• ८ वैशाख २०८१, शनिबार

चट्याङले एकको मृत्यु, चार घाइते

blog


शिवराज ढुंगाना 

अछाम, वैशाख १७ गते । मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ । खाना खाएर शुक्रबार बेलुकf परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले पुष्टि गरेको छ । 

शुक्रबार राति करिब १२ बजेतिर घरमा चट्याङ पर्दा सोही घरका ६० वर्षीय रने कामी, ५५ वर्षीया मीना कामी, ५० वर्षीया जयसरा कामी, ७० वर्षीय बृकेश रावल घाइते भएका छन् ।

रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजान तयार रहेको वडा अध्यक्ष गोविन्द रावलले जानकारी दिनुभयो ! `तीन जना बेहोस् छन्, उपचारका लागि लिन हामीले गाडी मगाएका छौँ ।´ वडा अध्यक्ष रावलले भन्नुभयो ।