मध्याह्नको समयमा पनि विराटनगर विमानस्थल टेक्दा पटक्कै गर्मीको अनुभव भएन । चार घण्टासम्म विमान उड्ने आशमा बसेका हामीहरू काठमाडौँको टर्मिनल कक्षमा गुम्सेर बस्दाको न्यानोपनमै गर्मी बिर्साउने हविगतमा पुगिसकेका थियौँ । त्यसमा पनि साहित्यकार गोकुल अधिकारीको हात हल्लाई र विवश पोखरलेको मुस्कानसहितको स्वागतले हामीले विराटनगरको गर्मी बिर्सिसकेका थियौँ । गुराँसको राजधानी तेह्रथुम र औद्योगिक नगरी विराटनगरमा कविता सुन्ने र सुनाउने कार्यक्रममा जाने उत्साहले जम्मा भएका थियौँ सबेरै त्रिभुवन विमानस्थलमा वैशाख ८ गते । एपेक नेपालको सक्रियतामा साहित्यकार विश्वविमोहन श्रेष्ठको सक्रियता र साहित्यकार राजेन्द्र शलभको सन्देश पछ्याएर । विराटनगर, धरान, वसन्तपुर, धनकुटामा साहित्यिक भेटघाट र सिर्जना सुन्ने योजना कता हो कता, मन जति वेगले दौडिए पनि हामीलाई लिएर जाने जहाजले मनलाई भन्दा धनलाई महìव दिएपछि समयसँग सम्झौता गर्न बाध्य भयौँ । ३५ मिनेटको यात्रामा बल्लबल्ल एक गिलास पानी दिएर यात्रुको सेवामा तत्पर एयरको सेवा र समय हावा गफजस्तै लाग्यो । व्यापारको नाममा आफ्नै यात्रुलाई सास्ती दिने अपार व्यापार । बाटोमा पर्ने कतिपय ठाउँमा तय भएका कार्यक्रम, कायक्रममै सीमित भए, पकाएर राखेका खानासम्म खाने अवसर जुरेन ।
झापाको जलथलको जङ्गललाई चारकोसे झाडीको रूपमा पनि चिनिन्छ । सो जङ्गल क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिका बोट बिरुवालाई माइकेनिया अर्थात् मिचाहा झारले निकै सताएको थियो । ती झार हटाएर गरिएको बेसार खेतीबाट स्थानीयले राम्रो आम्दानी लिइरहेका छन् । सो वन क्षेत्रबाट २५० हेक्टरको माइकेनिया हटाइसकिएको छ ।
नेपाली साहित्यमा डा.बेन्जु शर्मा स्थापित तथा विशिष्ट नाम हो । मूर्धन्य नाटककार भीमनिधि तिवारीकी सुपुत्री शर्मा साहित्यका सबै विधामा कलम चलाउनुका साथै, एकाङ्की नाटक लेखन, निर्देशन तथा अभिनयमा पनि निकै दख्खल राख्ने स्रष्टा हुनुहुन्छ । नाटक विधामा कलम चलाउने स्रष्टाहरू धेरै छैनन् । केही वर्षयता भने नेपाली नाटकको क्रेज बेस्सरी उकालो लागेको छ । तैपनि नाटक लेखनमा भने खडेरी नै परेको अनुमान लगाउन सकिन्छ । यस्तै समयमा प्रकाशन भएको डा.बेन्जु शर्माको नाट्य कृति ‘केवल एउटा कोठा’ ले उत्साहजनक उपस्थिति जनाएको पक्कै छ । हाल जेजति भइरहेका छन्, तिनले नाट्य विधालाई जेनतेन टेको लगाएको अवश्य छ । अझ यस क्षेत्रमा महिला सर्जकको उपस्थिति भने न्यून नै रहेको छ । अहिले युवाको रोजाइमा भने नाटक पर्ने गरेको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर बाँकेस्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । अन्य समयमा दुवै देशका सुरक्षाकर्मीले आआफ्नो देशभित्र गस्ती गर्दै आएकोमा निर्वाचनका बेला हुन सक्ने कुनै पनि गैरकानुनी गतिविधि रोक्न दुवै देशका सुरक्षाकर्मी मिलेर संयुक्त गस्ती गरिरहेका छन् ।
शिक्षालाई प्रतिस्पर्धी, रोजगारमूलक र उत्पादनमुखी बनाउन सबै प्रकारका शिक्षण संस्थामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने सरकारी नीति भए पनि परिणाम चित्तबुझ्दो आउन सकेको छैन ।
