• ६ वैशाख २०८३, आइतबार

कवि गौरी तमूका ‘सैँप्रोल’माथि चर्चा

blog

बसन्त पराजुली
नारायणगढ, वैशाख ६ गते ।
मातृभाषी कवि गौरी तमूको कविता संग्रह ‘सैँप्रोल’माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा समीक्षकद्वय उदय अधिकारी र उपप्राध्यापक रमेश प्रभातले ‘सैँप्रोल’माथि चर्चा गर्नुभएको थियो ।

वक्ताहरूले गुरुङ संस्कृति र महिलाका मुद्दालाई कविता मार्फत सशक्त रूपमा उठाइएको उल्लेख गरे । कवि तमू गुरुङ भाषामा कविता लेख्ने स्रष्टा हुनुहुन्छ ।

कार्यक्रममा कवि तमूले आफ्ना कविताहरू वाचन गर्नुभयो । उहाँले ‘समैँ दर्वानी’ र ‘सैँप्रोल’ संग्रहबाट रचना वाचन गर्नुभएको थियो, जसमा गुरुङ भाषाका सिर्जनासमेत समावेश थिए ।