• १४ वैशाख २०८१, शुक्रबार

दुई केजी सुनसहित पाँच जना पक्राउ

blog

काठमाडौं, वैशाख १६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

हिमाल एयरको विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि तीन जना कर्मचारीसहित पाँचजनालाई पक्राउ परिएको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिनुभयो । हिमाल एयरको विमान बिहीबार दुबईबाट काठमडौं आएको थियो ।

पक्राउ पर्नेमा हिमालय एयरको विमान सफाइ गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर ताराकान्त चौधरी छन् । तीनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन् ।

एसएसपी ढकालका अनुसार हिमालय एयरको विमानको शौचालयमा लुकाइएको सुन पास गराउन खोजेको र चेकजाँचका क्रममा पाँच जना पक्राउ परेका हुन् ।

उहाँले बरामद सुनसहित पाँच जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जानकारी दिनुभयो ।