आजभन्दा साढे तीन दशकअघिको कुरो हो, शुक्रबारको दिन विद्यालय छुट्टी भएपछि बाहिरबाट त्यहाँ गएर बसेका हामी तीन जना शिक्षक जेलवाङ (रोल्पा)बाट डेढ घण्टाजति हिँडेर पुगिने मजिवाङ गाउँतिर हिँड्यौँ । जेलवाङ थपक्क बसेको समथर थियो भने मजिवाङ भिरालो पाखामा अवस्थित । त्यहाँ पुग्न नाकेधाराको उकालो चढ्नु पथ्र्यो । मजिवाङमा पहिले जेलवाङमै लामो समयसम्म शिक्षण गरेका र पछि आफ्नो गाउँकै प्राथमिक विद्यालयमा सरुवा भएर गएका शिक्षक चन्द्रबहादुर बुढाको घर थियो । त्यस क्षेत्रको ज्यादै सीमित शिक्षित व्यक्तिमध्येका एक, समान पेसाकर्मी र समाजका अगुवा चन्द्रबहादुरको धेरै दिनदेखिको हार्दिकतापूर्ण निमन्त्रणा मान्न हामी त्यतातिर गएका थियौँ ।
स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन फिर्ता लिने तालिका थियो ।
“सत्यको बाटो हिँड्नु फाइदाजनक छ किनकि त्यहाँ भीडभाड कम हुन्छ,” भगवान् गौतमबुद्धको यो विचारमा पक्कै एउटा शक्ति लुकेको छ । सायद बुद्धको आशय भीडभन्दा टाडा बस्नु, चिन्तन मनन गर्नु, साधना गर्नु, आपैmँलाई चिन्ने प्रयत्न गर्नु आदि हुनसक्छ । मानिसका साधना गर्ने आआफ्नै तौरतरिका र स्थान हुन सक्छन् । रङ्गमञ्च पनि यस्तै साधनास्थल हो, जहाँ वर्षौंदेखि दत्तचित्त भएर साधना गर्ने रङ्गकर्मी भेटिन्छन् । विगत वर्षमा कोरोना महामारीले थलिएको रङ्गमञ्चमा उत्साहका सङ्केत देखिन थालेका छन् । रङ्गकर्ममा धेरै चुनौती छन्, बाधा–व्यवधान छन् । यसका अलावा केही जुझारु रङ्गकर्मीको त्याग, बलिदान र साधनाले रङ्गमञ्चमा बिहानीका किरण देखा परेका छन् ।
कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ । प्रायःजसो घरमा चार÷पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन पुनरुत्थानका लागि स्वदेशी र विदेशी हवाई यात्रुका लागि समान भाडादर कायम हुनुपर्ने बताउनुभएको छ ।
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि, एथलेटिक्स, कराते र बक्सिङ खेलाडीको प्रारम्भिक छनोट गरिएको छ ।
थारू जातिले बसोबास गर्ने घरसँगै कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिब १३ वर्ष पहिले स्थापना भएको सिसहनिया नमुना थारूग्राम अलपत्र अवस्थामा रहेको छ । आर्थिक अभावसँगै नमुना थारूग्राम सञ्चालनका लागि नयाँ पुस्तामा
स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धनका विषयमा अन्योल भइरहेको समयमा गठबन्धनमा रहेका राजनीतिक दलले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् ।
काठमाडौँका सडकबाट फोहोर उठ्न फेरि छोडेको छ । वैशाख ११ गतेदेखि काठमाडौँ महानगरका सडकमा थुप्रिएका फोहोर उठाउन सकिएको छैन । सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई दण्ड जरिवाना भनेर सूचना टाँसिएका सीसीटीभी जडित स्थानमै फोहोर थुप्रिन थालेको छ । चार दिनयता महानगरपालिकाका मुख्य सडक किनारमा फोहोरका डङ्गुर यसै छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ सँगको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज (शनिबार) खेल्दैछ ।