नुभयो, ‘‘जागिर खाँदा मेरा लागि मात्रै हुन्थ्यो, व्यवसायले धेरैका लागि रोजगारी दिएको छ ।’’
नारायण तिवारी म छु र चन्द्र सूर्य छन्म छु र खोलानाला छन्म छु र यो ब्रह्माण्ड छम छु र यो धर्ती छम छु र आकाश छ, आकाशको सुन्दरता छम छु र यो जीवन छ, जीवनको यात्रा छम छु र यो अनुपम सृष्टि छम छु र नदी छ, पहाड छ, हिमाल छम छु र अग्नि छ, जल छ, सारा चराचर छम छु र सपना छ, उज्यालो भविष्य छम छु र प्रकृति छ, रमणीय ताल छम छु र सारा संसार छ म नारायण तर, ईश्वर होइन मान्छे, फगत मान्छेम छु र ईश्वर पनि छम विना यो सारा संसार के, संसारको सुन्दरता के ?म विना यो संसारको सार्थकता के ?म विना संसारको सार के, ईश्वर के......?
निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गणना स्थलमा अनिवार्य रूपमा सीसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सीसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।
शिव पलाँस मृत्युको विवेक हुँदैन मृत्युले उमेर गन्दैन ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन । चुँडेर लान्छ फूल कैले कोपिला चुँड्छ कैले त मृत्युकै मृत्यु भई जाओस् श्राप दिन्छु मैले त आँखाको आँसु देख्दैन दिलको बिन्ती सुन्दैन ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन । हुँदैन दौडेर, भागेर बाँचिन्न लुकेर, छिपेर कुन बेला कसलाई लाने हो के थाहा टप्प टिपेर जान्दैन कहिल्यै मृत्युले जीवनको मूल्य जान्दैन ठूलो र सानो चिन्दैन असल र खराब भन्दैन ।
ग्यासको कृत्रिम अभाव गर्ने व्यापारीविरुद्ध कारबाही हुन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता ग्यास लुकाएको गुनासोका आधारमा अनुगमन गरेर ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही गरेको हो । कारबाही गरिएकामध्ये आठवटा पसललाई आर्थिक जरिवाना गरिएको अरू ग्यास पसल सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अनुदार ब्यवहार गरेको भन्दै टोलीका सिनियर खेलाडी रोहित चन्द सहित नौ खेलाडीले विद्रोह गर्दै बन्द प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षक अल्मुताइरीले प्रशिक्षणमा १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिनुभएको छ ।
लुमडी आचार्य उकाली, ओराली भञ्ज्याङ चौतारीवर–पीपल देखिने मुख्य हुन् ठाउँ यीकिरातकालमै प्रारम्भ भएको ऐतिहासिक सम्पदा चौतारी पनि हो । रुखहरूमध्येको निक्कै नै पवित्रनाम हो यसको वृक्षराज पीपल प्राकृतिक र धार्मिक सम्पदामध्येको अक्सिजन धेरै नै पाइने स्रोत यो ।रितो वा भरिया पैदल यात्रीको सुस्ताउने ठाउँ चौतारी पनि हो हुन्छ पूजा पीपलको सोम र शनिबारअरू दिनमा गरिन्छ नछोइ नमस्कार ।भैहाल्छ आयु सबै वृक्षहरूको पीपलको चाहिँ त विशासय होभएपछि पूरा समय सीमा यो झल्कने दृश्य देवी, गणेश शिवको ।यताउति हिँड्दा देखिनेमध्येको दाँयापारि हिँड्ने चौतारी पनि हो वृक्षराज पीपल देखिन्छ ढलेको बाटो विकास खातिर परिणाम होला यो ।