त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र २० वटा प्रतिबद्धता उल्लेख छ ।
सिन्धुलीस्थि नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अमृतप्रसाद पौडेलबेनी, वैशाख १६ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाभित्र सञ्चालित कोभिड–१९ विरुद्धको भ्याक्सीनेसन शिविरमा एकै दिन ३५ सयभन्दा बढीले खोप लगाएका छन् ।बेनी नगरपालिकाले बैशाख १३–१५ सम्म सञ्चालन गरेको कोभिड–१९ विरुद्धको भ्याक्सिनेसन शिविरको अन्तिम दिन मात्रै ३ हजार पाँचसय ५ जनाले भ्याक्सिन लगाएको बेनी नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज शर्माले बताउनुभयो । तेस्रो तथा अन्तिम दिन तीन हजार पाँचसय पाँच जनाले भ्याक्सिन लगाएको भएपनि ३ दिन सम्ममा कुल ७ हजार ५९ जनाले भ्याक्सीन लगाएका थिए । म्याग्दीमा यस पटक बेनी नगरपालिकाले मात्रै कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएको शर्माले बताउनुभयो । शिविरका क्रममा अहिलेसम्म एक डोज पनि नलगाएका २५ जना, पहिलो डोज लगाएर दोस्रो डोज नलगाएका २ सय ९६ ले पनि भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।
निर्वाचन आयोगको कल सेन्टरमा एक महिनामा ५२५१ वटा जिज्ञासा रजिष्टर्ड भएका छन् । सो मध्ये करिब सबैजसो जिज्ञासा सम्बोधन भएको आयोगले जनाएको छ । कुल जिज्ञासाको ४५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।
पश्चिम नवलपरासीको सुस्तालाई जोड्ने नारायणी नदीमा बन्न लागेको पुल आठ वर्ष बितिसक्दा समेत ६५ प्रतिशत मात्र को निर्माण भएको छ ।
काठमाडौं, बैशाख १६ गते । नेकपा(एकीकृत समाजवादी) सँग बहिर्गमित जनमुक्ति सेना, नेपाल को एकीकरण हुने भएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा एकीकरण कार्यक्रम हुने पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिनुभयो । नेकपा(एकीकृत समाजवादी) ले यस अघि पनि नेकपा एकीकृत समाजवादी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिष्ट पार्टीबीच बिहीबार पार्टी एकता भएको थियो ।वैशाख ३० को स्थानीय तहको चुनावको मिति नजिकिदै गर्दा पार्टीले विभिन्न दल र समुहसँग एकता गर्दै आएको छ ।
पन्ध्र दिनपछि सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता दोहो-याएका छन् । तर, सरकारले नै यस्तो उद्देश्य राखेर नेपालमा पहिलो स्थानीय तह निर्वाचन सम्पन्न गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । ७५ वर्ष बितिसक्दा पनि काठमाडौँको फोहोरको अवस्था भने ज्यूँका त्यूँ छ ।
प्रदर्शनको पहिलो दिनदेखि दर्शकको उत्साहपूर्ण साथ पाउँदै आएको विमल सुवेदी निर्देशित नाटकले पहिलो सातामा पाँच लाख कमाइ गरेको छ । निर्देशक विमल सुवेदीले गोरखापत्रलाई उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार नाटकले पहिलो हप्तामा प्रति सो ५५ हजार कमाइ गर्दै कुल पाँच लाख पु-याएको हो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १६ गते । चलचित्र ‘आँधी तुफान २’को पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र साउनमा प्रदर्शनमा आउने भएको छ भने चलचित्रको पोस्टरमा मुख्य कलाकारलाई स्थान दिइएको छ । लेडिज एक्सन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताउनुभयो । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’को सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गर्दै हुनुहुन्छ ।ओम साई भक्त मुभी प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवि गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बीसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय छ ।चलचित्रमा निर्देशक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायाङ्कन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको सङ्गीत, हरि उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बूको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा बिहिबार राती तोडफोड भएको छ ।
चालू आर्थिक वर्षको बाँकी तीन महिना सामान्य रहे मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । बिहीबार चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रारम्भिक अनुमान सार्वजनिक गर्दै विभागले उक्त आर्थिक वृद्धिदर हासिल हुन सक्ने जानकारी दिएको हो ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले चलचित्र क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीले धरापमा परेको चलचित्र क्षेत्र दुई दिन बिदा दिने निर्णयले चलचित्रकर्मी खुसी भएका छन् । निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखिको आफूहरूको माग पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । “चलचित्र हेर्ने समय भनेको बिदाको दिनमा हो । हप्तामा एक दिन बिदामा मानिसले के मात्र गरोस् तर दुई दिन बिदा भएपछि एक दिन त मनोरञ्जनलाई छुट्याउँछ । चलचित्र हेर्न समय प्राप्त होस् भनेर चलचित्र प्रदर्शनी कुनै बिदा वा पर्वलाई लक्षित गर्ने गर्छौं । निर्णय स्वागतयोग्य छ,” अधिकारी थप्नुभयो, “पटक–पटक सरकारलाई दबाब दिएका थियौँ ।”
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारी दर्ता गर्नेलाई नेपाली कांग्रेसले स्वतः पार्टीबाट निष्कासन गर्ने भएका छन् ।
सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानमा ढिलाइ भएको छ । अघिल्ला वर्षहरूको प्रचलन र बजेट पूर्वछलफलको आवश्यकताका आधारमा अहिले अधिवेशन आह्वान भइसक्नुपर्ने थियो ।गत वर्ष भने विश्वासको मत लिन प्रधानमन्त्री असफल भएपछि सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट प्रतिनिधि सभा विघटन गरी अध्यादेशमार्फत ल्याएको थियो ।