• १६ असार २०८१, आइतबार

जुम्लामा गठबन्धन नहुने

blog

जुम्ला समाचारदाता

जुम्ला, वैशाख १७ गते । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धनका विषयमा अन्योल भइरहेको समयमा गठबन्धनमा रहेका राजनीतिक दलले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् । नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धनको सम्भावना नरहेकोे बताउनुभयो । उहाँले अब जुम्लामा गठबन्धन हुन्छ भनेर अन्योलमा नपर्न पनि आग्रह गर्नुभयो । 

वैशाख ११ गते जिल्लाका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएकाले अब अन्तिम समयमा सम्भव नहुने र मिडियाले जनतालाई जानकारी दिन सर्वदलीय बैठकमा नै बताएको उल्लेख गर्नुभयो । नेपाली काँंग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीले अवस्था अस्तव्यस्त भएकाले गठबन्धन हुन कठिन भएको बताउनुभयो । उहाँले कार्यान्वयन गर्न प्रयास गरिए पनि विविध समस्या भइरहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव आदिप्रसाद न्यौपानेले यसअघिकोे बैठकमा नै गठबन्धन नहुने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले लामो समय गृहकार्य गरे तापनि सम्भावना नभएकाले असम्भव भएको बताउनुभयो ।गठबन्धनका लागि वैशाख १२ गते प्रदेशस्तरीय गठबन्धनले गाउँपालिकाको नेतृत्व बाँडफाँट गरेको थियो ।