• ९ जेठ २०८१, बुधबार

नेपाल–भारत साहित्य महोत्सव सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १७ गते  । नेपाल–भारत साहित्य महोत्सव शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त महोत्सवले नेपाल–भारत साहित्य र पर्यटन प्रवद्र्धन लक्ष्यसहित महोत्सव आयोजना गरिएको महोत्सवका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो  । 

महोत्सवले नेपाल–भारतको साहित्यिक र साहित्यकारको सम्बन्ध सुमधुर रहने आयोजकको विश्वास छ । महोत्सवको पहिलो दिन सर्जकहरूलाई सम्मान गरिएको छ । भानु तुलसीदास सम्मानबाट नेपाल र भारतका साहित्यकार बैरागी काइँला, वासुदेव त्रिपाठी, घनश्याम कर्णिकार, डा.मोदनाथ प्रश्रित, डा.रामदयाल राकेश, डा. गोविन्दराज भट्टराई, पद्मावती सिंह, माया ठकुरी, हिरण्यकुमारी पाठक, उषा ठाकुर डा. बेन्जु शर्मा र उन्नति बोहोरा शिलालगायतलाई सम्मान गरिएको हो ।

महोत्सवमा नेपाल तथा भारतका कविले कविता वाचन गरेका छन् । महोत्सवमा स्मारिका विमोचन गरिएको छ । स्मारिका प्रकाशनमा योगदान गरेका सम्पादन मण्डलका अस्मिता सुमार्गी, प्रमोद प्रधान, मुरारी सिग्देल, पुनम झा र कञ्चना झालाई पनि सम्मान गरिएको छ ।